२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सहमतिको बाटो खोज

सहमतिको बाटो खोज

सहमतिको बाटो खोज

सहमतिको बाटो खोज

सहमतिको बाटो खोज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिपछि असहज परिस्थिति उत्पन्न भएको छ । समस्या समाधान गर्दै जाने र सहमतिको विकल्प खोज्नुको  साटो दलहरु मुठभेड र टकरावको मुडमा छन्, जुन नेपालको लोकतान्त्रिक प्रणालीका लागि घातक छ । समाजमा राजनीति लयमा नहिंड्दा चौतर्फी निराशा र आक्रोश बढिरहेका बेला मधेस प्रदेशमा देखिएको जटिल अवस्थाले आक्रोश झनै बढाएको छ ।


    मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि राजीनामा दिएपछि उत्पन्न अवस्थाको सहज समाधानको विकल्पमा जानुको साटो कुटपिट, तोडफोड र आगजनीमा उत्रनु निन्दनीय छ । मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई कुटपिट र तोडफोड गरेर प्रदेशसभा सदस्यहरुले राजनीतिलाई कुरूप बनाएका छन्, मुख्यमन्त्री कार्यालयभित्रै हिंसात्मक गतिविधि गरेर उनीहरुले जुन निर्लज्जता देखाए, त्यो अक्षम्य छ । अझ त्योभन्दा बढी काठमाडौं जाँदै गरेकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दिवासको होटलमा नवनियुक्ति  मुख्यमन्त्री सरोज यादवलाई सपथ गराएर कमजोरी भएको छ । कार्यालयमा गर्नुपर्ने काम होटलमा गरेर प्रदेश प्रमुखले पदीय मर्यादा कायम गर्न सकिनन् । सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ अनुसार विश्वासको मत पाउन नसकेको अवस्थामा धारा १६८ को उपधारा ३ मा जानसक्ने अधिकार प्रदेश प्रमुखलाई दिएको छ ।

    धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारका मुख्यमन्त्रीको विपक्षीमा ४० मत परेपछि राजीनामा दिएकाले प्रक्रियागत रुपमा अघि बढेको विषयलाई बिचमै स्थगित भएको र यो विषय अदालतमा न्यायिक निरुपणका लागि प्रवेश गरेकोले अब यसको छिनोफानो अदालतले गर्नेछ । यादव मुख्यमन्त्री नियुक्त भएपछि भएको तोडफोड र कुटपिटमा संलग्नलाई कानुनी कारबाहीमा ल्याउन आवश्यक छ । सभामुखलाई बर्खास्त भएको हस्ताक्षर र निवेदन तथा हस्ताक्षर गर्ने पाँच प्रदेशसभा सदस्यको बर्खास्त गर्ने सभामुखको निर्णयले झनै राजनैतिक जटिलता थपिएको छ ।


    मधेस प्रदेशसभामा देखिएको राजनैतिक जटिलताको समाधान अदालतले मात्रै  गर्न सक्तैन् । अदालतले तत्कालका लागि बाटो देखाउन सक्छ । मुख्यमन्त्री नियुक्तिको विषयमा गाइडलाइन दिनसक्छ, तर समग्र राजनैतिक विषयको समाधान दलीय सहमति र सहकार्यबाट मात्रै सम्भव छ । मुलुकमा संघीय शासन प्रणालीप्रति नराकारात्मक मनोविज्ञान तयार भएको बेला सबै दलले व्यवस्थाप्रति सकारात्मक भाव पैदा गर्न पहलकदमी लिन आवश्यक छ । मधेस प्रदेशमा देखिएको तनाव अरु प्रदेशमा पनि सर्न सक्ने जोखिम बढेको छ । यसले व्यवस्थाप्रति झनै वितृष्णा बढाउने जोखिम छ । प्रमुख दलहरु अहिले कमजोरी केलाएर र आत्मसमीक्षा गरेर राजनैतिक स्थिरता र सुशासनका लागि सहकार्य गर्नुको विकल्प छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij