२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संस्कृति जोगाउन सामुहिक विद्यालय परिवारको स्थापनाकालदेखि लोक नृत्य प्रतियोगिता

संस्कृति जोगाउन सामुहिक विद्यालय परिवारको स्थापनाकालदेखि लोक नृत्य प्रतियोगिता

न्यू ईरा इंग्लिस वोर्डिङ स्कुल प्रथम

संस्कृति जोगाउन सामुहिक विद्यालय परिवारको स्थापनाकालदेखि लोक नृत्य प्रतियोगिता

संस्कृति जोगाउन सामुहिक विद्यालय परिवारको स्थापनाकालदेखि लोक नृत्य प्रतियोगिता

न्यू ईरा इंग्लिस वोर्डिङ स्कुल प्रथम

संस्कृति जोगाउन सामुहिक विद्यालय परिवारको स्थापनाकालदेखि लोक नृत्य प्रतियोगिता
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • भैरहवा  । रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित विद्यालयहरुको साझा संस्था सामुहिक विद्यालय परिवारले वर्षेनी लोक नृत्य प्रतियोगिता गर्दै आएको छ । 

    २०५९ सालमा विद्यालयहरु मिली गठन भएको परिवारले हरेक वर्ष जस्तै यस वर्ष पनि लोकनृत्य प्रतियोगितालाई निरन्तरता दिदै १३ वटा विद्यालयको समूह बीच प्रतियोगिता गराएको हो । 

    नेपाली कला र लोक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने हेतुले परिवारको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता भएको परिवारका अध्यक्ष समसाद इद्रीशीले बताए । हरेक बर्ष हुदै आएको प्रतियोगिता यस बर्ष पनि गरेका छौ, प्रतियोगिताले विद्यार्थी सहित समाजमा नेपाली संस्कृति, संस्कार प्रति अवगत हुने र कला संस्कृतिको जर्गेना हुने बताए । 

    समूहमा हाल १८ विद्यालयहरुको सहभागिता रहता पनि तीमध्ये १३ समूहको सहभागितामा भएको प्रतियोगितामा न्यू ईरा इंग्लिस वोर्डिङ स्कुल प्रथम, लुम्बिनी सृजना वोर्डिङ स्कुल द्वितिय, संजीवनी शिक्षा सदन तृतिय र आदर्श विद्या मन्दिर सान्तवना भए । विजयी विद्यालयलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको परिवारका अध्यक्ष इद्रीशीले बताए ।

    अहिले नेपाली समाजमा विस्तारै पश्चिमी संस्कृतिको प्रवेशले यहाको लोक संस्कृतिमा असर परेकोले यसलाई उजागर गर्न र लोक संस्कृतिको संरक्षण्, सम्वद्र्धन जर्गेना गर्नका लागि पनि स्थापनाकालदेखि यस्तो कार्यक्रम परिवारले गर्दै आएको पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक गोकुल पोखरेलले बताए । यसले विद्यार्थीहरुमा हाम्रो लोक संस्कृति प्रति आकर्षण हुने अपेक्षा पनि रहेको छ । 

    यसै अवसरमा परिवारको विद्यालयबाट एसईई २०८१ मा सर्वोत्कृष्ट अंक ४ जिपिए ल्याउने न्यू इरा इंग्लिस स्कुलका छात्रा आस्था सुनार एवं ३ दशमलव ९१ अंक ल्याएका दिवस गौतमलाई नगद सहित सम्मान गरिएको थियो । 

    विजेता समूह र सम्मानित विद्यार्थीहरुलाई सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँ, निर्णायकद्वय अनु रजक, प्रियंका थापा, अध्यक्ष ईद्रिशी, उपाध्यक्ष सृजना पाठक, सचिव कमल कोइरालापूर्व अध्यक्ष एवं सल्लाहकारहरुले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै अतिथीहरुले यस्तो प्रतियोगिताले बालबालिकाको चौतर्फी बिकास संग संगै संस्कार सस्कृतीको ज्ञान बालबालिका सम्म पुर्याउन सहयोग गर्ने ,विद्यार्थीको प्रतिभा प्रस्पुटन गर्ने र नेपालीको लोक संस्कृतीको सिकाईमा टेवा पुर्याउने बताए ।

    कक्षा ६ देखि १० सम्ममा अध्ययनरत विद्यार्थी विच भएको प्रतियोगितामा निर्णयकले मौलिकता, प्रस्तुती, श्रृंगार, भेषभूषा, ताल र भाव, कोरियोग्राफी र सैधान्तिकको आधारमा मुल्याङकन गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij