बुटवल । भारत स्काउट एण्ड गाइड्सको आयोजनामा भारतको लखनऊमा हुने १९औँ ज्याम्बोरीमा सहभागी हुने विद्यार्थीलाई न्यू होारइजन अंग्रेजी आवासीय मावि बुटवलले विदाई गरेको छ । उक्त ज्याम्बोरीमा नेपाल स्काउट लुम्बिनी प्रदेशबाट नेपाल स्काउटका प्रशिक्षक खुमाकान्त अधिकारीको नेतृत्वमा न्यु होराइजनका उत्कृष्ट ८ जना विद्यार्थीहरू भारतको लखनऊतर्फ प्रस्थान गरेका छन् ।
। शनिबार विद्यालयमा एक कार्यक्रमबीच विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल, राजीव श्रेष्ठ, ईसीए इन्चार्ज बालकृष्ण बस्याल, शिक्षक तथा अभिभावकहरूले टोलीलाई सफलताको शुभकामना सहित विदाई गरेका हुन् । सो अवसरमा प्राचार्य उपाध्यायाले संस्थाले विद्यार्थीको उत्कृष्ट शैक्षिक नतिजा संगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएर अघि बढेको बताए ।




