बुटवल । फर्चिनर व्यवसायी संघको २६ आँै साधारणसभा तथा १३ औँ अधिवेशनबाट संस्थाको अध्यक्षमा अध्यक्षमा जिवकान्त काफ्ले निर्वाचित भएका छन् । काफ्लेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकप्रसाद खरेलले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्षमा नेत्र रावल, उपाध्यक्षमा अशोक कुन्दर, महासचिवमा खिमबहादुर खड्का, कोषाध्यक्षमा काशीराम पोखरेल, तथा सचिवमा अनिरुद्ध खनाल चयन भएका छन्। यस्तै सह–कोषाध्यक्षमा सोनु गुप्ता निर्वाचित भएका छन् ।
सदस्यहरुमा प्रकाश पराजुली, हरि प्रसाद भण्डारी, सत्यनारायण बुढाथोकी, प्रेमबहादुर गौतम, देवन्द्र शर्मा, नारायण दत्त शर्मा, भोजराज पाण्डे, विनोद बि.क., रुद्रबहादुर बि.क. चयन भएका छन्। महिला सदस्यतर्फ पूजा अग्हेरी र मिना देवी भण्डारी चयन भएका हुन् ।
यसअघि भएको उद्घाटन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले व्यवसायी दर्ता कानुनसंवत कार्य गरेमा बुटवलले सधै साथ सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
फर्निचर ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष तेज प्रसाद पराजुलीले आफ्नो कार्यकालमा भएका कार्यहरु बताउँदै फर्निचर ब्यवसायका मुख्य समस्या सुनाएका थिए ।




