परासी । कार्यालयमा ढिलासुस्तीले कामले गर्दा जनतालाई सास्ती खेप्नुपरेको सरोकारवालाहरूले बताएका छन् । परासीमा जिल्ला प्रशासन कार्यालय नवलपरासीले आयोजना गरेको नागरिक सेवाग्राही सुझाव संकलन ,सेवा प्रवाह सम्बन्धमा सहजीकारण समन्वय र सार्वजनिक सुनुवाइ कार्यक्रम सरोकारवालाहरूले समयमा काम नगरिदिदाँ जनताहरू सास्ती खेप्नुपरेको बताएका हुन् ।
केही कार्यालय पैसा नदिई कामै नहुने गरेको जनताहरूले गुनासो गर्ने गरेको जनता प्रगतिशिल पार्टीका राधेरमण पाण्डेले बताए ।उनले ,नापि, मालपोत लगायत कार्यालयहरुमा बिचौलिया मार्फत कर्मचारी पैसा लिने गरेको बताए । कार्यायलहरुमा आमनागरिकहरुले दुःख पाएको र विचौलीयाको खेलो सेमा काम हुने गरेको गुनासो बढेको भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था नवलपरासीका अध्यक्ष रामजी ज्ञवालीले बताए ।
उनले कार्यालयहरुमा सुशासन र पारदर्शिता कामय गर्न भन्दै गुनासो पेटिका र नागरिक वडापत्र लगायतको परिपार्टीलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।जनताहरुको काम अल्झाउने अनि समयमा नगर्ने र बिचौलिया मार्फत पैसा पाएपछि काम गरिदिने गुनासो बढेको ज्ञवालीले बताए ।
त्यस्तै जिल्लामा उद्योगहरुबाट निस्केको प्रदुषणलाई नियन्त्रण गर्न जनता समाजवादी नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले माग गरे । उद्योगहरुबाट निस्केको प्रदुषण आमनागरिक तथा सर्वसाधारणको स्वास्थ्यमा जिवनमा प्रत्यस भन्दै उद्योगहरुलाई प्रदुषण नियन्त्रण गर्नुपर्नेमा जोड दिए । नेपाली कम्यूनिष्ट पार्टीका जिल्ला नेता भविश्वर तिवारीले सुनवल नगरापालिकामा रहेको सुनवल चिनि मिल उद्योगको प्रदुषणले बस्न गाह्रो भएको बताउँदै चिनिमिलको प्रदुषण तथा दुर्गन्ध स्थानीयलाई स्वास्थ्यमा असर गरेको बताए ।
कार्यक्रममा नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यहाँ उठेको बिषयबस्तु र जिज्ञासलाई तत सम्बन्धि निकायलाई खबरदारी गर्ने र सुधमाारतर्फ लैजाने बताए । उनले प्रशासन गरेको कार्यबारे प्रगाति प्रस्तुत गदै मुद्धा फाँट आब २०८२।०८३ मा गत आ ब को अल्या मुुद्दा ३८ वटा यस आ.ब.मा दर्ता २८ वटा गरी ६६ वटा मुुद्दा रहेकोमा २२ वटा मुुद्दा फछौटय गरी जानकारी दिए ।
प्रशासन कार्यालयले साउनदेखी कार्तिक सम्म आ ब २०८२।०८३मा एक हजार सात सय५५ वटा नगरिकता बितरण र राहदानी दुई हजार सात १० वटा तथा नागरिकता प्रतिलिपली एक हजार ६ सय ९६वटा बितरण गरिएको बताए । कार्यक्रमा बिभिन्न राजननीतिक दल ,कार्यालय प्रमुख ,सञ्चारकर्मी, आमनागरिकहरुले धारण राखेका थिए ।
व्बष्कजधब
ि




