२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वाटको शतकप्रेरित लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित

वाटको शतकप्रेरित लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित

वाटको शतकप्रेरित लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित

वाटको शतकप्रेरित लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित

वाटको शतकप्रेरित लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, मंसिर ६ २०८२
शनिवार, मंसिर ६ २०८२
  • काठमाडौं । ओपनर मार्क वाटको शतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको रवाफिलो जित निकालेको छ ।

    लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

    कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । उनले ४४ बल खेल्दै ६ चाैका र १२ छक्का प्रहार गरे । उनले बाउण्ड्रीबाटै ९६ रन जोडेका थिए । यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए ।

    ओपनिङमा प्रमोट भएका मार्क वाटले पहिलो विकेटका लागि प्रियांक पाञ्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

    पहिलो खेलमा ९० रन बनाएका पाञ्चल आज १२ रन बनाएर आउट भए । लुम्बिनीका शेर मल्लले जेजे स्मिथबाट पाञ्चललाई क्याचआउट गराए । त्यसपछि वान डाउनमा आएका विलियम बोसिस्टोसँग मार्क वाटले अर्को राम्रो साझेदारी गरे ।

    वाटले लुम्बिनीविरुद्ध विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीका बलरहरुमाथि हावी बने । दोस्रो विकेटका लागि वाट र बोसिस्टोले शतकिय साझेदारी गरे । बलिङमा लुम्बिनीका शेर मल्लले मात्र १ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

    ४९ रनमा रहेका बेला रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए । रोहितले ४३ बल खेल्दै ४ चाैका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे । रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चाैका र ३ छक्का प्रहार गरे ।

    यस्तै जेजे स्मिथले १४ बलमा २ चाैका र १ छक्का मदतमा २३ तथा डार्शी सटले १९ रन जोडे । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन । पहिलो १० ओभरमा कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij