२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेसमा महाधिवेशन कि विशेष महाधिवेशन ?

कांग्रेसमा महाधिवेशन कि विशेष महाधिवेशन ?

कांग्रेसमा महाधिवेशन कि विशेष महाधिवेशन ?

कांग्रेसमा महाधिवेशन कि विशेष महाधिवेशन ?

कांग्रेसमा महाधिवेशन कि विशेष महाधिवेशन ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • एक महिनादेखि महाधिवेशन चुनावपछि गर्ने कि अघि भन्ने विवादको टुंगो लगाउन नसकेर कांग्रेस अनिर्णयको बन्दी भएको छ । चुनाव अघि नै विशेष महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान चलाएर दबाब बढाएका महामन्त्री गगन थापालगायतलाई संस्थापन पक्षले चुनावपछि नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेर काउण्टर दिएको छ । दुई पक्षको भिन्दाभिन्दै धारणा सहमतिमा पुग्न नसक्दा चुनावको मुखमा कांग्रेस तलैसम्म विभाजित हुने जोखिम बढेको छ । 


    महाधिवेशन मात्रै नभएर मूलतः तीन विषयमा कांग्रेसको प्रष्ट दृष्टिकोण सार्वजनिक भएको छैन । अहिलेसम्म नेताहरुले बोलेका विचार व्यक्तिगत मात्रै हुन् । १५औं महाधिवेशन, फागुन २१ गतेको चुनाव, जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणसहितका विषयमा कांग्रेसले निर्णय गर्न सकेको छैन । एमालेले संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र छिटो चुनावको रोडम्याप अघि सारेको छ । एमालेले झै कांग्रेस फागुन २१ गतेको चुनावमा प्रष्ट छैन । महामन्त्रीलगायत फागुन २१ मै चुनाव हुनुपर्छ भनिरहेका छन् भने संस्थापनको फरक धारणा देखिन्छ । कतिपय निर्वतमान प्रतिनिधिसभा सदस्यले संसद पुनःस्थापनाको लागि  हस्ताक्षर अभियान चलाएका छन् । असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर गएका सभापति शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्केका छन् । अब विवादित विषयको छिनोफानो देउवाले नै लगाउनुपर्नेछ । देउवा विना विवाद समाधान हुन सकेन् ।


    कांग्रेसमा अहिले महाधिवेशन कि विशेष महाधिवेशन मात्रै नभई चुनाव अघि महाधिवेशन कि चुनावपछि भन्ने विवाद पनि छ । अहिले मुलुक जटिल संक्रमणमा गुज्रेको छ । यो बेला देशको प्रमुख पार्टी अनिर्णयको बन्दी हुनु स्वंयका लागि जति घातक छ, त्योभन्दा बढी मुलुकलाई छ । मुलुकलाई यो संकटबाट बाहिर निकाल्न प्रमुख दलहरुको प्रष्ट धारणा आउन आवश्यक छ । दलहरुको प्रष्ट धारणासँगै सहकार्यको खोजी पनि भएको छ । दलहरुको सहकार्यबाट नै मुलुकको गतिरोधले निकास पाउन सक्छ ।


    यो बेला कांग्रेसले महाधिवेशनलगायतका राजनैतिक निर्णय छिटो गर्नुपर्छ । मुलुक र स्वंय कांग्रेसको हितका लागि अहिलेको अनिर्णयको अवस्थालाई छिटो पार लगाउनुपर्छ । प्रमुख राजनैतिक दल यस्तो अनिर्णयको बन्दी हुँदा लोकतान्त्रिक परिपाटी भत्कदै जाने र अराजकता झन बढ्ने जोखिम हुन्छ । पार्टी संगठनमा लामो अनुभव भएका देउवाले कांग्रेसलाई अनिर्णयको बन्दी अवस्थाबाट पार लगाएर पार्टीलाई लयमा हिंडाएर नेतृत्व हस्तान्तरण गर्ने अपेक्षा कांग्रेस पंक्तिले गरेको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij