२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुद्धिजीवी के हो ? माक्र्सवादी र बुर्जुवा बुद्धिजीवीमा भिन्नता

बुद्धिजीवी के हो ? माक्र्सवादी र बुर्जुवा बुद्धिजीवीमा भिन्नता

बुद्धिजीवी के हो ? माक्र्सवादी र बुर्जुवा बुद्धिजीवीमा भिन्नता

बुद्धिजीवी के हो ? माक्र्सवादी र बुर्जुवा बुद्धिजीवीमा भिन्नता

बुद्धिजीवी के हो ? माक्र्सवादी र बुर्जुवा बुद्धिजीवीमा भिन्नता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • एच.के. श्रेष्ठ
     मानव समाजका बौद्धिक इतिहासले प्रष्ट गरेको तथ्य के हो भने सामान्य मानवतावादी चिन्तक एवम् विचारकहरूले धेरै अघिदेखि मनुष्यको प्रतिष्ठा एवम् अधिकारहरूको सम्मान, साधारण जनताहरूको हित र कल्याणप्रति चासो र त्यसका लागि आवश्यक पर्ने सामाजिक परिस्थितिको निर्माणको चिन्ता, शोषण उत्पीडन एवम् सामाजिक भेदभाव जस्ता समाजका खराबीहरूको आलोचना र वर्गीय समाजमा समाजको मानव विरोधी स्वरूपको विरोध आदिलाई सार्वजनिक रूपबाट मुखरित गर्दै आएका छन् । यसरी बुद्धिजीवीहरूले समाजमा विशिष्ट सार्वजनिक भूमिका भएको खास सन्देश, निश्चित दृष्टरिकोण, ठोस अनुभूति, कुनै दर्शन वा विचार र खास जनसमूहलाई प्रतिनिधित्व गर्ने मूर्तरूप दिने र राम्ररी प्रस्तुत गर्ने क्षमतासहितको प्रतिनिधित्व  गर्दछन् र आफ्ना यस आस्थाको अनुशरण अरूहरूले गरून् भन्ने पनि उनीहरू चाहन्छन् । त्यतिमात्र नभएर आफूना आस्थाप्रतिको अत्यन्त दरिलो इमानदारिता, सचरित्रताका कारण उनीहरू जनस्तरमा मान्य हुन्छन् र यस्ता प्रतिबद्धता र खतरा, निर्भीकता र बाध्यता दुवै गाँसिएका हुन्छन् 


      बुद्धिजीवीको परिभाषित गर्ने कुराजटिल हो तथापी सूत्र रुपमा भन्नुपर्दा जीवन र जगतलाई बुझ्ने क्षमता र तार्किक चेष्टा राख्ने व्यक्ति नै बुद्धिजीवीमा भित्र्याइन्छ । तसर्थ समाज विकासको बाटो पहिल्याई दिने काम र  मार्ग निर्देश गर्ने बुद्धिजीवीले गर्दछ । यसै मानेमा  अन्य मानिससँग आधारभूत अन्तर हुनुपर्दछ । समाज विकासको क्रममा राज्यसत्ताको उत्पत्ति भएदेखि बुद्धिजीवीको महत्व र भूमिका आएको पाइन्छ । यद्यपी वर्गीय हिसाबले नकरात्मक र सकरात्मक हुन्छ ।  अर्को शब्दमा, शासक र शासितबिचको वर्ग विभाजनलाई गहिराइका साथ बझ्ुन  र विश्लेषण गर्ने काम बुद्धिजीवीले नै गर्न सक्दछ । यस क्रममा बुद्धिजीवी स्वयं पनि अलग–अलग वर्गको पक्षपोषण गर्ने गरी आफैँमा विभाजित हुँदै आएका छन् । एकथरी बुर्जुवा बुद्धिजीवी शासकहरुको इच्छानुसार राज्यसत्ता टिकाइ राख्ने सूत्रहरुको खोजीमा रहन्छन्, चाहे त्यो जतिसुकै अन्यायपूर्ण किन न होस् । उनीहरुको प्रयत्न मानिसको चेतनामा आउनसक्ने अग्रगामी परिवर्तनलाई भुत्ते पार्नुमा रहन्छ । जसबाट समाज यथास्थितिमा रहेर शासन सत्ता लामो समयसम्म टिक्दछ । यसको लागि शासकवर्गले केही बुद्धिजीवीसँग सत्तासाझेदारी पनि गरेका हुन्छन् भने केहीलाई भाडामा लिएर उपयोग गरेका हुन्छन् । यस्ता बुद्धिजीवीहरुको स्वविवेक गुमेको हुन्छ । जनताको पीर मर्का, ठीक बेठीक, न्याय–अन्यायसँग उनीहरुको कुनै सरोकार रहँदैन । तृच्छ भौतिक सुविधाको स्वार्थमा रमाउनु नै उनीहरुको जीवन हो । तुलनात्मक रुपमा यिनीहरुको संख्या सीमित रहन्छ ।  अर्को माक्र्सवादी  बुद्धिजीवीहरु समाजको पिछडिएको वर्तमान अवस्था र यसको अग्रगामी विकासका सम्भावनाहरुलाई गहिराइसँग नियालिरहेको हुन्छ । अग्रगामी चेतनालाई समाजमा प्रवाहित गर्नमा यी बुद्धिजीवी प्रयत्नशील रहन्छन्, तर राज्यसत्तामा सहभागी नरहेको कारण साधन र श्रोतको अभावमा यस्ता बुद्धिजीवीहरुले परिवर्तनकारी विचार विस्तारमा अनेकन कठिनाइको सामना गर्नुपर्दछ । 


    शोषण र अन्यायमा टिकेको राज्यसत्ता र यसका शासक वर्गको लागि यी विचारले बमगोलाको काम गर्दछन् । तसर्थ प्रगतिशील विचार राख्ने बुद्धिजीवीले आर्थिकलगाायत अनेकन नाकाबन्दीको  सामना गर्नुपर्ने मात्र नभई प्रशासनिक दमन पनि झेल्नु पर्ने हुन्छ । कतिपय अवस्थामा भौतिक रुपमा समाप्त हुने स्थिति पनि आउँछ । शोषण र अन्यायको विरोध मात्र नभइ समाजलाई समुन्नत तुल्याउने अग्रगामी सोंचका  कारण यस्तो विचार सशत्त रहन्छ । समाज विकासको इतिहासमा यस्तो प्रगतिशलि विचार प्रवाहित गर्ने  बुद्धिजीवी स्वतःस्फुर्तरुपमा देखिंदै आएका पाइन्छन् । तर विशेष गरी  १९औं शताब्दीको मध्यतिर १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी भएपछि माक्र्सवादी बुद्धिजीवीहरुले नै यस्तो अग्रगामी सोंचको नेतृत्व गरी आएका छन् । जसको व्यवहारिक कार्यान्वयन भने माक्र्सवादी सिद्धान्तले लैस कम्युनिष्ट पार्टीले गर्ने हो । यसप्रकार समाज वा देशमा शोषणका आधारमा टिकेका व्यवस्था कायम राख्न उपयोग हुँदै आएका बुद्धिजीवीलाई प्रतिगामी, पुँजीवादी वा बुर्जुवा बुद्धिजीवी भनिन्छ भने न्यायपूर्ण शोषणविहीन व्यवस्था ल्याउने विचार प्रवाहित गर्ने अर्काथरी बुद्धिजीवीलाई  प्रगतिशील वा माक्र्सवादी बुद्धिजीवी भनिन्छ । जुनसुकै प्रकारको राजनैतिक प्रणाली देशमा भए पनि त्यससँग सम्बन्धित बुद्धिजीवीलाई त्यहाँ उपयोग गरिएको हुन्छ । यसै कुरालाई ध्यानमा राखी माओले बुद्धिजीवीलाई पार्टीमा भर्ती गर्ने कुरालाई विशेष रुपमा उठाएका रहेछन् । प्रगतिशील शासन प्रणाली कायम राख्ने र प्रतिक्रान्ति हुन नदिन ती बुद्धिजीवीलाई संगठनमा सामेल गरिएको हो ।
     वर्ग विभाजित समाजमा बुर्जुवा र माक्र्सवादी बुद्धिजीवीहरुका आ–आफ्नै खास विशेषता, मूल्य र मान्यताहरु हुन्छन् । हुन त यी विशेषताहरु देश काल र परिस्थितिअनुसार सापेक्षिक भएता पनि अहिले मुख्य फरक निम्नानुसार देख्न सकिन्छ ।


    बुर्जुवा बुद्धिजीवीका मान्यताहरू :
       उपाधिः उनीहरुको बौद्धिकस्तर नाप्ने संयन्त्र विश्वविद्यालयले प्रदान गर्ने डिग्री वा उपाधि हो । उनीहरुको मान्यतामा जीवन जगतलाई बुझ्ने र अग्रगामी सोंच राख्ने कुरासँग खास सरोकार छैन । तसर्थ किसान वा मजदुरलाई उनीहरु कहिले पनि बुद्धिजीवीको श्रेण्ीमा राख्दैनन् । बुर्जुवा शैक्षिक प्रमाणपत्रको आधारमा बजारमा बिक्नु वा प्रतिक्रियावादी वर्गको वा राज्यसत्ताकै सेवक भएर हिंड्नु नै बुद्धिजीवी हुन हो । जो मान्यता आज उनीहरुकै  निम्ति अभिशाप भइसकेको छ । कारण शैक्षिक प्रतिष्ठानहरुलाई उनीहरु स्वयंले व्यापारिक संस्थाको रुपमा फेरिसकेका छन् । जहाँ  पैसाकै बलमा मेडिकल डाक्टर, इञ्जिनियरिङ्ग जस्ता उपाधिको समेत किनबेच हुनुले असमयमै पुल, भवन भत्किनु, उपचार उल्टो भएर मान्छै मर्नु प्रमाण होे । 
      आर्थिक स्वच्छन्दताः बुर्जुवा  बुद्धिजीवीहरु आज अनियन्त्रित आर्थिक स्वतन्त्रताको वकालत गर्दै हिंडेका छन् । पुँजीवादी मुलुकको प्रचारबाजीमा आएर निजीकरण र उदार एवं खुला अर्थतन्त्रको वकालत गर्नु सामान्य र अनिवार्य ठान्दछन् । जबकि अमेरिका जस्तो पुँजीवादीहरुलाई नेतृत्व प्रदान गर्ने मुलुक समेत बाह्य प्रभावबाट आफ्नो मुलुकलाई नियन्त्रणमा राख्न चाहन्छ । निजीकरण र खुला अर्थतन्त्रको मोहले नेपाल जस्तो विकासोन्मुख मुलुक आर्थिक, सामाजिक, साँस्कृतिक एवं राजनैतिक अस्तव्यस्तताको परिणाम स्वरुप उद्योग उवं व्यापारमा माफियाकरण भएर सिङ्गो देशको साधन र श्रोत सीमित व्यक्तिको मुठ्ठिमा गइ बैकिङ्ग क्षेत्र नै धाराशायी भइसकेको छ । शिक्षा, स्वस्थ्य जस्ता क्षेत्रमा गरिएको व्यापारीकरणले बुद्धिजीवीहरुलाई समेत निर्जीव बस्तुको रुपमा प्रस्तुत गरी सामाजिक मूल्य मान्यतालाई नै ध्वस्त पारिदिएको छ । खाने–लाउने  वस्तु त राम्रो नराम्रो छुट्याएर किन्न र प्रयोग गर्न जटिल भएको छ भने मानव संसाधनको रुपमा रहेको बुद्धिजीवीको मूल्याङ्कन आम जनताले कसरी गर्न सक्दछन् । त्यस्तै साँस्कृतिक छाडापन भित्र्याएर बुर्जुवा बुद्धिजीवीहरुले साँस्कृतिक मूल्य मान्यता समेत ध्वस्त पारेर समाजलाई कोका–कोला, ड्रगस, एचआइभी संक्रमणतर्फ लगिरहेको छ । खुलापनको नाममा बुर्जुवाहरुले ठाडो वैदेशिक हस्तक्षेपलाई निम्त्याएर देशलाई विदेशीहरुको चलखेल गर्ने राजनैतिक अखडामा बदलिएका छन् । जनतालाई निरीह द्रष्टाको रुपमा राख्ने प्रयत्न भइरहेको छ ।


      गैर सरकारी संघ संस्थाहरुमा खुला चलखेल : यसमा पनि बुर्जुवा बुद्धिजीवीहरुको महत्वपूर्ण विशेषता हुनपुगेको छ । यसको आधारभूत चरित्र भनेकै समाज सेवा एवं मानव अधिकारको नाममा वैदेशिक सरल रकमको प्रलोभनमा सिङ्गो बौद्धक जगतलार्ई अनुत्पादक क्षेत्रमा संलग्न गराई सदाको लागि परनिर्भर बनाइराख्नु हो । यसको प्रभाव नेपालमा बढिसकेकोले देशमा सिङ्गो वैकल्पिक अर्थतन्त्र सञ्चालन गरिरहेको छ । संसदीय राजनैतिक दलहरुको अकर्मण्य चरित्रका कारण यो क्षेत्र राजनैतिक रुपमा समेत हावी हुन थालेको छ । कुनै पनि सरकारी निकायभन्दा यो बढी व्यवस्थित बन्दै गएको छ । जुन देशको भविष्यको लागि राम्रो लक्षण होइन ।


         माक्र्सवादी बुद्धिजीवीका मान्यताहरुः
    ऐतिहासिक भौतिकवादः   माक्र्सवादी मान्यता अनुसार ती सबै व्यक्तिलाई समाजमा बुद्धिजीवीको दर्जामा राखिन्छ जसले समाज र यसको विकासक्रमलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणले हेर्ने, विश्लेषण गर्ने र व्याख्या गर्ने गर्दछ । तुच्छ बुर्जुवा विश्वविद्यालयबाट प्रदान गरिने उपाधिको त्यहाँ खासैे मूल्य हुँदैन । मजदुर होस् वा किसान शिक्षक होस् वा राष्ट्र सेवक कर्मचारी, व्यापारी होस् वा उद्योगपति जीवन र जगतलाई हेर्ने द्वन्द्ववादी दृष्टिकोण छ भने उसलाई बुद्धिजीवीको दर्जामा पर्दछ । समाजमा चलिरहने अन्तरविरोधको सही पहिचान गरी त्यसलाई अग्रगामी निकास दिने क्षमता राख्नु नै सबैभन्दा योग्य हुनु हो । उसले संसारलाई नै बदल्ने नयाँ सन्देश दिन सक्दछ । त्यसको निम्ति कुनै भाषा वा विज्ञानका सुत्र जानिरहनु पर्दैन । 


    श्रमप्रतिको  सम्मान ः माक्र्सवादी बुद्धिजीवीको सबैभन्दा महत्वपूर्ण दृष्टिकोण भनेको श्रमप्रतिको सम्मान हो । डाक्टर, इञ्जिनियर, शिक्षक, किसान, मजदूर , कर्मचारी सबैको सेवालाई समदृष्टिमा राखेर हेर्नु ने उनीहरुको विशेषता हो । उनीहरुको आर्जनलाई पनि समान तुल्याउने दृष्टिकोण माकर्सवादी बुद्धिजीवीको हुनुपर्दछ । आफू स्वयं पनि कुनै न कुनै प्रकारको श्रमसँग जोडिनु र संलग्न हुनु तथा अरुलाई पनि समभावले हेर्नु माक्र्सवादी बुद्धिजीवीको खास विशेषता हो । 


    नियन्त्रित अर्थतन्त्रः हुनत सबै क्षेत्रलाई नियन्त्रण गर्ने राजनीति हो । तर माकर्सवादहिरले आर्थिक क्षेत्रलाई विशेष महत्व दिन्छन् । कारण आर्थिक सम्पन्नता विना समाजवादी लक्ष सम्भव छैन । तसर्थ माक्र्सवादी बुद्धिजीवीहरु जहिलेसुकै पनि नियन्त्रित अर्थ व्यवस्थाको  पक्षमा रहन्छन् । माथि नै उल्लेख भइसकेको छ कि पुँजीवादी मुलुक समेत अनियन्त्रित  खुला अर्थतन्त्रको नीति अवलम्बन गर्न सब्दैनन् भने नेपालमा खुला अर्थतन्त्र र पूर्ण उदारीकरणले देश दिनानुदिन परनिर्भर बनदै जान्छ । माक्र्सवादी बुद्धिजीवीहरु जनताको आधारभूत क्षेत्र शिक्षा र स्वस्थ्यमा हुने व्यापारीकरणको अन्त्य चाहन्छन् भने उद्योग व्यापारमा पुँजीवादी जनवादी कालभरी निजी र सरकारी क्षेत्रलाई सँगसँगै हिडाउने पक्षमा हुन्छन् । जबकि कृषि क्षेत्रको विकासको लागि एकमात्र विकल्प शहकारीकरण वा सामूहिकी करण हो । कारण कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउन टुक्रे जमीनमा सम्भव छैन, ठूला ठूला कित्ता हुनु अनिवार्य छ ।


    समग्रमा भन्नु पर्दा माक्र्सवादी बुद्धिजीवीहरु बुर्जुवा बुद्धिजीवीको तुलनामा सबै मानेमा अगाडि रहन्छन् । तर आजकाल माक्र्सवादको अध्ययन मात्र गरेर माक्सृवादी पण्डित बन्ने फेसन पनि प्रसस्त पाइन्छ । तसर्थ माक्र्सवादको ज्ञानमात्र आर्जन नगरी त्यसलाई आत्मसात समेत गरेर व्यवहारमा सोअनुसारको आचरण समेत गर्ने क्रान्तिकारी माक्र्सवादी बुद्धिजीवीलाई माक्र्सवादी पण्डितहरुभन्दा अलग दृष्टिले हेर्न जरुरी छ । क्रान्तिकारी माक्र्सवादी राजनीति यति वैज्ञानिक र व्यावहारिक छ कि सानो अवधिमा नै त्यसलाई आत्मसात गर्ने व्यक्ति वा पार्टी जुरुक्क उचालिन्छ, तर यो उचाई कायम राख्न उसमा जीवन पर्यन्त त्यागको आवश्यकता पर्दछ । जसलाई माक्र्सवादी बुद्धिजीवीले आत्मसात गर्नु जरुरी छ ।


    वर्तमान राजनैतिक सन्दर्भः नेपालको  इतिहासमा पनि बुद्धिजीवीहरु दुई खेमामा विभाजित हुँदै आएका छन् । पृथ्वीनारायण शाहको नेपाल एकीकरणदेखिको समयलाई लिंदा लखन थापा, कृष्णलाल अधिकारी, गंगालाल, दशरथ चन्द, शुक्रराज, धर्मभक्त आदि जस्ता केही परिवर्तनकामी बुद्धिजीवी बाहेक अधिकांश बुद्धिजीवी सामन्ती राज्य व्यवस्थाकै अनुकूल विचार व्यक्त गर्नमा रमाएको पाइन्छ । केही भने बाध्यतावश मौन थिए । कैयौं दमनको शिकार भएर इतिहासमै नआएको पनि हुन सक्छ । वि.सं. २००६ सालदेखि माक्र्सवादी बुद्धिजीवीहरु नै संगठित भएर सामान्ती व्यवस्थाको विरुद्ध संघर्ष गर्नथालेको पाइन्छ । हुनत कांग्रेस निकट बुद्धिजीवीहरुले पनि संघर्ष गरेको र गर्दै आएका छन्, तर उनीहरुको संघर्ष सामान्तवादसँग सम्झौतापरस्तर रही सत्तामा आफ्नो भाग सुनिश्चित गर्ने उद्देश्यबाट मात्र अभिप्रेरित रहँदै आएको छ । बुर्जुवा बुद्धिजीवीहरुको ध्येय सत्ताको हड्डी कुरेर बस्ने र आफ्नो स्वार्थमा सत्तासिनलाई परिचालित गर्ने हुन्छ । जसले गर्दा सत्तासिनहरुमा दुर्घटना हँुदै आएको छ । पञ्चायतको सरकार तथा राजा वीरेन्द्रको सत्ता उल्टिनु, राजा ज्ञानेन्द्रको सत्ता र राजतन्त्रकै अन्त्य हुनु र अन्य कुनै पनि पार्टीको कुनै पनि नेतृत्वको सरकार तथा हाल ओली सरकारको पतन गराउनेमा उनै बुजुर्वा बुद्धिजीवीहरुको खराब सल्लाह र भूमिका नै हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij