२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शीतलहरबाट नागरिक बचाउने योजना बनाऊ

शीतलहरबाट नागरिक बचाउने योजना बनाऊ

शीतलहरबाट नागरिक बचाउने योजना बनाऊ

शीतलहरबाट नागरिक बचाउने योजना बनाऊ

शीतलहरबाट नागरिक बचाउने योजना बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • जाडो याम सुरु भयो । हिउँदमा जाडो हुनु मौसमको चक्रअनुसार स्वभाविकै भए पनि पुष महिनामा शीतलहर चल्ने र त्यसले तराईको जनजीवन प्रभावित हुने भएकोले नागरिकलाई शीतलहरको जोखिमबाट बचाउन तहगत सरकारले योजनाबद्ध कामको थालनी गर्न आवश्यक छ । शीतलहर दुई–तीन सातादेखि एक महिनासम्म चल्ने भएकाले यहाँको जनजीवन कष्टकर हुन्छ । शीतलहरबाट नागरिकको जीवन कसरी जोगाउने ? सरकारको प्राथमिकता भयो भने सम्भव छ । 


    तराईमा जाडोमा अत्याधिक चिसो र गर्मीमा अत्याधिक गर्मी हुन्छ, जसले यहाँको जनजीवन अत्याधिक प्रभावित हुन थालेको छ । अत्याधिक चिसो र अत्याधिक गर्मीका कारण तराईमा जनजीवन अस्तव्यस्त हुँदा क्षति न्यूनीकरण गर्न सरकारको कार्ययोजना प्रष्ट छैन । कुनै पनि विपद् व्यवस्थापनमा हामी कहाँ पूर्व तयारीभन्दा विपद्पछिको अवस्था व्यवस्थापनमा बढी ध्यान दिइरहेका हुन्छौं । तराईका गरिब र सीमान्तकृत समुदाय शीतलहरको असरबाट प्रभावित हुने भएकोले उनीहरुलाई जोगाउन पहलकदमी लिन आवश्यक छ । त्यसो त अहिले गरिब र सीमान्तकृत घरबारविहीन नागरिकलाई सरकारले ‘जनता आवास कार्यक्रम’ मार्फत् घर बनाइरहेको छ । घरबारविहीन घरपरिवारले अहिले सुरक्षित ओत पाइरहेका छन् ।

    सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई मासिक दिने भत्ताले पनि उनीहरुको जीवनयापन सहज बनाउन सघाउ पु¥याएको छ । शीतलहरले वर्षेनी केही दर्जन नागरिकको मृत्युका समाचार पछिल्ला वर्ष आउन छाडेका छन् । अहिले जे भइरहेको छ, त्यसले मात्रै नागरिकलाई सुरक्षित राख्न सकिन्छ भन्ने पटक्कै देखिदैन् । इट्टा उद्योगलगायतमा काम गर्ने मजदुर चिसोमा धेरै प्रभावित हुँदै आएका छन् । इट्टा उद्योगमा काम गर्ने मजदुरका छोराछोरीसँगै रहने भएकाले उनीहरुको स्वास्थ्य जोखिममा छ । तराईमा दाउराको अभाव छ, अझै पनि गुँइठामा खाना पकाउनेहरु धेरै छन् । उनीहरुको जीवनस्तर सुधार गर्न खाली जग्गा र सार्वजनिक जग्गामा बिरूवा रोप्ने र हुर्काउने अभियान चलाएर दाउराको पूर्ति गर्न सकिन्छ । 


    कतिपय पालिकाले सीमान्तकृत र गरिब परिवारलाई खाना पकाउन ग्यास चुल्हो बाँडे । कतिपयले सिलिण्डर समेत बाँडे । तर, पाएको ग्यास सिलिण्डर सकिएपछि अर्को सिलिण्डर किन्न नसक्दा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठ्यो । अत्याधिक चिसोमा जेष्ठ नागरिक र बालबालिका प्रभावित हुने हुँदा उनीहरुलाई जोखिमबाट जोगाउन सचेतना कार्यक्रम चलाउनुपर्छ । चिसोमा अस्पतालमा निमोनियालगायतको समस्या बढ्ने भएकोले अस्पतालमा बिरामीको चाप हुन्छ । सीमान्तकृत र गरिब परिवारलाई न्यानोमा राख्न पालिकाले दाउरा र न्यायो कपडा वितरण गर्न सक्छन् ।  बिरामी भएपछि उपचार गर्न आर्थिक अभावले सकेसम्म अस्पताल जान नखोज्ने संख्या ठूलो छ, अस्पताल जान नखोज्नेलाई अस्पतालको पहुँचसम्म पु¥याउने काम पनि पालिकाको हो ।
    संकटका बेला नागरिकले राज्य खोज्छ । यही बेला हो, राज्यले नागरिकप्रति आफ्नो भूमिका देखाउने । तहगत सरकारबिच समन्वय र सहकार्यबाट नै महामारीलाई सामना गर्न सकिन्छ भन्ने हामीलाई कोभिड महामारीले सिकाएको छ । शीतलहर सुरु भएपछि त्यसको असर न्यूनीकरणका लागि लाग्ने भन्दा पहिले नै सर्तकता अपनाउन आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij