२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘व्यवसायीलाई दबाएर राज्य सफल हुँदैन’

‘व्यवसायीलाई दबाएर राज्य सफल हुँदैन’

‘व्यवसायीलाई दबाएर राज्य सफल हुँदैन’

‘व्यवसायीलाई दबाएर राज्य सफल हुँदैन’

‘व्यवसायीलाई दबाएर राज्य सफल हुँदैन’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • भैरहवा  
    समाजको रुपान्तरणमा राज्यका निकायसँग स्थानीय उद्योगी व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुनुपर्ने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । 


    रुपन्देहीको भैरहवामा आन्तरिक राजस्व कार्यालय भैरहवाको आयोजनामा भएको राष्ट्रिय कर दिवस २०८२ को कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाध्याले व्यवसायीलाई दबाएर राज्य सफल हुन नसक्ने बताए । 


    आन्तरिक राजस्व कार्यालयले सरकारले दिएको लक्ष्यभन्दा बढी राजस्व असुली गरेर उत्कृष्ट काम गरेको छ, अझै जरासम्म करबारे सम्पूर्णलाई प्रशिक्षित गर्दै सबै पक्षलाई कर प्रणालीमा ल्याउनु पर्ने र डिजिटल प्रविधिबाट कर तिर्ने वातावरण सहज रुपमा बनाउनु पर्ने बताए । उनले राज्य र जनताको सहकार्यमा देशको विकास र समृद्धि हुने भन्दै सबैले सकारात्मक सोंच निर्माण गर्न जरुरी भएको जनाए ।


    सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले राज्यले कर असुली गर्ने तर उद्योगी व्यवसायीलाई राज्यले दिनुपर्ने सुविधा नभएको बताए । उनले राज्यले लिने कर प्रणाली व्यवसायीको स्वेच्छिक हुनुपर्ने, राज्यले लिने करले उद्योग व्यवसायी र त्यही देशका जनताका लागि स्वास्थ्य, शिक्षा र रोजगारमा क्षेत्रमा लगानी गर्ने प्रावधान हुनुपर्ने बताए ।


    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्काले कर तिर्न सरकारले व्यवसायीलाई वातावरण तयार गर्न जरुरी रहेको जनाए । करदातालाई सहजरुपमा राज्यलाई कर तिर्नका लागि उत्साहित गर्न राज्यले भूमिका खेल्नुपर्ने बताउँदै उनले राज्य र उद्योगी व्यापारीको सहकार्य सधै जरुरी रहेको उल्लेख गरे ।


    सिद्धार्थ सञ्चालका अध्यक्ष अनिलकुमार ज्ञवाली, तिलोत्तम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, वरिष्ठ लेखापरिक्षक शिवहरी शर्मा, अडान रुपन्देहीका पूर्व अध्यक्ष डीआर शर्मालगायतले कर पद्धतीलाई क्यूआर प्रणाली वा पेपरलेस प्रणालीबाट हुनुपर्ने, कानुन र नियम धेरै भएका कारण उद्योगी व्यवसायीहरु समस्यामा परेको, खरिदमा मात्र होइन खर्चमा पनि करको व्यवस्था गर्नुपर्ने, करलाई पारदर्शी र  राजस्व प्रशासनमा करछली हुनै नदिने, भन्सार छलि हुनै नदिने कार्य सुरु गर्नुपर्ने बताए । 
    सहभागीहरुले हिजोको समयमा कर असुल गर्ने पद्धती अनुमानका आधारमा हुने गरेको भन्दै पछिल्लो समयमा  व्यापारी र सरकारले करमैत्रीको माध्यमबाट कर असुल गर्ने गरेकोमा खुसी व्यक्त गरे ।


    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख राजस्व अधिकृत प्रेमराज पोखरेलले राज्यको महत्वपूर्ण अंगको रुपमा कर प्रशासन रहेको बताउँदै यहाँहरुको सकारात्मक सहकार्यले सफलता प्राप्त भएको बताए । उनले कार्यालयबाट कुनै करदातालाई धरपकड र दुःख दिने कार्य नभएको दाबी गर्दै करदाताको सहयोग र सहकार्यले चालु आर्थिक वर्षमा सरकारले दिएको लक्ष्यभन्दा बढी कर असुल गर्न सफल भएको जनाए । 


    ‘करदाताहरुले गर्ने कुनै कमजोरीलाई करप्रशासनले सुधार गर्नका लागि सहयोग गर्ने गरेको भन्दै सधंै यहाँहरुको सहकार्यमा तयार रहेको छ,’ उनले भने–‘साना व्यवसायीलाई प्राथमिकता दिँदै दुःख र गुनासोमा स्वयम् सहजीकरण गरी ठुला व्यवसायीको सबैक्षेत्रमा पहुँच हुने गरेको, तर साना व्यवसायी कसले हेर्ने भन्दै त्यही अनुसार हामीले काम गरिरहेका छौं ।’ 
    राजस्व कार्यालयले अब छिट्टै कर बुझाउँदा क्यूआरबाट गर्न मिल्ने प्रणालीको विकास गर्न लागेको छ । 


    कार्यालयले आर्थिक वर्ष २०८०।०८१ मा आयकरतर्फ सबैभन्दा धेरै आयकर दाखिला गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रअन्तर्गत पर्ने करदाता विजार्ड फ्रेग्रेन्स इन्डिस्ट्रिज मायादेवी ८ लाई उत्कृष्ठ करदाताको रुपमा छनोट गरी सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान समेत गरेको छ ।


    यस्तै कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालयका कर्मचारीबिच भएको ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने कर अधिकृत सन्तोष सुवेदी र नासु खुमबहादुर रावतलाई प्रमाणपत्रबाट सम्मान गरिएको छ । 


    द्वितीय स्थान प्राप्त गर्ने नासु जसराज ओली र नवराज पौडेललाई पनि प्रमाणपत्रबाट सम्मान गरिएको छ ।  कर अधिकृत नरेश पन्थीको स्वागत मन्तव्य तथा  कर अधिकृत सरोज मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij