२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूपन्देहीमा २९ हजार ८ सय मतदाता थपिए

रूपन्देहीमा २९ हजार ८ सय मतदाता थपिए

रूपन्देहीमा २९ हजार ८ सय मतदाता थपिए

रूपन्देहीमा २९ हजार ८ सय मतदाता थपिए

रूपन्देहीमा २९ हजार ८ सय मतदाता थपिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • भैरहवा
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुरु भएको नयाँ मतदाता नामावली दर्ताका लागि रुपन्देहीबाट २९ हजार ८ सय ४२ जनाले आवेदन दिएका छन् । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक मंसिर ५ गते सम्म भएको हो । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार, कार्यालयमा आएर फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत् १२ हजार २ सय ८ जना र राष्ट्रिय परिचयपत्रमार्फत् १७ हजार एक ६ सय ३४ जनाले नयाँ मतदाताका लागि नाम दर्ता गराएका हुन् । 


    मतदाता नामावलीमा नाम दर्ता गराउन आउने अधिकांश २५ वर्षमुनिका रहेका छन् । ‘समय ढल्किँदै जाँदा नामावली दर्ता गराउन आउनेको संख्या बढिरहेको पाएको हांै, राष्ट्रिय परिचयपत्रमार्फत् पनि नामावली दर्ताको व्यवस्था गरेसँगै ठूलो संख्यामा नाम दर्ता भएको छ ।’–जिल्ला निर्वाचन अधिकारी अर्यालले भनिन् ।


     आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत् अनलाइनबाट नाम दर्ता गराएकोले यो संख्या दोब्बर बढेको हो । जिल्लाका सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको थियो । अस्थायी बसोवास गर्ने बाहिरी जिल्लाका मतदाता नामावलीको पनि नाम दर्ता भए पनि, मत हाल्न तोकिएकै स्थायी ठेगानाको केन्द्रमै जानु पर्छ । रुपन्देही कार्यालयमा आइ दर्ता गरेको मध्ये १० हजार ३ सय २२ जनामात्रै यस जिल्लाका रहेको र १ हजार ८ सय ८६ जना बाहिरी जिल्लाका मतदाताले नामदर्ताको आवेदन दिएको सूचना अधिकारी कल्पना शर्माले जानकारी दिइन ।

     
    शर्माका अनुसार असोज १० गतेसम्म रुपन्देहीको कुल मतदाता ६ लाख ४४ हजार ३ सय ५६ रहेको थियो, जसमा महिला ३ लाख १३ हजार ६ सय ७ जना, पुरुष ३ लाख ३० हजार ७ सय ४१ र अन्य ८ जना रहेका थिए । सूचना अधिकारी शर्माले कार्यालयमा आइ दर्ता गराएकोमा पुरुष ६ हजार ८ सय ४३  र महिला ५ हजार ३ सय ६५ जना रहेको बताइन् । दर्ता सकिएपछि अब अद्यावधिकको काम सुरु भएको छ । यसमा त्रुटी सच्याउने, ठाउँसारीको अद्यावधिक र राष्ट्रिय परिचयपत्रमार्फत् भरेकाको तथ्याङ्क चेक गरी भेरिफाई गरी मतदाता नम्बर पठाउने काम भइरहेको उनले जानकारी दिइन । निर्वाचन मिति घोषणा भएपछि नामावली दर्ता गर्न पाइँदैन, तर अध्यादेशमार्फत् सरकारले कार्तिक मसान्तसम्म नामावली दर्ताको लागि खोलेको थियो, पछि चाप बढेपछि ५ दिन थप गरी मंसिर ५ गतेसम्म पु¥याएको थियो । 


    तालिकाअनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दलहरु दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ र माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र सूची प्रकाशन, ७ गते दाबी विरोध, ८ गते नामावली प्रकाशन, ९ गते उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ । एक मतदान केन्द्र थप्न प्रस्ताव रुपन्देहीमा एक मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ । 


    प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले बुटवल उप–हमानगरपालिका ११ मा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरेको छ । ठूलो वडा रहेकोले केन्द्र थप्न आवश्यक रहेकाले सोही बमोजिम आयोगमा प्रस्ताव पठाएको छ । रुपन्देहीमा ५ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा यसअघि दुई सय आठवटा मतदान स्थलमा ७ सय दुईवटा मतदान केन्द्र रहेको थियो । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij