२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कोलिय देवदह साकोसको ९वटै सेवा केन्द्रस्तरीय साधारण सभा सम्पन्न

कोलिय देवदह साकोसको ९वटै सेवा केन्द्रस्तरीय साधारण सभा सम्पन्न

देवदह नगरपालिकाको सबैभन्दा ठूलो सहकारीले कार्यक्षेत्र विस्तार गरी जिल्लाव्यापी भएको छ ।

कोलिय देवदह साकोसको ९वटै सेवा केन्द्रस्तरीय साधारण सभा सम्पन्न

कोलिय देवदह साकोसको ९वटै सेवा केन्द्रस्तरीय साधारण सभा सम्पन्न

देवदह नगरपालिकाको सबैभन्दा ठूलो सहकारीले कार्यक्षेत्र विस्तार गरी जिल्लाव्यापी भएको छ ।

कोलिय देवदह साकोसको ९वटै सेवा केन्द्रस्तरीय साधारण सभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, मंसिर ६ २०८२
शनिवार, मंसिर ६ २०८२
  • तिलोत्तमा । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रय स्तरीय २० औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको ९ वटै सेवा केन्द्रमा एकैदिन साधारण सभा सम्पन्न गरेको हो ।


    संस्थाको केन्द्रिय कार्यालय रहेको  खैरेनी सेवा केन्द्रको बार्षिक साधारण सभा संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले बार्षिक प्रतिवेदन, लेखा सदस्य कोषबहादुर गुरुङ्गले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवं जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष सुवकान्त न्यौपाने, पुर्वसंचालक राजकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य राजन अधिकारीको स्वागत र सेवा केन्द्र ईन्चार्ज मनोज खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष हरि भण्डारीले यस आर्थिक बर्षमा १ हजार ३ सय ७२ जना शेयर सदस्य वृद्धि गरी १९ हजार ५ सय ४९ जना पुर्याउन सफल भएको बताउनु भयो । उहाँले संस्थाको कुल शेयर पुजी १३ करोड ४५ लाख, शेयर सदस्यको बचत १ अर्व ६४ करोड २१ लाख, कुल सम्पत्ति तथा दायित्व १ अर्व ९० करोड १२ लाख र ऋण लगानी १ अर्व ४३ करोड ६२ लाख रहेको जनाएको छ ।

    यसैगरी संचालक सदस्य खैराज शर्माको अध्यक्षतामा देउराली सेवा केन्द्र तिलोत्तमाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुप्रसाद पौडेल, पुर्वअध्यक्ष राजुमान गुरुङ्ग, शेयर सदस्य डिल्लीराज भण्डारी, गोमा रिजाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य केशवराज अर्यालको स्वागत र सेवा केन्द्र ईन्चार्ज मुना भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    त्यसैगरी संचालक सदस्य दुर्गादत्त कडेलको अध्यक्षतामा शितलनगर सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कडेलले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्य देवीप्रसाद न्यौपाने, हरिप्रसानद ढुंगाना, दुगादत्त शर्मा, डिल्लीराज मरासिनी, अनुष्का घिमिरे लगायतको आतिथ्यता रहेको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य सुकदेव पौडेलको स्वागत र सेवा केन्द्र ईन्चार्ज राजु रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैगरी संस्थाका सचिव कृष्णराज पौडेलको अध्यक्षतामा ढेकावर सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा सचिव पौडेलले बार्षिक समग्र प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष जयकिशन अधिकारी, पुर्व कोषाध्यक्ष जागेश्वर पंगेनी, शेयर सदस्य हेमलाल शर्मा, गीता शर्मा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य सरीमाया गुरुङ्गको स्वागत र सेवा केन्द्र ईन्चार्ज अनुराधा रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    त्यसैगरी संचालक सदस्य लक्ष्मी सिंग्देलको अध्यक्षतामा रामपुर सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सिग्देलले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष भिमप्रसाद गुरुङ्ग, शेयर सदस्य सरिता तामाङ्ग र नारायण वस्यालले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य लोकबहादुर खत्रीको स्वागत र सेवा केन्द्र ईन्चार्ज सपना गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    त्यसैगरी संचालक सदस्य धनप्रसाद भूषालको अध्यक्षतामा शंकरपुर सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा भूषालले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका पुर्वकोषाध्यक्ष प्रजापति सापकोटाले आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य दुर्गाप्रसाद पाण्डे स्वागत र सेवा केन्द्र ईन्चार्ज हेमा चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैगरी संचालक सदस्य सम्झना दुवेको अध्यक्षतामा घोडाहा सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा डुवेले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, व्यवस्थापक विनोद पराजुली, लेखा सदस्य कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य विष्णुप्रसाद भट्टराईको स्वागत र सेवा केन्द्र ईन्चार्ज अर्चना वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैगरी संचालक सदस्य पिताम्वर खरालको अध्यक्षतामा सियारी सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा खरालले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार ईश्वरी ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य रोमबहादुर सोमरे र सेवा केन्द्र ईन्चार्ज रेनुका गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैगरी संचालक सदस्य बाबुराम अर्यालको अध्यक्षतामा भलुही सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष रुका सापकोटा, सहव्यवस्थापक बुद्धिसागर अर्याल, पुर्व संचालक खड्कबहादुर क्षेत्री, भलुही खानेपानीका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य कल्पाना न्यौपानेको स्वागत सेवा केन्द्र ईन्चार्ज कृष्ण उपाध्यायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    ९ वटै सेवा केन्द्र स्तरीय साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीले शेयर सदस्यलाई नियमित रुपमा सीपमुलक तालिम प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले सहकारीले सर्वसाधारणमा बचत गर्नुपर्छ भन्ने भावनाको विकास गराउन सकेको दावी गरेका थिए । शेयर सदस्यका आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकाक्षा पुरा गर्न निरन्तर लाग्न आवश्यक रहेको बताएका थिए । उनीहरुले शेयर सदस्यहरुलाई उत्पादनमा लाग्न आग्रह गरेका थिए । 

    बार्षिक साधारण सभामा ६ सय ६२ जना जेष्ठ सदस्य र उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋण कारोवार गर्नेहरुलाई सम्मान गरिएको थियो ।

    सहकारीको मूल साधारणसभा मंसिर १२ गते देवदहको खैरेनीमा हुने व्यवस्थापक विनोद पराजुलीले बताए । सहकारीले ४४ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । देवदह नगरपालिकाको सबैभन्दा ठूलो सहकारीले कार्यक्षेत्र विस्तार गरी जिल्लाव्यापी भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij