२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गैरे प्रतिष्ठानमा रोयल इनफिल्डको ३५० सीसीको मेटिएर बाईक लन्चिङ्ग

गैरे प्रतिष्ठानमा रोयल इनफिल्डको ३५० सीसीको मेटिएर बाईक लन्चिङ्ग

गैरे प्रतिष्ठानमा रोयल इनफिल्डको ३५० सीसीको मेटिएर बाईक लन्चिङ्ग

गैरे प्रतिष्ठानमा रोयल इनफिल्डको ३५० सीसीको मेटिएर बाईक लन्चिङ्ग

गैरे प्रतिष्ठानमा रोयल इनफिल्डको ३५० सीसीको मेटिएर बाईक लन्चिङ्ग
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • बुटवल । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.लि. बुटवलले शुक्रबार ३५० सिसि को नयाँ मेटिएर बाईकको लन्चिङ्ग गरेको छ । यो बाईक नेपालका सबै आधिकारिक बिक्रेताहरुले आज एकै  साथ विक्री शुभारम्भ गरेका छन् ।
    बुटवलमा गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टँक प्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरे र प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले संयुक्तरुपमा बिक्री शुभारम्भ गरेका हुन् । 
    बिभिन्न ५ वटा कलरमा उपलब्ध मेटिएर मोटरसाईकल नयाँ लुक्स र स्टाइलिसमा भएको हुंदा यसमा यात्रा गर्दा आरामदायी हुनेभएकाले यो बाइकलाई क्रुजिङ्ग बाईक पनि भन्ने गरिएको छ ।
    ईजि क्रुज यो बाईक फयरवल, स्टेलर, आरोरा र सुपरनोभा नामक चार भेरियन्टमा रहेको र यसको मूल्य ५ लाख ७७ हजार बाट शुरु भई ५ लाख ९७ हाजर सम्म रहेको गैरे प्रतिष्ठानका मेनेजिङ डाईरेक्टर प्रवेशराज गैरेले बताए । गैरेका अनुार यो बाईकमा एल एडी हेड ल्याम्प लगायतका धेरै सुविधाहरु उपलब्ध रहेको र दशकौं देखि रोयल ईन्फिल्डको शुद्ध र आविकल सवारी साधनको रुपमा रहेको छ ।
    मेटिएर ३५० सीसी बाईक नयाँ पुस्ताका लागि निकै नै लोकप्रिय रहेको र यो बाईकलाई मोटरसाईकल बिशेषज्ञहरुले “थार ब्रैड ईजी क्रुजरको” को रुपमा मान्यता दिएको प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले बताए । अध्यक्ष गैरेका अनुसार शुरुवाती बर्षमै प्रतिष्ठित ईण्डियन मोटरसाईकल अफ द ईयर २०२१ मा पुरस्कृत भएको र विश्वका धेरै देशबाट पुरस्कार प्राप्त गरेको रोयल ईन्फिल्ड बाईकमा अबदेखि ७ बर्षसम्मको विस्तारित वारेण्टीको सुविधा रहेको छ ।
    सन १९०१ देखि ब्रिटेनबाट निरन्तर उत्पादन शुरु भएको रोयल ईन्फिल्ड ईण्डियाको मन्द्रास र हालको चेन्नईमा १९५५ मा पहिलो उत्पादन भएको थियो भने पछिल्लो समय बिभिन्न देशका ७ आधुनिक सिकेडी प्रान्टबाट एसेम्बेलिङ्ग हुंदै आएको छ । गैरे प्रतिष्ठानले नवलपुर जिल्लाको कावासोतीमा रहेको रोयल ईन्फिल्डको शाखामा समेत नयाँ ३५० सीसीको मेटिएर बाईकको विक्री शुभारम्भ गरिएको प्रतिष्ठानका कार्यकारी प्रमुख लक्ष्मी गैरेले बताइन् । उनका अनुसार बुटलमा नयाँ भेरिएन्टको छ वटा बाईक आएकोमा लन्चिङ्गकै दिन ६ वटै बाईक बिक्री भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij