२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आर्थिक क्षेत्रमा सुधार हुन्छ : अर्थमन्त्री

आर्थिक क्षेत्रमा सुधार हुन्छ : अर्थमन्त्री

आर्थिक क्षेत्रमा सुधार हुन्छ : अर्थमन्त्री

आर्थिक क्षेत्रमा सुधार हुन्छ : अर्थमन्त्री

आर्थिक क्षेत्रमा सुधार हुन्छ : अर्थमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • भैरहवा
    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायीहरुलाई सहज र सरलीकरण गर्ने काम भइरहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा बिहीबार भएको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले आर्थिक क्षेत्र सुधारमा सरकारले ध्यान केन्द्रित गरेको बताए । ‘यो सरकार निर्वाचन गर्नका लागि बनेको हो । हामीले फागुन २१ भित्रै निर्वाचन गर्न लागिपरेको छौं’, उनले भने–‘तर, छोटो समयमा भए पनि आर्थिक क्षेत्रमा सुधारका काम गर्छौं ।’ उनले राजस्व चुहावट नियन्त्रणका लागि सरकारले भन्सारदेखि कर प्रशासनसम्म सुधारका काम गरिरहेको जनाए ।


    औपचारिक व्यापारलाई संस्थागत गर्नका लागि भैरहवा भन्सारले जाँचपास परीक्षण कार्यालयको स्थापना गरी आर्थिक पारदर्शीताको सुरुवात गरेको बताउँदै उनले सबै व्यावसायी  खराब नहुने भन्दै केही व्यवसायीका कारण समस्या आउने भन्दै व्यवसायी र सरकारको सम्बन्ध सुमुधुर हुनुपर्ने जनाए । 


    भूमि व्यवस्थापन निमावली कार्यान्वयनमा रहेको भन्दै कृषिक्षेत्र तथा भूमि र जग्गा प्लटिङको नियमलाई व्यवस्थापन गर्न सरकारले सुरु गरेको छ । यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि व्यवासायीहरुले यसक्षेत्रमा अर्बौं लगानी विभिन्न क्षेत्रमा  गरेको भन्दै यो विमानस्थल पूर्ण सञ्चालनमा आफूले सहजीकरण गरिरहेको र अब घर बसीबसी कम्पनी दर्ता र राजस्व भुक्तानीको व्यवस्था गर्ने कार्य गरेको भन्दै व्यवसायीहरुलाई सहज र सरलीकरण गर्ने व्यवस्थाका लागि छलफल भैरहेको अर्थमन्त्री खनालले जानकारी दिए । 


    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको सरकारले सुशासनका लागि गरेको कार्यले उद्योगी व्यवसायी उत्साहित भएको बताए  । उनले अर्थतन्त्र चलायमान बनाउनका लागि निजीक्षेत्रलाई संस्थागत गर्नका सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै लुम्बिनी प्रदेशमा मात्र  वार्षिक ३२ करोड वार्षिक चुरेबाट बगेर आउने गरेका, तर आन्तरिक प्रयोग १ करोड मात्र रहेको भन्दै यसलाई निकासीका लागि पहल गर्न आग्रह गरे । 


    संघका अध्यक्ष संघ नेत्रप्रसाद आचार्यले  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा  निजी क्षेत्रको लगानी जोखिममा परेको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे । व्यवसायीहरूले वस्तु निकासीमा स्पष्ट नीति नहुनु, भन्सार नाकामा फरक–फरक नियम लागू हुनु, ओभरलोडको नाममा हुने जरिवाना, उच्च बैंक व्याजदर  तथा अनुदान कटौतीका कारण निर्यातमुखी उद्योग प्रभावित भएको उल्लेख गरे ।

     
    चोरी–तस्करी बढेकाले वैध व्यापार कमजोर बन्दा राजस्वमा समेत असर परेको बताउँदै सीमाक्षेत्रमा कडाइ, व्यवसाय नवीकरण तथा कर प्रक्रियामा डिजिटल प्रणाली लागू गर्न माग गरे ।


    भन्सार विभागमा महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार, व्यवसायी र ग्राहक मिलेर काम गर्ने हो भन्दै चोरी तस्करी नियन्त्रणमा सवै एकजुट भएर काम गर्नुपर्ने बताए । उनले खुल्ला नाका भएको कारण चोरी तस्करीलाई नियन्त्रण गर्नका लागि भन्सार भित्रबाट निकासी पैठारी गर्न आग्रह गरे ।


    राजस्व अनुसन्धान विभागमा महानिर्देशक तिर्थ चिलुवालले उद्योगी व्यापारीको कुनै समस्या भएमा आफूलाई खबर गर्न आग्रह गर्दै  व्यवसायीमैत्री वातावरण श्रृजना भएको बताए ।  उनले नक्कली बिलबिजकको भयाभह अवस्था रहेको बताउँदै त्यसलाई सुधार गर्ने पक्षमा लागेको बताए ।


    सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले नेपालको आर्थिक हबको रुपमा विकास भएको जिल्ला भएको बताए । उनले भैरहवा भन्सार कार्यालयले निर्माण गर्दै गरेका आइसीपीमा रेलवेको कन्टेक्टिभिटि नभएको हँुदा यसका लागि पहल गर्न आग्रह गरे । 


    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी अध्यक्ष टंकप्रसाद पोखरेलले देशले अर्थतन्त्र बुझेको अर्थमन्त्री पाएको समयमा निजी क्षेत्रमैत्री निर्णयहरु गरी आगामी सरकारलाई समेत मार्गनिर्देशन गर्नुपर्ने बताए । 


    सरकारका अव्यवहारिक ऐन कानुन र झन्झटिलो प्रकृयाका कारण उद्योग र व्यवसायमैत्री वातावरण नबनेको भन्दै सरकारी संस्था र निकायहरुमा थुप्रिएको अर्बौं रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने माग गरे । खुला सीका कारण हुने अवैध आयात र तस्करी रोक्न प्रहरी परिचालन गरेर मात्र सम्भव नहुने भन्दै पोखरेलले सिसिटिभीलगायत प्रविधिको प्रयोगबाट निगरानी गरेर मात्र रोक्न सकिने अर्थमन्त्रीलाई सुझाव दिए । 


    नेपाल विद्युत् प्राधिकरणले विद्युत्को व्यापार गरेकाले निजी क्षेत्रलाई सम्मानजनक व्यवहार गर्नुको साटो ट्रंकलाइन र डेडिकेटेडका नाममा दुःख दिने र बद्नाम गर्ने काम तत्काल रोक्नुपर्ने उनको माग छ ।


    व्यवसायी रवि रौनियारले अहिलेसम्म नक्कली बिलबिजक परीक्षण गर्ने संयन्त्र तयार नभएकाले धेरै जना समस्यामा परेको बताए । पर्यटन व्यवसायी सञ्जय बजिमयले बुद्ध जन्मस्थल लुम्बिनीका लागि प्रवेश बिन्दुका रूपमा रहेको बेलहिया नाकाको सुधार गर्न माग गरे । 
    उद्योगी उज्ज्वल कसजुले विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगले गरेका उत्पादनको निर्यातमा सहजीकरण गरिदिन माग गरे । 
    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपाने नयाँ युवापुस्तालाई नेपालमा रोजगार प्रदान गर्न नसक्दा विदेश पलायन भैरहेको भन्दै यसलाई रोक्न सरकारल पहल गर्नुपर्ने माग गरे । 


    व्यवसायी महेन्द्रकुमार श्रेष्ठले व्यवसायीहरुलाई २ करोडसम्मको भ्याटको थे्रसहोल्डको सीमा तोक्नुपर्ने भन्दै सरकार व्यवसायी मैत्री हुनुपर्ने माग गरे । 


    युवा उद्यमी हरिष सेठियाले जेनजी आन्दोलनमा निजी क्षेत्रमाथि अनाहकमा भएको आक्रमण र क्षतिले उद्योगी व्यवसायी निरास भएको गुनासो अर्थमन्त्रीलाई व्यक्त गरे । 
     उद्योगी चन्द्रमान श्रेष्ठले ट्रकलाइनको बक्यौताका नाममा अन्याय भएको बताए । कुनै माग र आपूर्ति विनै ट्रंकलाइनको जबरजस्ती शुल्क तिर्न बाध्य पारेको उनले बताए ।


    उद्योगी बसन्त रोक्काले देशमा बाँझै रहेका जग्गालाई खयर, सल्लोलगायत रुख रोपेर विदेश निर्यात गर्न सक्ने वस्तु उत्पादनमा सरकारले पहल गर्नुपर्ने बताए ।
    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्माले नेपालमा सुरक्षा छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको भन्दै यसलाई चिर्न सरकारले पहल गर्नुपर्ने बताए । 
    कार्यक्रममा सिद्धार्थनगर, तिलोत्तमा र बुटवलका उद्योगी–व्यवसायीको सहभागिता थियो । अर्थमन्त्री खनालले बिहीबार बिहान बेलहिया नाकामा रहेको आइसीपीलगायत औद्योगिक क्षेत्रको निरीक्षण गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij