२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्दका ११ कक्षाका विद्यार्थीलाई स्वागत : एमबीबीएस र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका १२ जनालाई सम्मान

मणिमुकुन्दका ११ कक्षाका विद्यार्थीलाई स्वागत : एमबीबीएस र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका १२ जनालाई सम्मान

मणिमुकुन्दका ११ कक्षाका विद्यार्थीलाई स्वागत : एमबीबीएस र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका १२ जनालाई सम्मान

मणिमुकुन्दका ११ कक्षाका विद्यार्थीलाई स्वागत : एमबीबीएस र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका १२ जनालाई सम्मान

मणिमुकुन्दका ११ कक्षाका विद्यार्थीलाई स्वागत  :  एमबीबीएस र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका १२ जनालाई सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२

  • बुटवल ।  बुटवल योगीकुटीको मणिमुकुन्द कलेजका कक्षा ११ का विद्यार्थीहरुलाई सोही कलेजका कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । मणिग्रामको ड्रिमल्याण्ड रिसोर्टमा शुक्रबार भएको कार्यक्रममा  कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्ष गमप्रसाद रेश्मीले संस्थाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थाको सम्पूर्ण ध्यान केन्द्रीत गरेको बताए । 
    कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले संस्थाले विद्यार्थीलाई पढाईसंगै अनुशासित र संस्कारयुक्त बनाउन  जोड दिएको बताए । २०५६ सालमा स्थापना भएर निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै  आएको संस्थाले हरेक वर्ष उच्च शिक्षा अध्ययनमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरु उत्पादन गरिरहेको बताए । उकृष्ट नतिजाका लागि कलेजका प्राध्यापक, बिद्यार्थी र अभिभावक सबैको मिहिनेत र लगनशीलता  हुनुपर्ने प्राचार्य क्षेत्रीले बताए ।
    कार्यक्रममा एमबीबीएस र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल नेपाल टपर र लुम्बिनी प्रदेश टपर सहित १२ जना विद्यार्थी,उनीहरुका अभिभावकलाई सम्मान गरिएको थियो । यस्तै कलेजले लिने त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याएका छात्र–छात्रालाई नगद सहित पुरस्कृत गरिएको थियो । सम्मानित हुनेहरुमा पब्लिक हेल्थ र बी फार्मामा नेपाल टपर तथा एमबीबीएसमा समेत पूर्ण छात्रवृत्ति पाएका मयुश दहाल, यस्तै एमबीबीएसको छात्रवृत्तिमा लुम्बिनी प्रदेश टपर सुसन कंडेल, बीभीएस्सीमा नेपाल टपर रमेश भण्डारी, एमबीबीएसकै गणेश चौधरी,सज्जय खराल, नीट इण्डियामा एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमै नाम निकालेका दुर्गेशकुमार चौधरीलाई कलेजले सम्मान गरेको छ । 

    mmc1.jpg
    undefined


    यस्तै बीएस्सी एमएलटीमा पूर्ण छात्रवृत्ति पाएका सुश्रिता अधिकारी र उमा अग्रहरी, ब्याचलर अफ  आयुर्वेदिक मेडिसिन एण्ड सर्जरीमा पूर्ण छात्रवृत्ति पाएकी आयुशा मरासिनी, बी फार्मामा पूर्ण छात्रवृत्ति पाएका शिवगोपाल बढई र हेमन्त शर्मा तथा आईओईमा पूर्ण छात्रवृत्ति पाएकी दर्शना गाहा मगरलाई पनि कलेजले सम्मान गरेको छ । 
    उनीहरुलाई  कलेजका अध्यक्ष रेश्मी,प्राचार्य क्षेत्री, संस्थाका सञ्चालक उमापति न्यौपाने, संस्थाका व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी,विज्ञान संकाय संयोजक लक्ष्मण गैरे, बीबीएस संयोजक दिनेश पाण्डे लगायतले सम्मान गर्दै उच्च शिक्षामा पनि उत्कृष्ट नतिजा सहित सफलताको कामना गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्यमार्फत सहभागीलाई मनोरन्जन दिलाएका थिए । 
    कार्यक्रममा कक्षा १२ का सिर्जन ढकालले अध्यक्षता, भुवन न्यौपानेले स्वागत मन्तव्य  तथा अंशु भट्टराई, अश्लेश फौदार, आयुश कार्की र आरुशी कार्कीले कार्यक्रम सञ्चालन  गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij