२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सूचनाको हक कार्यान्वयन गर्न पहलकदमी

सूचनाको हक कार्यान्वयन गर्न पहलकदमी

सूचनाको हक कार्यान्वयन गर्न पहलकदमी

सूचनाको हक कार्यान्वयन गर्न पहलकदमी

सूचनाको हक कार्यान्वयन गर्न पहलकदमी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • लोकतान्त्रिक शासन प्रणाली पारदर्शी शासन प्रणाली हो । लोकतान्त्रिक प्रणालीमा खुला सरकारको अवधारणा हुन्छ । खुला सरकारले नै सुशासन कायम गर्न सक्छ, नागरिकको विश्वास जित्न सक्छ । खुला सरकारको मान्यतालाई व्यवहारमा स्थापित गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ ल्याइएको हो । 


    सरकारका हरेक निकाय र कार्यालयका गोप्य राख्नुपर्ने बाहेक सबै सूचना नागरिकले माग्न पाउने र ती कार्यालयले माग गरे बमोजिम सूचना दिनुपर्ने व्यवस्था ऐनमा छ । सरकारी मात्रै नभएर सार्वजनिक सरोकारका सबै संघसंस्थाले आफ्ना गतिविधि सार्वजनिक गर्नुपर्ने र नागरिकले माग गरेअनुसार सूचना दिनुपर्ने ऐनमा तोकिएको  छ । यद्यपी व्यवहारिकताको कसीमा  सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन कमजोर छ । खुला सरकारको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दा लोकतान्त्रिक प्रणाली बलियो हुने हो । प्रणालीलाई बलियो बनाउने गरी अहिले भइरहेको पहलकदमी कमजोर छ । सूचना नागरिकलाई सहजै उपलब्ध गराउने होइन्, सकेसम्म सूचना लुकाउने प्रवृत्ति सरकारी निकायमा हावी छ । सूचना अधिकारी राख्ने, तर सहजै काम गर्ने वातावरण तयार गरिएको छैन । कार्यालयको अभिलेख अध्यावधिक गरी उपलब्ध गराउने, माग गरेअनुसार सूचना उपलब्ध गराएर सहयोग गर्नुको साटो कार्यालयका अरु कर्मचारीले असहयोग गर्ने गरेका सूचना अधिकारीहरुका गुनासा छन् । काविल कर्मचारी सूचना अधिकारी राख्नुपर्नेमा अरु काममा योग्य नभएका कर्मचारीलाई सूचना अधिकारी राख्ने प्रवृत्तिले सूचनाको हकसम्बन्धी ऐनलाई व्यवहारिक कार्यान्वयन गर्न बाधा पुगेको छ । 


    सूचना अधिकारलाई व्यवहारिक रुपमा स्थापित गर्न अनुगमन र मूल्याङ्कनको खाँचो छ । राष्ट्रिय सूचना आयोगले अहिलेसम्म भए गरेका कामको मूल्याङ्कन गरी आगामी दिनमा सूचना अधिकारलाई व्यवहारिक रुपमा स्थापित गर्न तहगत सरकारसँग समन्वय गरी कार्यक्रम अघि बढाउनुपर्छ । आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराउन सके सरकारको कामलाई सकारात्मक प्रभाव पर्छ, किनकि हरेक विषय खुला गराउनका लागि लगानी भयो भने सुशासनको प्रत्याभूति हुने हो । नागरिकको तहमा पनि सूचना माग्ने बानी विकास भइसकेको छैन । सूचना माग्ने काम र अधिकार केवल पत्रकारको मात्रै हो भन्ने भ्रम समाजमा छ । सूचना माग्ने र पाउने अधिकार हरेक नागरिकलाई छ । सूचनाको हकसम्बन्धी ऐनले हरेक नागरिकले सूचना माग्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ भन्ने सन्देश प्रवाह हुन सकिरहेको छैन । जसले बुझेका छन्, उनीहरुले पनि व्यवहारिक प्रयोग गर्न सकिरहेका छैनन । केही पत्रकार र सूचना अधिकार अभियन्ताहरुले सूचना माग्ने काम गरिरहेका छन् । उनीहरुको मात्रै नभई आम नागरिकले सूचना अधिकारका लागि अग्रसर हुँदा मात्रै ऐन कार्यान्वयन हुने हो । सूचना अधिकारमा नागरिक सक्रियता बढ्दा सरकारी निकायलाई जवाफदेही र जिम्मेवार बनाउन बल पुग्छ ।


    सूचनाको हकसम्बन्धी ऐनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारी कार्यालयका सूचना अधिकारीलाई जिम्मेवार बनाउन आवश्यक छ । सूचना अधिकारीलाई जिम्मेवार र जवाफदेही बनाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना अधिकारीका लागि अभिमुखीकरण आयोजना गरेर सकारात्मक पहलकदमी लिएको छ । पाल्पा जिल्ला प्रशासन कार्यालयको यो पहलकदमीबाट अरू जिल्ला प्रशासन कार्यालयले अनुकरण गरी अघि बढ्दा सूचनामा नागरिक पहुँच स्थापित हुन बल पुग्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij