सुनवल । नवलपरासीको सुनवल ४ स्थित सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि बाट जिसन नवलपरासीद्धारा आयोजित बेसिक लेभल क्वीज हन्टमा सहभागी भई द्धितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरु सक्षम रेग्मी, आरुष सुनाम र प्रियन्सा कंडेललाई विद्यालयले सम्मान गरेको छ । मंसिर ५ गते जिसनको आयोजनामा २५ वटा विद्यालयहरुको सहभागितामा बर्दघाटमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा विद्यालयले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा भएका विभिन्न प्रतिस्पर्धात्मक चरणहरु पार पर्दै विद्यार्थीहरुले यो सफलता हात पार्न सक्षम भएकोमा विद्यालयका प्रिन्सिपल धनराज चापागाईले खुशी व्यक्त गर्दै विद्यार्थीहरुको सफलता नै विद्यालयको गरिमा उच्च बनाउने आधार भएको बताए ।
विद्यालयले अतिरिक्त क्रियाकलाप, खेलकुद र शैक्षिक क्षेत्रमा नगर, जिल्ला, प्रदेश राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तरका प्रतियोगिताहरुमा समेत पटक पटक विजेता बन्दै इतिहास कायम गर्न सफल भएको प्राचार्य चापागाईले बताए । विद्यार्थीहरुको क्षमता र रुची अनुसारका क्रियाकलापमा सहभागी गराई उनिहरुलाई तालिम प्रदान गर्दै अगाढी बढाउने पद्धति रहेको हुँदा विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल बन्दै गइरहेको कुरा चापागाईले बताए ।




