२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छैन राजनीतिक दलको चासो, जेनजी पुस्ता स्वतःस्फुर्त जाँदै

छैन राजनीतिक दलको चासो, जेनजी पुस्ता स्वतःस्फुर्त जाँदै

छैन राजनीतिक दलको चासो, जेनजी पुस्ता स्वतःस्फुर्त जाँदै

छैन राजनीतिक दलको चासो, जेनजी पुस्ता स्वतःस्फुर्त जाँदै

छैन राजनीतिक दलको चासो, जेनजी पुस्ता स्वतःस्फुर्त जाँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • भैरहवा  
    निर्वाचनको मिति घोषणा भएपछि विगतको निर्वाचन जस्तो यस पटक राजनितिक दलहरुको सक्रियता कम देखिएको छ । गाउँगाउँ टोल टोलबाट स्थानीय नेता र राजनीतिक दलहरुले बिगतमा जस्तो यस पटक मतदाता नामावली दर्ताको लागि चासो दिएका देखिंदैन । पहिला गाडी नै रिजर्व गरेर झण्डासहित समूह समूहमा आउने दृश्यहरु यस वर्ष देखिंदैन । ठाउँठाउँमा खाना पकाउने, होटलमा खाना खुवाएर मतदाता नामावलीका लागि आउने नेता र अगुवाहरु यस पटको नामावली दर्ताको अभियानमा देखिंदैनन् ।


    जेनजी आन्दोलनपछि राजनीतिक दलको उपस्थित खुला रुपमा कमै मात्रामा र सानो संख्यामा भइरहेको छ । निर्वाचन कार्यालयमा पनि नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम धमाधम भइरहँदा दलका प्रतिनिधिहरुले विगतमा जसरी यसतर्फ खासै चासो दिएका छैनन् । पहिला साना–ठूला राजनीतिक दलहरुले गाडी नै रिजर्भ गरेर मतदाता नामावलीमा नाम दर्ता गराउन आउँथे, तर यसपटक दलहरुको सक्रियता नदेखिएको स्थानीयहरु बताउँछन् ।


    रुपन्देहीमा मात्रै होइन अन्य जिल्लामा पनि यो दृश्य कमै देख्न सकिन्छ । नेताहरुको उपस्थिति नभएपछि अहिले जेनजी पुस्ताहरु आफै स्वतःस्फुर्त रुपमा मतदाता नामावली दर्ताका लागि कार्यालय आउने गरेका छन् । 


    नेकपा एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीले नाम दर्ता र अद्यावधिकका लागि वडा वडामा काममा लाग्न भनिएको बताए । यो परिस्थिती नसंगलेको कारण चुनावै भैहाल्छ कि भन्ने कुरामा शंका भएकोले पनि हो । अध्यावधिक कार्यमा भने नियमित रहेको बताए । 


    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङले विगतको चुनावमा स्थानीय तहको पनि चुनाव भएकोले स्थानीय नेता र सम्भावित उम्मेदवारहरुको अग्रसरता बढी हुन्थ्यो र खर्च गरेर भए पनि नामावली दर्ताका लागि लैजाने गरिन्थ्यो । अहिले संघीय चुनाव भएकोले केन्द्रबाट नै वडा वडामा मतदाता नामावली अपडेट गराउनका लागि परिपत्र गरेकोले सबै वडामा पठाइएको उनले बताए । 


    नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य डार्बिन रोक्काले पहिला मतदाता नामावलीमा धेरैको नाम छुटेकोले अभियानको रुपमा विगतमा संगठन परिचालन गरि गाउँ र टोल टोलबाट दर्ताको पठाउँथ्योे । अहिले पनि अभियान जारी छ, तर पहिला जस्तो संख्यामा नभएकोले छुटफुटलाई मात्रै ल्याउने काम भइरहेको बताए । पार्टीले पनि ६ महिना अघि नै सबै सदस्यलाई अनिवार्य बसाईसराइ गरी अद्यावधिक गर्न पनि निर्णय गरेको बताए । 


    लोसपा नेपालका रुपन्देही अध्यक्ष रविकुमार रौनियारले निर्वाचनका लागि पार्टी तयार छ र मतादाता नामावलीमा छुटेकाको नामदर्ता र अद्यावधिकको काममा पार्टी लागेको बताए । सरकारले नागरिकको शान्ति सुरक्षाको ग्यारेन्टी गर्ने वातावरण नबनाएकोले चुनावको लागि माहोल सृजना नभएको र पार्टीगत रुपमा पनि नामावली दर्ता गराउन सबैलाई आग्रह गरेको उनले जनाए ।  


    दर्ताको समय सकिना लाग्दा जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिकल ३० सम्म हो । अब केही दिन मात्र समय बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो । एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको सर्भर बारम्बार डाउन भएकाले सेवाग्राही भने मारमा परेका छन् ।


    नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय रुपन्देही अगाडि विगत ३ दिनदेखि लामो लाइन लाग्दैछ । आयोगले ८ सय बढी मतदाता नामावली दर्ता भएको जिल्लामा १२ घण्टासम्म सेवा दिने भनेपछि रुपन्देहीमा पनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म मतदाता नामावली दर्ताको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले जानकारी दिइन । अर्यालले उत्साहपूर्वक रुपमा नागरिकको सहभागिता रहेको छ, जसमा धेरै जेनजी पुस्ताको सहभागिता छ ।

     
    कार्यालयमा मात्रै होइन निर्वाचन कार्यालय अगाडि रहेका अनलाइन फारम भर्ने ठाउँमा पनि भिडभाड छ । बारम्बर सर्भर डाउन भएकाले फारम भर्नै समस्या भएको गुनासो सेवाग्राहीको छ । सर्भर डाउन भइरहेकाले सेवा प्रवाहमा ढिलाइ भएको गुनासो आएपछि आयोग सेवा प्रवाहको गुनासो सहजीकरण र सरलीकरणका लागि उप–सचिव कुलबहादुर जिसीको संयोजकत्वमा शाखा अधिकृत दिपक पौडेल र कम्प्युटर इञ्जिनियर प्रिता दहाल सदस्य रहेकी छन् । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शीघ्र सहजीकरणका कलागि यो कार्यटोली खटिएको छ । 


    ७७ जिल्लामा नै चाप बढेकाले सर्भरमा समस्या भएको कार्यालयको भनाइ छ । यसबिच पनि रुपन्देहीमा ३ वटा डेस्क राखेर दैनिक करिब १ हजार जनालाई सेवा दिइरहेको कार्यालयले जनाएको छ ।
    ‘७७ जिल्लामै अनलाइनमा धेरै आवेदन आएको छ ।


     सर्भरले धान्न सकेको छैन । क्षमताभन्दा बढी भएर समस्या आएको हो । पहिलो जिल्लाकै निर्वाचन कर्यालयमा गएर नाम दर्ता गराउन सकिन्छ । तर बाहिर जिल्लाका पनि कार्यालयमा आएकाले भिड बढी भएको छ ।
    सफ्ट्वेयर राम्रोसँग चल्ने हो भने धेरै गर्न सकिन्छ ।


     बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेका कार्यालयले बुधबारदेखि १२ घण्टा सेवा दिएको हो । साँझ ७ बजेसम्म भए पनि  लाइनमा बसेकालाई सेवा दिइरहेको कार्यालयले जनाएको छ । 


    समस्याकाबिच पनि सेवाग्राही मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित भएको देखिन्छ । नामावली दर्तामा अधिकांश जेनजी समूहका रहेका छन् । मताधिकारका लागि उमेर पुगे पनि नामावली दर्ता नगराएहरु पनि अहिले दर्ताको लागि आएका छन् । 


    ‘पहिलो पटक मदतान गर्न आतुर छौँ । सोचेर, बुझेर राम्रो लिडरलाई चुन्नुपर्छ ।’– लाइनमा बसेकाका युवाहरुको भनाइ छ ।
    असोज १२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक ३० कात्तिकसम्म हुन्छ । 
    १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्छन् । 


    निर्वाचन आयोगले सक्कल नागरिकताको प्रमाणपत्रले मात्र नाम दर्ता गर्न मिल्ने कानुनी व्यवस्था गरेको छ । 
    आयोगको बेवसाइटमा प्रि–रजिष्ट्रेसन प्रणालीबाट आवेदन भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक विवरण उपलब्ध गराउनुपर्नेछ । विवाह भएर अन्यत्र गएका, बसाइँसराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिने छ ।


    रुपन्देहीका हाल ५ वटा निर्वाचन क्षेत्र छ । कार्यालयको वेभसाइटको तथ्याङ्क अनुसार जिल्लाको कुल मतदाता ६ लाख ४३ हजार ८ सय ७४ रहेको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij