२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योग ब्यापार संघ बुटवल चौथो अधिवेशनको तयारीमा,विभिन्न समिति संयोजक चयन

उद्योग ब्यापार संघ बुटवल चौथो अधिवेशनको तयारीमा,विभिन्न समिति संयोजक चयन

उद्योग ब्यापार संघ बुटवल चौथो अधिवेशनको तयारीमा,विभिन्न समिति संयोजक चयन

उद्योग ब्यापार संघ बुटवल चौथो अधिवेशनको तयारीमा,विभिन्न समिति संयोजक चयन

उद्योग ब्यापार संघ  बुटवल  चौथो अधिवेशनको तयारीमा,विभिन्न समिति संयोजक चयन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • बुटवल । उद्योग ब्यापार संघ बुटवल सातौं साधारणसभा तथा चौथो अधिवेशनको तयारीमा जुटेको छ । आगामी पुस १९मा हुने अधिवेशनका लागि संघले विभिन्न उपसमितिहरु गठन गरको छ । संघको शनिबार बसेको कार्यसमिति वैठकले अधिवेशन सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थीलाई मूल संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै उद्योग उपााध्यक्ष पदम जीसीलाई मायाको चिनो प्रमाणपत्र संयोजक, बाणिज्य उपाध्यक्ष केशव श्रीसलाई किट ब्याग वितरण संयोजक, कार्यसमिति सदस्यहरु दिलीप शर्मालाई खाना व्यवस्थापन संयोजक, हिरा पेग्नी मगरलाई अतिथि सत्कार मंच व्यवस्थापन संयोजक, नारायण पाण्डे लाई हेल्थ डेस्क संयोजक र प्रशान्त बन्जाडेलाई  रजिष्ट्रेशन संयोजकको जिम्मेवारी दिएको छ ।

    बैठकले बुटवलमा पुस महिनामा सञ्चालन हुने औद्योगिक ब्यापार मेला तथा प्रदर्शनीको पालोका सम्बन्धमा बुटवलका चार प्रमुख व्यवसायिक संस्थाबीच देखिएको विवाद अन्त्य गरी उद्योग ब्यापार संघ बुटवललाई २०८३ साल पुसमा मेला सञ्चालनको पालोमा समावेश गरी चार वटै संस्थाले  निरन्तर आलोपालो प्रणालीमा गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाको कार्यपालिकालाई धन्यवाद र आभार व्यक्त गर्ने निर्णय गरेको  अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । वैठकले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार वितरण छनोट समिति संयोजकमा संस्थापक अध्यक्ष खिमनारायण पराजुलीलाई र निर्वाचन समिति संयोजकमा कानूनी सल्लाहकार दामोदर घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको छ । 
    वैठकमा संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले संस्थाले स्वाधीन अर्थतन्त्र,राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण, साना तथा मझौला उद्योगी व्यवसायीको संरक्षण जस्ता मुद्दा लिएर अघि बढेकाले अन्य संस्था भन्दा बेग्लै पहिचान कायम गरेको बताए । वैठकमा संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरे, वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जीसी,बाणिज्य उपाध्यक्ष केशव श्रीस, महासचिव यमलाल मरासिनी, कोषाध्यक्ष नम्रता थापा र कार्यसमिति सदस्यहरुले आसन्न अधिवेशनलाई व्यवस्थित बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । शुरुमा उद्योग ब्यापार संगठनको नाममा संस्थापक अध्यक्ष खिमनारायण पराजुलीको नेतृत्वमा दर्ता भएको संस्था प्रविणबहादुर पाठकको पालामा उद्योग ब्यापार संघ नामाकरण भएको थियो ।

    संघमा हालसम्म पराजुली, पाठक, खेम श्रीस (स्वर्गीय) र गोविन्दराज गैरेले नेतृत्व गरिसकेका छन् भने हाल विष्णुप्रसाद पाण्डे अध्यक्ष छन् । बुटवलका प्रमुख चार व्यवसायिक संस्था मध्ये कान्छो भएपनि सामाजिक उत्तरदायित्व र स्थानीय सरकारसंगको सहकार्यमा संघको भूमिका अरु संस्थासंग समान रहेको महासचिव यमलाल मरासिनीले बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij