२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी फरेस्टर एक्सिलेन्स अवार्डको मनोनयन खुला

लुम्बिनी फरेस्टर एक्सिलेन्स अवार्डको मनोनयन खुला

अवार्डमा  प्रतिस्पर्धा गर्न इच्छुकले मंसिर ४ गतेदेखि माघ ३ गतेसम्म (दुई महिनाभित्र) आवेदन दिन सकिने जनाएको छ ।

लुम्बिनी फरेस्टर एक्सिलेन्स अवार्डको मनोनयन खुला

लुम्बिनी फरेस्टर एक्सिलेन्स अवार्डको मनोनयन खुला

अवार्डमा  प्रतिस्पर्धा गर्न इच्छुकले मंसिर ४ गतेदेखि माघ ३ गतेसम्म (दुई महिनाभित्र) आवेदन दिन सकिने जनाएको छ ।

लुम्बिनी फरेस्टर एक्सिलेन्स अवार्डको मनोनयन खुला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • बुटवल । नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेश समितिले वितरण गर्ने पहिलो  लुम्बिनी फरेस्टर एक्सिलेन्स अवार्डको मनोनयन खुला गरिएको छ । संघले एक सूचना जारी गर्दै अवार्डमा  प्रतिस्पर्धा गर्न इच्छुकले मंसिर ४ गतेदेखि माघ ३ गतेसम्म (दुई महिनाभित्र) आवेदन दिन सकिने जनाएको छ ।  आवेदन दिन संघको फेसबुक पेज लुम्बिनी एनएफएमा राखिएको अनलाइन फारम भर्नुपर्ने संघले जनाएको छ । मनोनयन गर्न https://docs.google.com/.../1FAIpQLSdq2EbSKPLbPi.../viewform मा क्लिक गर्नुपर्नेछ । 

    नेपाल वन प्राविधिक संघको स्थापना दिवसको दिन उक्त अवार्ड वितरण गरिने नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेश अध्यक्ष केशव खड्काले जानकारी दिए । अध्यक्ष खड्काका अनुसार यस सम्मानको उद्देश्य वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वनजन्य स्रोत साधनको दिगो प्रयोग तथा सामुदायिक वन संरक्षणमा विशेष योगदान दिने व्यक्ति वा संस्थालाई सम्मान  गरी  वन क्षेत्रको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, तथा समाजमा सकारात्मक प्रेरणा फैलाउने रहेको छ । 
    यस अवार्डले विभिन्न तह र क्षेत्रमा क्रियाशील वन प्राविधिक तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पहिचान गर्ने, उत्कृष्ट काम गर्ने व्यक्तित्व तथा संस्थालाई प्रोत्साहन र प्रेरणा प्रदान गर्ने ,सेवा–प्रतिबद्धता, नवप्रवर्तनशील कार्यशैली र उदाहरणीय नेतृत्वको सम्मानको उद्देश्य राखेको छ । अवार्ड छनौटको प्रमुख मापदण्डहरुमा वन संस्था, समुदायमा योगदान र वन व्यवस्थापनमा उल्लेखनीय भूमिका,जैविक विविधता संरक्षण र जलवायु सहनशीलता प्रवर्द्धनमा योगदान,विज्ञान–सम्बन्धी अनुसन्धान, नीति निर्माणमा योगदान,सामाजिक उत्तरदायित्व, सकारात्मक नेतृत्व र नवप्रवर्तनशील सोच तथा नीति कार्यान्वयन र नवीन कार्यक्रमहरूको प्रभावकारीता रहने उल्लेख छ। अवार्डको छनौट प्रक्रिया निष्पक्ष, पारदर्शी र सामावेशी हुने र संघले लुम्बिनी प्रदेशभरका वनसम्बन्धी संस्था, समुदाय तथा विज्ञहरूसँग समन्वय गर्दै एक छुट्टै छनौट समिति बनाउने अध्यक्ष खड्काले बताए ।
    अध्यक्ष खड्काका अनुसार यो अवार्ड हरेक वर्ष नियमित रूपमा वितरण गरिनेछ र यसका लागि आवश्यक प्रक्रिया तथा सुझावहरू संकलन भइरहेको छ । पुरस्कारको राशी कम्तीमा ५० हजार हुने बताइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij