२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन प्रदेशस्तरीय क्वीजको उपाधि जनता मावि पाल्पालाई

न्यू होराइजन प्रदेशस्तरीय क्वीजको उपाधि जनता मावि पाल्पालाई

न्यू होराइजन प्रदेशस्तरीय क्वीजको उपाधि जनता मावि पाल्पालाई

न्यू होराइजन प्रदेशस्तरीय क्वीजको उपाधि जनता मावि पाल्पालाई

न्यू होराइजन प्रदेशस्तरीय क्वीजको उपाधि जनता मावि पाल्पालाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, मंसिर १३ २०८२
शनिवार, मंसिर १३ २०८२
  • बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवलले आयोजना गरेको ३२ औं संस्करणको प्रदेशस्तरीय  हाजिरीजवाफ प्रतियोगिताको  उपाधि जनता मावि तानसेन पाल्पाले जितेको छ ।

    बुटवल, पाल्पा र दाङ केन्द्रमा भएको पहिलो चरणको छनोटमा एक सय ५० बढी विद्यालय सहभागी भएको प्रतियोगिताको फाइनलमा ६ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । जसमा सैनामैना नगरपालिकाको सुनगाभा बोर्डिङ स्कूल दोस्रो र नवज्योति नवज्योति जनता  मावि बबई दाङ तेस्रो भएका छन् ।  

    1e1903a5-9cee-44bd-9b05-1aa9d1e35c06.jfif

    यस्तै बुटवलको अक्सफोर्ड मावि चौथो, मेचीकाली आवासीय मावि घोराही पांचौं र रेन्बो बार्डिङ गुल्मी छैठौं भएका छन् । फाइनलमा प्रथम हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजारसहित शिल्ड, ट्रफि र प्रमाणपत्र पाएका छन् । विद्यार्थीहरुमा अन्तरनिहित बौद्धिक प्रतिभा प्रस्फुटन र विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले न्यू होारइजन माविले २०५० सालदेखि क्वीज प्रतियोगिता गर्दै आएको छ ।

     उपाधि विजेता विद्यालयलाई विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू,  प्राचार्य  लोकनाथ उपाध्याय, उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल, राजीव श्रेष्ठ, क्वीज संयोजक मनोज सिलवाल ,व्यवस्थापन संकाय संयोजक प्रकाश खनाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । 


    फाइनल प्रतियोगिताको उद्घाटन गर्दै  शिक्षा विकास समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु पन्थीले काठमाडौंपछिको दोस्रो शैक्षिक हवका रुपमा बुटवल रहेको र यसमा न्यू होराइजन उत्कृष्ट विद्यालय रहेको चर्चा गरे । 

    विद्यालयका  अध्यक्ष ज्ञानेन्द्र कसजूले जिल्लास्तरबाट सुरु भएको हाजिरीजवाफ प्रतियोगिताले प्रदेशस्तरमा सुरुवात भएको बताउँदै आगामी दिनमा राष्ट्रिय स्तरमा लैजाने बताए । उनले बुटवललाई शैक्षिक हव बनाउन न्यू होराइजनले महत्वपूर्ण योगदान गरेको बताए ।

     विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले न्यू होराइजनमा अध्ययन गर्ने विद्यार्थीले एसएलसी बोर्डफस्टदेखि लिएर एसईईमा  जीपीए फोरसहित उत्कृष्ट नतिजा ल्याउँदै यस क्षेत्रको गरिमा बढाएको बताए ।  उनले क्वीज संगै लोक संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्न विद्यालयले लोकदोहोरी गीत प्रतियोगिता पनि आयोजना गर्दै आएको बताए । 

    कार्यक्रममा न्यू होराइजन जीबीएसका प्राचार्य गोपाल प्रसाद आचार्य, जनता माध्यमिक विद्यालय पाल्पाका प्राचार्य निर्मल सोमै, शिक्षक कल्पना कसुम लगायतले आफ्ना भनाई राखेका थिए । विद्यालयले पहिलो चरणको हिट राउण्डमा प्रथम,दोस्रो,तेस्रो र सान्त्वना हुने विद्यालयलाई समेत नगद सहित पुरस्कृत गरेको अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij