२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आत्मनिर्भर अर्थतन्त्रको बाटो

आत्मनिर्भर अर्थतन्त्रको बाटो

आत्मनिर्भर अर्थतन्त्रको बाटो

आत्मनिर्भर अर्थतन्त्रको बाटो

आत्मनिर्भर अर्थतन्त्रको बाटो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • रूपन्देहीको शुद्धोधन गाउँपालिका, मैनहिवामा स्थापना भएको फस्ट च्वाइस फुड उद्योगले आलु खेती गर्न मिशन कार्यक्रम चलाएर व्यवसायिक कृषिमा सहभागिता बढाएर नमूना काम गरेको छ । उद्योगले स्थानीय कच्चा सामग्री नपाएर अन्य मुलुकबाट कच्चा सामग्री ल्याएर सञ्चालन गरिरहेका बेला यो उद्योगले स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने अभियान चलाउनु सकारात्मक छ ।


    अहिले उद्योगले ३० जिल्लाका ३५ हजार किसानलाई उन्नत जातको आलु खेती गराइरहेको छ । यो वर्ष ३० हजार मेट्रिक टन आलु खरिद गर्ने लक्ष्य उद्योगले राखेको छ । अझ यो वर्ष कैलालीमा प्लान्टर मेशिनमार्फत् आलु रोपिंदैछ । प्रविधिको प्रयोगले छिटो छरितो हुने र आलु राम्रो फल्ने उद्योगीको दाबी छ । किसानसँग हातेमालो गर्दै अघि बढेर व्यवसायिक आलुखेतीमा किसानलाई अग्रसर गराउनु प्रशंसनीय काम हो । एउटा उद्योगले यति धेरै किसानलाई संगठित गरेर आलु खेतीमा अग्रसर गराइरहँदा राज्यले के गरिरहेको छ भन्ने प्रश्न उठेको छ । उद्योगको काम बस्तु तथा सामान उत्पादन गरेर बजार पठाउने र प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल बनाउने हो, तर हामी कहाँ उद्योगी आफैँ कच्चा पदार्थको व्यवस्था गर्नका लागि  किसानको घरदैलोमा पुग्दैछन् । उद्योग र किसानलाई जोड्ने काम राज्यका निकायले गर्नुपर्ने हो । उद्योगले किसानको उत्पादन खरिद गर्ने ग्यारेण्टी दिएपछि अधिकतम किसानलाई संगठित गर्ने र ती किसानलाई प्रविधि र बिउलगायतको सहजीकरण गर्ने, उत्पादनमा आधारित अनुदान दिने काम राज्यको हो । मुलुक संघीयतामा गएपछि तहगत सरकारको समन्वयमा यस्ता उत्पादनमूलक काममा प्रोत्साहन गर्न प्राथमिकता दिनुपर्नेमा राज्य बेखबर झै हुनुले मुलुकको समृद्धिको यात्रामा व्यवधान खडा गर्छ ।


    मुलुकलाई समृद्धिको यात्रामा लैजाने हो भने आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ । त्यसकालागि फस्ट च्वाइस उद्योगको मोडलमा उद्योगको स्थापना हुन आवश्यक छ । किसानको उत्पादन उद्योगले खरिद गर्ने, उद्योगको उत्पादन बजार पठाउने र आयात प्रतिस्थापन गर्ने, बढी भएको उत्पादन विदेश निर्यात गर्ने मोडलमा उद्योग धन्दाको विकास गर्दा हामीले अर्थतन्त्रमा तुलनात्मक लाभ पाउन सक्छौं । उद्योगी किसानको घरदैलोमा पुग्दा कम्तिमा स्थानीय सरकार पुग । सके आफूले सहकार्य गर । त्यसो गर्न सम्भव नभए प्रदेश र संघीय सरकारलाई हातेमालो गर्न अग्रसर गराऊ । कच्चा पदार्थ उद्योगलाई चाहिएको हो, गरिहाल्छन् नि भन्ने धारणा बनाएर नबस । गाउँमै युवालाई राख्ने हो र कृषिमा सम्भावनाको ढोका खोल्ने हो भने  प्रतिफलमुखी कृषि प्रणालीमा जान ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij