२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अंग्रेजी माध्यममा पढाउन बभनी स्कुलमा महायज्ञ गरिंदै, दुई करोड बचत गर्ने लक्ष्य

अंग्रेजी माध्यममा पढाउन बभनी स्कुलमा महायज्ञ गरिंदै, दुई करोड बचत गर्ने लक्ष्य

अंग्रेजी माध्यममा पढाउन बभनी स्कुलमा महायज्ञ गरिंदै, दुई करोड बचत गर्ने लक्ष्य

अंग्रेजी माध्यममा पढाउन बभनी स्कुलमा महायज्ञ गरिंदै, दुई करोड बचत गर्ने लक्ष्य

अंग्रेजी माध्यममा पढाउन बभनी स्कुलमा महायज्ञ गरिंदै, दुई करोड बचत गर्ने लक्ष्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • बुटवल । विद्यालयको दिगो स्थायित्व र उन्नयनको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३ को बभनी भूतपूर्व सैनिक आधारभूत विद्यालयले आगामी महिना श्रीमद् भागवत धनधान्याचल विराट ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । विद्यालयको आर्थिक स्रोतलाई सवलीकरण गरी अंग्रेजी माध्यामबाट पढाइ गराएर गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि मंसिर १५ गतेदेखि महायज्ञ गर्न लागेको हो । 


    विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी महायज्ञको तयारी तीब्र बनाएको जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यपक तथा यज्ञ मूल समिति महासचिव मनोजकुमार क्षेत्रीले सामुदायिक विद्यालयको भौतिक र आर्थिक विकासको लागि महायज्ञ सञ्चालनको अभियानमा जुटेको बताए । ८ दिनसम्म सञ्चालन हुने महायज्ञको मुख्य वाचक कथाव्यासी महाराज चैतन्य कृष्ण गुरुजी रहेका छन् । 


    महायज्ञबाट सम्पूर्ण खर्च कटाएर झण्डै दुई करोड रुपैयाँ संकलन गर्ने अपेक्षा रहेको  प्रअ क्षेत्रीले बताए । महायज्ञको लागि तिलोत्तमा नगरपालिकाबाट ६० लाखको चार कोठे भवन र वडा नम्बर १३ बाट दश लाख रुपैयाँ सहयोगको विद्यालयले सहयोगको अपेक्षा गरिएको यज्ञ मूल समितिका अध्यक्ष रतनबहादुर भण्डारीले जनाए । २०६३ मा स्थापना भएको विद्यालयमा अहिले १३१ जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञपछि यसलाई कक्षा आठसम्म पु¥याउने लक्ष्य छ । अहिले विद्यालयमा २ जनाको दरबन्दी, १ जना राहत शिक्षासहित ११ जना कर्मचारी कार्यरत छन् । महायज्ञमा दान गर्ने दानवीरलाई सम्मान गरिने आयोजकले बताएका छन् । 


    महायज्ञ  अवधिमा   योग शिविर, रुद्री पाठ पारायण, बाल संस्कार कार्यक्रम, श्रीमद् भागवत दार्शनिक प्रवचन, आरती, भजन किर्तन, तुलादान, भूमिदान, अन्नदान, गौदान, पितृदान, श्रमदान, अर्थदानलगायतका कार्यक्रम हुने आयोजकले बताए । महायज्ञमा भएको दान रकम विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन खर्च हुने भएकाले दाताहरुले कहिल्यै पछुताउन नपर्ने प्रधानाध्यापक क्षेत्रीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij