२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु

पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु

पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु

पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु

पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • तिलोत्तमा । तिलोत्तमा–२, रुपन्देहीस्थित पामिर इन्टरनेशनल एकेडेमीमा चारदिने हस्तलेखन कार्यशाला सुरु भएको छ । मंसिर १ गतेसम्म सञ्चालन हुने यस कार्यशालामा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

    कार्यशालामा प्रशिक्षक ओमप्रकाश बस्यालले विद्यार्थीहरूलाई सुन्दर र स्पष्ट लेखाइका लागि आवश्यक अभ्यास, अक्षर बनावट सुधार्ने तरिका, र लेखनशैलीमा ध्यान दिनुपर्ने पक्षबारे प्रशिक्षण दिइरहेका छन् । उनले हस्तलेखन सुधारले विद्यार्थीको ध्यान केन्द्रित गर्न, स्मरणशक्ति वृद्धि गर्न र शैक्षिक उपलब्धिमा सुधार ल्याउन सहयोग पुर्‍याउने बताए ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोपाल गौतमले हस्तलेखन केवल लेखाइको सौन्दर्य मात्र नभई विद्यार्थीको अनुशासन, ध्यान र व्यक्तित्व विकाससँग पनि सम्बन्धित रहेको उल्लेख गरे । उनले भने, “राम्रो हस्तलेखनले विद्यार्थीमा आत्मविश्वास र सकारात्मक सोच विकास गराउँछ, जुन शैक्षिक सफलता प्राप्त गर्नका लागि अत्यन्त जरुरी छ ।”

    विद्यालयले हस्तलेखन कार्यशालाबाट विद्यार्थीको लेखन सीपमा उल्लेखनीय सुधार आउने र शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रमबाट विद्यार्थीहरुको हस्तलेखन सीप वृद्धि गर्ने र समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्ने, एकाग्रता अनुशासन बढाउने, लेखाइ प्रविधि सिकाउने, शैक्षिक उपलब्धिमा सुधार ल्याउने, आत्मविश्वास अभिबृद्धि गर्ने, सिर्जशिलता र सौन्दर्य बोध विकास गर्ने जस्ता उद्देश्य प्राप्तिका लागि कार्यक्रम गरिएको प्राचार्य गौतमले जानकारी दिए । 

    साथै, यस्ता सिर्जनात्मक कार्यले विद्यार्थीमा सिकाइप्रति रुचि र लगाव बढाउने भएकाले आगामी दिनमा पनि निरन्तर आयोजना गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij