२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

धुर्मुस–सुन्तलीलाई न्याय देऊ

धुर्मुस–सुन्तलीलाई न्याय देऊ

धुर्मुस–सुन्तलीलाई न्याय देऊ

धुर्मुस–सुन्तलीलाई न्याय देऊ

धुर्मुस–सुन्तलीलाई न्याय देऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च भएको रकममध्ये बाँकी बक्यौता तिर्न नसक्दा धुर्मुस–सुन्तली फाउण्डेशन समस्यामा परेको छ । अर्थ मन्त्रालयले पठाइसकेको १५ करोड रुपैयाँ भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई उपलब्ध गराउने विधि नभेटेको भन्दै रोकेको छ । धुर्मुस अर्थात् सीताराम कट्टेल पाँच वर्षदेखि महानगरपालिकादेखि सिंहदरबारको ढोका ढक्ढक्याइरहेका छन्, तर रंगशाला निर्माणको बक्यौता उपलब्ध हुन सकेको छैन ।


    रंगशालामा ५७ करोड १२ लाख रुपैयाँ बराबरको काम सम्पन्न गरेको धुर्मुस –सुन्तली फाउन्डेसनले उधारोमा मात्रै १८ करोड ४३ लाख रुपैयाँको काम गरेको थियो । त्यही ऋणको भारीले सीताराम अहिले थलिएका छन् । २०७५ माघ १६ गते राष्ट्रिय सभागृहमा तामझामले घोषणा गरिएको रंगशालाको स्वामित्व अन्ततः ०७८ पुस २ गते भरतपुर महानगरलाई बुझाए । स्वामित्व पत्र बुझाउँदै गर्दा ५७ करोड ९२ लाखको काम फाउन्डेसनले गरिसकेको थियो । त्यही अधुरो काम अहिले भरतपुर महानगरले प्रदेश र संघीय सरकारको साझेदारीमा अगाडि बढाइरहको छ । त्यही संरचना बनाउँदा फाउन्डेसनले उधारोमा गरेको कामको भुक्तानी अन्यौलले सीताराम थिचिएका छन्  । रंगशालामा सीतारामले जति गरे, राम्रै गरे, कुनै कैफियत भेटिएको छैन । बाँकी बक्यौता भुक्तानीका लागि संघीय सरकारले बजेट निकासा गर्ने, तर स्थानीय सरकारले भुक्तानीको विधि नभेट्टयाउनु दुःखद छ । विधि निर्माण गरेर भुक्तानी गर्दा सीतारामलाई न्याय हुन्छ ।


    कलाकारितामा लोकप्रियता चुलिएका व्यक्ति हुन्, सीताराम । २०७२ बैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो । भूकम्पले लडेका घरहरू उठाउन लागिपर्नेमा महत्वपूर्ण पाइला सीताराम–कुञ्जनाको पनि थियो । काभ्रे भगवती मन्दिर नजिकै पहारी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा सामूहिक आवास हुँदै महोत्तरीको बर्दिबासमा मुसहर बस्ती र रौतहटको सन्तपुरमा उनीहरूले एकीकृत नमूना बस्ती निर्माण गरे । अहिलेसम्म सीतारामले गरेका कामको कुनै प्रश्न उठेको छैन । उनको पारदर्शीता अब्बल छ । २०७५ माघ १६ मा फाउन्डेसन र भरतपुर महानगरपालिकाबिच रंगशाला निर्माणको सम्झौता भएको थियो । सीतारामले राजनीतिक दलका शीर्ष नेताहरूलाई साक्षी राखेर ३० हजार दर्शक अट्ने रंगशाला ३ अर्ब ५५ करोड रुपैयाँ लागतमा दुई वर्षमा सकिने प्रतिबद्धता गरे ।

    तर पैसा दिने प्रतिबद्धता गरेकाले नदिएपछि रंगशालाको काम अपेक्षित ढंगले अघि बढेन् । पैसा दिने प्रतिबद्धता गरेजतिले नदिएपछि सीतारामले हात झिके । अन्ततः रंगशालाको जिम्मेवारी भरतपुर महानगरपालिकालाई दिइयो ।
    अब सीतारामलाई भुक्तानीको बोझबाट महानगरपालिकाले मुक्त गराउनुपर्छ । महत्वकांक्षी आयोजना सुरु गर्दा स्रोत सुनिश्चित नभई गर्ने योजना अघि बढाउनु उनको कमजोरी हो । असल मनशायले गरेको काम उनले पूरा गर्न सकेनन्, तर राज्यलाई पूरा गर्नका लागि पारदर्शी ढंगले जिम्मा लगाएका छन् । तिर्न बाँकी पैसा उपलब्ध गराउनका लागि संघीय सरकारले सहजीकरण गर्नुपर्छ । उसले नै बजेट उपलब्ध गराएको महानगरपालिकालाई अब भुक्तानीको विधि बनाइदिनुपर्छ । सीतारामलाई यो बोझबाट मुक्त गराउँदा समाजमा असल मनशाय भएका थुप्रै सीतारामहरुप्रति न्याय हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij