२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरावलको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु

सरावलको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु

सरावलको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु

सरावलको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु

सरावलको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • परासी 
    पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा प्रशासनिका भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बुधबार एक कार्यक्रमको बिच गाउँपालिकामा प्रशासनिका भवनको शिलान्यास गरेका हुन् । आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सरावल–३ सरावल टोलमा निर्माण हुन लागेको साढे दुई तले प्रशासनिक भवनको बुधबार भूमि पुजनसहित शिलान्यास गरिएको हो ।


      हाल सेवा प्रवाह गरिरहेको भवनबाट पालिकाको सबै सेवा प्रवाहमा कठिनाइ हुँदै आएकोले सरावलवासीलाई सहज, सुलभ र छिटोछरितो सेवा प्रवाह गर्ने उद्देश्यले आफ्नै प्रशासनिक भवन निर्माणको थालनी गरेको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिए ।


    निर्माण हुन लागेको प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष बासमति हरिजन र प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले संयुत्त रुपमा भूमि पूजा गरेर शिलान्यास गरेका हुुन्  ।


    आफू निर्वाचित भएदेखि नै भवन बनाउने प्रयास गर्दै आए पनि जग्गाको समस्याका कारण भवनको काम अघि बढाउन ढिलाइ भएको बताउँदै अध्यक्ष चौधरीले नेपाल सरकारबाट गाउँपालिकाको नाममा पूर्जा प्राप्त भएपछि भवन निर्माण सुरु गरिएको जानकारी दिए  । विसं.२०८४को पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको प्रशासनिक भवन गतोकिएकै समयमा गुणस्तरीय बनाउन अध्यक्ष चौधरीले निर्माण कम्पनीलाई आग्रह गरेका थिए । 


    गत आर्थिक वर्ष नै ठेक्का गरी असार १० गते निर्माण कम्पनीसँग भवन निर्माणका लागि सम्झौता भएको थियो । भवन निर्माणका लागि कूल लागत रु आठ करोड ३० लाख ६६ हजार रुपैयाँ विनियोजन भए पनि निर्माण कम्पनी बीएम सार्वजनिक जेभी, नुवाकोटले झण्डै २९ प्रतिशत घटेर अर्थात् रु पाँच करोड ९७ लाख ४२ हजारमा निर्माणको जिम्मा लिएको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौममले जानकारी दिए । कूल लागतमध्ये संघीय शहरी विकास मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको गौैतमले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij