२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘व्यवसायीक शुरक्षाको लागि तस्करी रोकथाम गर्नुपर्छ’

‘व्यवसायीक शुरक्षाको लागि तस्करी रोकथाम गर्नुपर्छ’

‘व्यवसायीक शुरक्षाको लागि तस्करी रोकथाम गर्नुपर्छ’

‘व्यवसायीक शुरक्षाको लागि तस्करी रोकथाम गर्नुपर्छ’

‘व्यवसायीक शुरक्षाको लागि तस्करी रोकथाम गर्नुपर्छ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • बुटवल ।  रुपन्देही व्यापार संघको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । 
    कार्यक्रममा वक्ताहरूले राजनीतिक स्थिरता, उद्योग–व्यवसायको सुरक्षित वातावरण, अवैध तस्करी रोकथाम र बुटवललाई आर्थिक–सांस्कृतिक केन्द्रका रूपमा विकसित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । जेनजी आन्दोलनका कारण उद्योग–व्यवसायमा परेको नोक्सानीबारे पनि चिन्ता व्यक्त गर्दै उत्पादन, बजार विस्तार र व्यवसायिक हकहितका मुद्दामा ध्यान दिन नयाँ आउने नेतृत्वलाई सुझाव दिइएको थियो । 

    अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले मुलुकको समग्र विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए । उनले मुलुकमा दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

    ‘राजनीतिक अस्थिरताका कारण मुलुककमा जति हुनुपर्ने हो त्यति विकास निर्माण हुन सकेको छैन् ।,’ उनले भने, ‘राजनीतिक अस्थिरताले देशलाई झन् समस्यामा पार्ने खतरा बढेको छ ।’ अघिल्लो सरकारले अघि बढाएका धेरै विकास निर्माण आयोजना सम्पन्न भइसकेको र केहि आयोजना अन्तिम चरणमा पुगेको नेता गिरीले बताए । ‘पछिल्लो समय पुराना राजनीतिक दल र नेताले देशमा केही गरेनन् भन्ने भास्य सिर्जना भएको छ जसलाई चिर्न जरुरी छ ।’, उनले भने । 

    गएको चैत १५ गते मुलुकलाई ध्वस्त पार्ने षड्यन्त्र पुरा हुन नसकेपछि पुनः भदौ २३ र २४ गते देशभर तोडफोड र आगजनी गरी विध्वंश मच्याइएको उनको भनाई थियो । ‘जेनजी आन्दोलनका नाममा अपराधिक मानसिकताका केहि व्यक्तीले बिभिन्न व्यक्ती र सार्वजनिक सम्पत्तीमा ठूलो क्षति पुर्‍याए ।’, गिरीले भने, उद्योगी व्यवसायीहरु उठ्नै नसक्ने गरी समस्यामा छन्, यो घटनाले फेरी देशलाई ५० वर्ष पछाडि धकेलेको छ ।’ मुलुकको समृद्धि र विकासका लागि कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन र बजारीकरणमा जोड दिनुपर्नेउनले बताए । नेता गिरीले व्यवसायीक हकहितका लागि आएको संघको नयाँ नेतृत्वलाई सधै कटिवद्ध भएर काम गर्न सुझाव दिए ।

    लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले हरेक हिसाबले केन्द्र भागमा रहेको बुटवललाई आर्थिक तथा साँस्कृतिक केन्द्रका रुपमा विकास गर्न सबैको चासो बढ्नुपर्ने बताए । ‘व्यवसायीक उन्नती बिना हाम्रो भविश्य सुनिश्चीत छैन, बुटवलमा वृहत कर्पोरेट हाउस जरुरी छ । यसका लागि यहाँका सम्पूर्ण संघसंस्थाहरु एकजुट हुनुपर्छ ।’ उनले भने ।

    पछिल्ला घटनाक्रमले उद्योगी व्यवसायीमा छाएको निराशालाई चिरेर अघि बढ्नुको विकल्प नभएको नेता श्रेष्ठले बताए । पुराना राजनीतिक दल र नेताहरुले समय अनुसार आफुलाई परिवर्तन गर्न जरुरी रहेको उनको भनाई थियो । सिमा सुरक्षा चुनौति बढिरहेको भन्दै उनले खुला सिमानाका कारण हुने अबैध चोरी पैठारीलाई पूर्ण रुपमा बन्देज गर्न सकेमात्र यहाँका उद्योगी व्यवसायीहरुलाई राहत मिल्ने बताए । 

    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उज्यालो बुटवल अभियानलाई सार्थक बनाउन हाइमास्ट लाईट जडानलाई प्राथमिकतामा राखेको बताए । राजनीतिक दल र नेताहरु सच्चिनुपर्ने समय आएकोमा जोड दिदै उनले बुटवललाई सफासुग्घर, हरियाली र बस्नयोग्य बनाउन सबैले सहकार्य गर्न जरुरी रहेको बताए ।

    नगर उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउँदै व्यवसायिक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता गरिन् । उनले बुटवल उपमहानगरपालिका र व्यापार संघ व्यवसायिक हितका लागि एक भएर अगाडि बढ्ने पनि बताइन् ।

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सुमानाकाबाट अबैध रुपमा कर छलिका सामान भित्रीदा यहाँका उद्योगी व्यवसायी वषौँदेखि समस्यामा रहेको गुनासो गरे । साथै उनले अबैध चोरी पैठारी नियन्त्रण र भन्सारमा थप कडाइ गर्न आबश्यक देखिएको बताए ।

    यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जेनजी आन्दोलनमा भन्सार कार्यालयको भवनमा ठूलो क्षति पुगेपछि अस्थायी संरचनाबाट भएपनि नियमित सेवा प्रदान गर्दै आएको बताए । खुला सिमाबाट हुने तस्करी रोक्न शसस्त्र प्रहरीसँगको सहकार्यमा संयुक्त गस्ती भइरहेको सिमा क्षेत्रमा नयाँ गोदाम दर्ता रोकीएको उनले बताए । 

    कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघ स्थापनाको अबस्थालाई स्मरण गर्दै उनले संघको हित विपरित कुनै गतिविधि हुन नदिन सबै लाग्नु पर्ने धारणा राखे । उनले संघलाई यहाँसम्म ल्याइपुर्याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिवद्ध रहने पनि बताए ।

    सोही अबसरमा संघका कर्मचारी तथा बिभिन्न संघसंस्था र व्यक्तीहरुलाई सम्मान समेत गरीएको थियो । कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागत तथा महासचिव फर्सुराम पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij