२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन प्रदेशस्तरीय क्वीज : सुनगाभा, अक्सफोर्ड, मेचीकाली, नवज्योति, जनता र रेन्बो मावि फाइनलमा

न्यू होराइजन प्रदेशस्तरीय क्वीज : सुनगाभा, अक्सफोर्ड, मेचीकाली, नवज्योति, जनता र रेन्बो मावि फाइनलमा

तीन वटा केन्द्रमा प्रथम र दोस्रो भएका ६ वटा विद्यालय प्रतियोगिताको मंसिर १३ गते बुटवलमा हुने फाइनलमा उपाधिका लागि  प्रतिस्पर्धा गर्नेछन् ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालय बुटवलले हरेक वर्ष गर्दै आएको प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औं संस्करण शुक्रबार देखि सुरु भएको छ । बिद्यालयले प्रथम चरणको छनोट कार्यक्रम शुक्रबार बुटवल, पाल्पा र दाङमा एकैपटक गरेको छ । जस अनुसार बुटवल केन्द्रमा ६८ वटा विद्यालयले प्रतिस्पर्धा गरेकामा सुनगाभा बोर्डिङ सैनामैना प्रथम र अक्सफोर्ड मावि बुटवल दोस्रो भएका प्रतियोगिताका मूल संयोजक एवं बुटवल केन्द्र संयाजक मनोज सिलवालले जानकारी दिए । 
    पाल्पा केन्द्रमा ३४ विद्यालय सहभागी भएकामा जनता मावि तानसेन प्रथम र रेन्बो बार्डिङ गुल्मी दोस्रो भएका केन्द्र संयोजक प्रकाश पन्तले जानकारी दिए । 
    दाङ केन्द्रमा ४० विद्यालय सहभागी भएकामा मेचीकाली आवासीय मावि घोराही प्रथम र नवज्योति जनता  मावि बबई दोस्रो भएका केन्द्र संयोजक प्रकाश गौतमले जानकारी दिए । 
    तीन वटा केन्द्रमा प्रथम र दोस्रो भएका ६ वटा विद्यालय प्रतियोगिताको मंसिर १३ गते बुटवलमा हुने फाइनलमा उपाधिका लागि  प्रतिस्पर्धा गर्नेछन् । 
    विद्यार्थीहरुमा अन्तरनिहित बौद्धिक प्रतिभा प्रस्फुटन र विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले विद्यालयले २०५० सालदेखि क्वीज प्रतियोगिता सुरु गर्दै आएको छ । प्रतियोगिताको बुटवल केन्द्रको उद्घाटन एक कार्यक्रमका बीच बुटवलको न्यू होराईजन मा.विमा उद्घाटन गरिएको थियो ।

    बिद्यालयका प्राचार्य लोकनाथ उपााध्यायको अध्यक्षता तथा शिक्षा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेको प्रमुख आतिथ्यता कार्यक्रम सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि बञ्जाडेले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको क्षमता बृद्धिमा मद्दत मिल्ने बताए । साथै उनले अबको शिक्षण सिकाई प्रविधिमा आधारित हुनुपर्ने र एआई, च्याट जिपिटलाई पनि शिक्षकले चलाउन सक्ने हुनुपर्ने बताए । विद्यालय प्राचार्य लोकनाथ उपाध्यायले बिद्यालयले पाठ्यक्रमको ज्ञानसंगैै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङगीण विकासमा जोड दिएको बताए ।

    WhatsApp Image 2025-11-14 at 17.07.00.jpeg
    undefined

    बिद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले गुणस्तरीय शिक्षा दिने उद्देश्यले २०४६ सालमा स्थापित न्यू होराइजनले शैक्षिक क्षेत्रमा बिशिस्ट पहिचान बनाउदै आएको बताए । कार्यक्रममा न्यू होराइजनका उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल र राजीव श्रेष्ठ, हिसान रुपन्देहीका उपाध्यक्ष मधुप्रकाश ज्ञवाली, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, हाजिरी जवाफ कार्यक्रमका मूल संयोजक मनोज सिलवाल लगाएतले आफ्ना धारणा राखेका थिए । फाइनलमा प्रथम हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजारसहित शिल्ड, ट्रफि र प्रमाणपत्र पाउनेछन । गत वर्षको ३१ औं संस्करणमा बुटवलको एभरेष्ट बोर्डिङ स्कूल प्रथम, दाङ तुल्सीपुरको अमर बोर्डिङ स्कूल द्वितीय र पाल्पाको जनता मावि तानसेन तृतीय स्थानमा रहेका थिए । आयोजक विद्यालयले पहिलो चरणकोहिट राउण्डमा प्रथम,दोस्रो,तेस्रो र सान्त्वना हुने विद्यालयलाई समेत नगद सहित पुरस्कृत गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij