२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जिली इएक्स फाइभ ईभी अब बुटवलमा

जिली इएक्स फाइभ ईभी अब बुटवलमा

जिली इएक्स फाइभ ईभी अब बुटवलमा

जिली इएक्स फाइभ ईभी अब बुटवलमा

जिली इएक्स फाइभ ईभी अब बुटवलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • बुटवल । चीनिया कम्पनी जीली अटो ग्रुपद्वारा उत्पादित ईभि गाडि जिली इएक्स फाईभ ब्राण्डका दुईवटा भेरियन्टको रुपन्देहीमा विक्रि शुभारम्भ गरिएको छ ।

    आधुनिक डिजाइन, शक्तिशाली व्याट्रि प्रविधी र उत्कृष्ट पर्फमेन्सको कारण विश्वबजारमा उपभोक्ताहरुको मन जित्न सफल जिली इएक्स फाइभ म्याक्स र जिली इएक्स फाइभ प्रो दबै भेरियण्ट बुटवलमा ल्याईएको हो ।


    जिली इएक्स फाइभको नेपालका लागि आधिकारिक आयातकर्ता एलआरआर मोर्टस यस क्षेत्रको आधिकारिक डिलर सोमार्जुन मोटस्ले सोमबारदेखि औपचारिक बिक्रि शुरु गरेको हो ।

    रुपन्देहीको तिलोत्तमा ३ मा रहेको शोरुममा सोमबार आयोजना गरिएको कार्यक्रममा डिलरको उद्घाटन सहित नयाँ ब्राण्डका गाडिहरु एलआरआर मोर्टसका निर्देशक जीवनजंग शाही, सोमार्जुन मोटस्का सिईओ अर्जुन पाठक र नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले संयुक्त रुपमा सार्वजनिक गरे ।


    सोही अवसरमा सोमार्जुन मोटस्ले आफ्ना दुईजना ग्राहकलाई जिली इएक्स फाडभ म्याक्स विक्रि गरेको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष आलमले शोरुमको उद्घाटन र गाडिको लञ्चिङमै दुई वटा गाडिको विक्रिले जिली ब्राण्ड प्रति ग्राहको रुची उजागर गरेको बताए ।

    त्यस्तै सोमार्जुनका सिईओ पाठकले ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यले जिली इएक्स फाइभ ल्याईएको बताउँदै इएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यस क्षेत्रकै आकर्षक मोडल बनाउन सकिने दावी गरे ।


    कार्यक्रममा एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जन मोटर्सजस्तो प्रतिबद्ध र सक्षम साझेदार महत्वपूर्ण रहेको बताए ।


    ग्राहकलाई आधुनिक, सुरक्षित र भरपर्दो इलेक्ट्रिक एसयूभी स्थानीय स्तरमा पुर्याउने लक्ष्यलाई अझै मजबुद बनाएको बताए । उनले यस क्षेत्रमा विक्रि शुभारम्भसँगै सहज सेवा, गुणस्तरीय स्पेयर पार्टस, विक्रिपछिको सेवा पनि कम्पनीले सोमार्जुन मोटर्स मार्फत गर्ने प्रतिवद्धता व्यक्त गरे ।


    उनका अनुसार नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, व्याट्रि क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा जिली इएक्स फाडभ प्रो र म्याक्स मोडलहरूको बढी प्रतिस्पर्धात्मक लाभ रहेको छ ।

    यी मोडलहरू स्नो-ह्वाइट, फ्रोस्टी ग्रे मूनलाइट सिल्भर, कार्बन ब्ल्याकर टुक्र्वोइज ग्रिन गरि ५ कलरमा उपलब्ध छ । दुवै मोडलमा ६०.२ किलोवाट प्रतिघण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व. प्रभावकारीता र दिगोपनाको दष्टिकोणले उच्चस्तरीय मानिन्छ ।


    गाडी निर्माता जिली अटो ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले आठ वटा निडल परिक्षण पास गरेसँंगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत भएको कम्पनीको दाबी छ ।

    जसको आयु लगभग ९० लाख किमि अथवा ५० वर्ष रहेको छ भने कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ । यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको छ ।

    त्यस्तै आन्तरिक भागमा १५.४ इन्चको टच स्कृन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिड, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।

    यो मोडलमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी. ब्लाइन्ड स्पट मोनिटरिड, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् । नेपाली बजारका लागि इएक्स फाइभ प्रो को मल्य ५८ लाख रुपैंया र म्याक्सको मुल्य ६६ लाख रुपैयाँ तोकिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij