२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बिजुली निर्यात सकारात्मक

बिजुली निर्यात सकारात्मक

बिजुली निर्यात सकारात्मक

बिजुली निर्यात सकारात्मक

बिजुली निर्यात सकारात्मक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  •  नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप २० मेगावाट किन्ने सहमति गर्नु सकारात्मक छ  । नेपालमा उत्पादित बिजुलीको बजार खोजी भइरहेका बेला बंगलादेश निर्यातको ढोका खुलेपछि हाम्रो लागि खुशीको विषय हो । नेपालका ऊर्जा सह–सचिव सन्दीपकुमार देव र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सह–अध्यक्षतामा बसेको संयुक्त कार्यदल बैठकले गरेको सिफारिसलाई सचिवस्तरीय छलफलबाट सहमति गरिएको छ ।


    बंगलादेशलाई अहिले नेपालले ४० मेगावाट बिजुली बिक्री गरिरहेको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिक्री भइरहेको बिजुली अहिलेको सम्झौता पनि सोही दरकै आधारमा थप २० मेगावाट बिजुली पनि बेच्ने सहमति भएको हो । थप २० मेगावाट बिजुलीका लागि नेपाल र बंगलादेशले आवश्यक प्रक्रिया पूरा गरी जुन १५ देखि खरिद–बिक्री हुनेछ । वर्षायाममा देशभित्र खपत भएर  बच्ने बिजुलीलाई नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । हिउँदयाममा आन्तरिक माग धान्न भारतबाट बिजुली किन्दै आएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारत (एनभीभीएन) बिच १७ असोज २०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो ।  बंगलादेशलाई हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बिजुली निर्यात गर्ने सम्झौता छ । यो सम्झौताले वर्षायाममा नेपालमा उत्पादित बिजुली खेर जाने छैन । आगामी दिनमा अरु बिक्रीको पनि ढोका खुलेको  छ । नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन र भारत–बंगलादेशबिचको बेहरामपुर भारत–भेडामारा बंगलादेश ४०० केभी प्रसारण लाइनमार्फत् नेपालको बिजुली बंगलादेश पुग्छ ।


    चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म १४ अर्ब १२ करोड रुपैयाँको बिजुली भारत र बंगलादेशमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ । तीन महिनामा प्राधिकरणले १ अर्ब ८४ करोड युनिट विद्युत् निर्यात गरेको हो । प्राधिकरणका अनुसार हालसम्म करिब १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ बिहीबारको विनिमय दरअनुसारको बिजुली बंगलादेशलाई निर्यात भएको छ । बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई पनि बिजुली बेच्ने गरेको छ ।


    बिजुली भारत र बंगलादेशलाई मात्रै होइन्, नेपालले चीनलाई पनि बेच्ने ढोका खोल्नुपर्छ । नेपालले नेपाल–तिब्बत प्रसारण लाइन बनाउन सके तिब्बतमा बिजुली बेच्न सक्छ । चीनको लगानीमा निर्माण भएका आयोजनाको बिजुली भारतले नकिन्ने नीति बनाएकाले ती आयोजनाको बिजुली नेपालमै खपत गर्नुपर्नेछ, त्यसो हुन नसकेको अवस्थामा तिब्बत निर्यातको ढोका खोल्न ढिलाइ गर्न हुन्न । बंगलादेशमा अहिले भइरहेको निर्यातलाई बढाउन र यसको दिगोपनमा चनाखो भइ सहकार्य गर्न जति आवश्यक छ, भारतसँग उर्जा व्यापारमा सधैँ चनाखो भई अघि बढ्न सक्दा मात्रै नेपालले लाभ लिनसक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij