२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एचआईभी रोकथाम कार्यक्रमबारे समन्वयात्मक बैठक सम्पन्न

एचआईभी रोकथाम कार्यक्रमबारे समन्वयात्मक बैठक सम्पन्न

एचआईभी रोकथाम कार्यक्रमबारे समन्वयात्मक बैठक सम्पन्न

एचआईभी रोकथाम कार्यक्रमबारे समन्वयात्मक बैठक सम्पन्न

एचआईभी रोकथाम कार्यक्रमबारे समन्वयात्मक बैठक सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • बुटवल । आप्रवासी तथा उनीहरूका दम्पत्तीहरूलाई लक्षित गरी सञ्चालित एचआईभी रोकथाम कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँगको समन्वयात्मक बैठक बुटवलमा सम्पन्न भएको छ। बैठकको आयोजना नागार्जुन डेभलपमेन्ट कम्युनिटी (एनडिसी) रुपन्देहीले गरेको थियो।

    कार्यक्रममा एनडिसी रुपन्देहीकी कार्यक्रम अधिकृत राधा अधिकारी भट्टराईले परियोजनाको प्रगति, महत्व तथा आगामी कार्ययोजनाबारे प्रस्तुति दिइन ।कार्यक्रममार्फत हालसम्म २२ हजार ७७६ जनाको एचआईभी परीक्षण गरिएको तथा ८ नयाँ केस फेला परेको तथ्यांक सुनाइन् । 

    उनले प्रवासी कामदार र उनीहरूका दम्पतिका लागि एचआइभी रोकथामको कार्यक्रम लामो समयदेखि गर्दै आएको बताइन् । 

    बैठकमा सहभागीहरूले आप्रवासी समुदायमा एचआईभी जोखिम बढ्दो अवस्थामा रहेको भन्दै रोकथाम तथा उपचार सेवाको पहुँच विस्तार गर्न आवश्यक रहेको धारणा राखे।

    परियोजनाले नेपाल सरकारको राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ मा उल्लेखित लक्ष्य—सन् २०३० भित्र नेपालमा एचआईभी संक्रमण अन्त्य गर्ने—मा योगदान पुर्‍याउने उद्देश्य राखेको एनडिसीले जानकारी दिएको छ।

    साे अवसरमा जिल्ला स्वास्थय कार्यालय रुपन्देहीका प्रमुख उमा थापा, एच आइभि / टिभि फाेकल पर्सन टिकाराम अधिकारी, बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख यवराज पाण्ढे लगायतले बाेलेका थिए । 

    साे अवसरमा टिभि र एचआइभि संग सराेकारकाे काम गर्ने बिभिन्न ब्यक्तिहरु सहभागि थिए । 

    मानव स्वास्थ्यको क्षेत्रमा २०५२ सालमा स्थापना भएदेखि कृयाशिल रहेको नागार्जुन डेभलपमेन्ट कम्युनिटी एनडिसिले आफ्ना गतिविधि लुम्बिनी प्रदेशमा कृयाशिल बनेको छ। 

    यसकाे लुम्बिनी प्रदेशका तराइका छ जिल्लाहरु रुपन्देही, बाँके, बर्दिया, कपिलबस्तु, दाङ र परासीमा कार्यक्षेत्र रहेकाे छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij