२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रवादमा चुकेका अन्तरघातको फहरिस्त !

राष्ट्रवादमा चुकेका अन्तरघातको फहरिस्त !

राष्ट्रवादमा चुकेका अन्तरघातको फहरिस्त !

राष्ट्रवादमा चुकेका अन्तरघातको फहरिस्त !

राष्ट्रवादमा चुकेका अन्तरघातको फहरिस्त !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • एच.के. श्रेष्ठ

    राष्ट्रवाद तथा देशभक्तित्व बलीयो मनोवैज्ञानिक, उत्तेजनात्मक भित्री अनुभूतिकोे कुरा हो, जहाँ  यसको कडी भेटिन्छ । तसर्थ राष्ट्रवाद, देशभक्ति, मातृत्व, स्वाभीमान, स्वतन्त्रता र सार्वभौमिकताको पिलर हाम्रो आत्मा, मन, हृदय र मस्तिष्कमा गढेको र गाढिएको हुनुपर्छ अनि  सिमानाको पिलर  नउखेलिने गरी गाड्न तयार भईन्छ । राष्ट्रवादको पहरेदार, रक्षा कवच तथा संरक्षकको अहम् महत्वको राजनीति हाम्रो देशमा इमान्दार देखिँदैन । “एउटा राष्ट्रभक्त आफ्नो मुलुक बचाउन हरदम तयार रहनुपर्दछ, बाहिरी शत्रुबाट होइन आफ्नै सरकारबाट ।” एडवार्ड एवेको यो भनाइ नेपालको इतिहासमा सर्लक्कै मिल्छ । राष्ट्रवादप्रति खतरा र अन्तरघात जनताबाट होइन्, इतिहासदेखि नै राजनीतिक रूपमा सत्ताधारी वा सरकार वा नेताहरूबाटै हुँदै आएको पुष्टि  छ ।
    राष्ट्रवाद चुकाउने अन्तरघाती दुष्प्रयास भुरे–टाकुरे राजाहरुबाटै सुरु भएको थियो । पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्य एकीकरण गरेपछि भागेर भारत पुगेका भुरे–टाकुरे राजाहरू बेलायती साम्राज्यको इष्ट इण्डिया कम्पनीको शरणमा पुगेर नेपालविरुद्ध हमला गर्न आफैँले अनुरोध गरे । मामाको काखमा बसेर आमाको खुराफात भनेझैं त्यहीबेलादेखि राष्ट्रवाद चुकाइँदै आएको छ । यो निरन्तरता राजा महेन्द्रको शासन अवधिदेखि आजसम्मका सत्तालोलुप नेताहरूमा गढेको छ । सत्तास्वार्थले जहिल्यै छिमेकी देश भारतसँग राष्ट्रवाद बन्दकी राख्ने गरिएको हुँदा भारत ढुक्क हुँदै आयो र नेपाली राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रतामाथि धावा बोल्यो । राष्ट्रवादी परिचय बनाएका तत्कालीन राजा महेन्द्रले २०१९ साल (सन् १९६२) मा चीनसँगको युद्धपछि भारतले नेपाली भूमिमा खडा गरेको अठारवटा आर्मी क्याम्पमा सत्रवटा खेदेर एक क्याम्पले कालापानीमा तैनाथै रहनुले महेन्द्रको राष्ट्रवादमा चुकाइँ देखियो ।


    राजा महेन्द्र र नेपाली कांग्रेसको राजनीतिक÷सत्ता छिनाझम्टी, कांग्रेसभित्रैको आन्तरिक छिनाझम्टी, पञ्चायतमार्फत् राजा वीरेन्द्र÷ज्ञानेन्द्र र कांग्रेस÷कम्युनिष्टको छिनाझम्टी, कम्युनिष्ट÷कम्युनिष्टबिचको सत्ता छिनाझम्टी हुँदै अहिले नेकपामा ओलीलेनै व्यक्त गरिरहेको यी सबैमा भारतपरस्त घटना हुँदै आएको र भारतले खेल्ने स्थान र मौका प्रशस्त दिइएको हुँदा नेपाली राष्ट्रवाद चुकाउनु प¥यो र चुक्दै आइरहेकै छ । नेपाली कांग्रेसको राणाविरोधी क्रान्तिको आधारभूमि र पछिल्लो जनयुद्धको संरक्षित आधारभूमि भारतलाई बनाइनुले नेपाली राष्ट्रवादलाई भारतले खेल्ने अर्को जग बन्यो । २००७ सालको दिल्ली सम्झौतामाथि पुनः २०६२ सालको बाह्र बुँदे सम्झौता दिल्लीको रोहवरमा हुनु राष्ट्रवाद चुकाउने अर्को माध्यम बन्यो ।


    २००७ सालको क्रान्तिपश्चात्को कांग्रेस राजनीतिमा भारत भान्से हुनुले कांग्रेसभित्रै बीपी र मातृकाबिच सत्तामोही द्वन्द्व बढ्दा राष्ट्रियता मलिन हुनु परेको थियो । नेपाली कांग्रेसकै नेता भारतले निर्धारण गरिदिनेदेखि नेपालको राजनीतिक व्यवस्थाको निर्धारण र हालसम्म प्रधानमन्त्रीको दरखास्त भारतले स्वीकृत गर्ने संस्कारले राष्ट्रियता धरासयी हुँदै आएको स्पष्टै छ । अझ भन्ने हो भने राणाकालदेखि नै संविधान बनाउँदा नै राष्ट्रवाद चुक्दै आएको छ । राणा प्रधानमन्त्री पद्म शमशेरको पालामा २००४ सालमा घोषणा गरेको संविधानको मस्यौदाकार भारतीय श्रीप्रकाश गुप्ताको नेतृत्वमा रघुनाथ सिंह र डा. रामउग्रसिंहको प्रमण्डल नै थियो । २०१५ फागनु १ गते तत्कालीन राजा महेन्द्रले शाही घोषणाबाट जारी गरेको नयाँ संविधानको मस्यौदा भगवतीप्रसाद सिंहको संयोजकत्वमा बनेको भएता पनि बेलायती सर आइभर जेनिङको प्रमुख सल्लाह र विशेषज्ञतामा भएको थियो । २०४६ सालको जनआन्दोलन पछि बनेको नेपालको संविधानमा केही न केही प्रभाव भारतको मात्र होइन संविधान सभा चुनावमै गडबढी पैदा गराउने भारतले २०७२ सालको नयाँ संविधानमा प्रत्यक्ष प्रभावकै प्रयत्न ग¥यो र संविधान घोषणा भएको संविधानको त आलोचना नै ग¥यो ।


    त्यसो त राष्ट्रवादको जग खुकुलो पार्न सत्ता आरोहणको आपराधिक ध्येयले उत्तेजित कोतपर्व, भण्डारखाल पर्व, दरवार हत्याकाण्ड, मदन÷आश्रित हत्या, गोत्रहत्या, पार्टी अन्तर्घातजस्ता आपराधिक घटना–परिघटनाले टेवा पु¥याउँदै आएको छ । छिमेकी देशहरू प्रायः सबैसँग झगडालु भारत आश्रित मनोविज्ञानले राष्ट्रवादमा आघात पु¥यायो । सत्ताको लागि पारिवारिक हत्यामा समेत तयार हुनाले भारतले फाइदा लियो । नेपाली शासक स्वावलम्बी, स्वाभिमानी, बोल्ड र मातृ राजनीतिमा अडिग नरहँदा सीमाहरू मिचिंदै गए । मुलुकलाई विदेशी हस्तक्षेप, नव उपनिवेश, पराधिनता तथा परनिर्भरताबाट मुक्त भाषणमा गर्ने, तर सत्ता कुम्ल्याउन भने यी सब तिलाञ्जली दिने । राजनीतिक समाधान आपसी मेलमिलापलबाट गर्न नसकेर भारतकै सहारा लिने समस्याले राष्ट्रियता ध्वस्त हुँदै गयो ।


    ग्रेटर नेपालबाट गुमेको भूमि तत्कालीन शासकहरूले फिर्ता लिन  अङ्ग्रेज÷बेलायती इष्ट इण्डिया कम्पनीले भारत छोडेर जाने बेला तीन पटकसम्म भनेका थिए, “हामी भारत छाड्दै छौँ, तपाईं (नेपाल) ले आफ्नो भूमि दावी गर्नुस्” भन्दा फिर्ता गर्न नसक्ने  नामर्द राणा शासक र कांग्रेसले राष्ट्रघात गरे । दार्जिलिङको डम्बरसिंह गुरुङ दार्जिलिङबाट आएर राणा र कांग्रेस दुबैलाई सुझाएका थिए । जमिन फिर्ता लिने बेला तत्कालीन राणाविरुद्ध लडेका कांग्रेसलाई  र स्वयं राणालाई भूमि फिर्ता लिनभन्दा नेहरु र गान्धीको धम्कीले गर्दा लिएका सत्तामुखी नीतिले फिर्ता हुने भू–भागहरु गुम्यो । पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म, मेचिदेखि टिस्टा र महाकालीदेखि सतलजसम्मको विशाल नेपालप्रति राणा शासक र नेपाली कांग्रेस उदासिन भएको कारण भारतमै रहिरह्यो । जबकि सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धीको धारा ८ ले पनि बेलायती इष्ट इण्डिया कम्पनी र सुगौली सन्धीले कायम गरेको भू–भाग मान्ने भन्ने कतै उल्लेख नगरी नेपाल नै हो भन्ने पुष्टि गरेको ग्रेटर नेपाल थियो । एकातिर राणा गान्धीको धम्कीले सत्ता नै स्याहार्न लागिपरेको राणाविरुद्ध पनि दार्जिलिङको डम्बरसिंह गुरुङ अहिले राणाविरुद्ध होइन, जमिन फिर्ता लिनुस्, जमिन फिर्ता लिएपछि २५ हजार भूपू गोर्खालीले राणाहरूलाई एक दिनमै पल्टाइदिन्छौँ भन्दा पनि कांग्रेसले फिर्ता गर्न सकेन ।


    सन् १८१६ को सुगौली सन्धिपछि अर्ध औपनिवेशिक र दोस्रो विश्वयुद्धपछि नव–औपनिवेशिक बनेको नेपाललाई तत्कालीन शासकले मुक्त गर्न किन सकेनन् ? अघिल्लो सन्धिको सीमालाई मान्ने, तर पछिल्लो सन्धिले नै लेऊ भनेको जमिन फिर्ता लिन नसक्ने शासक पंगु हुन् । सुस्ता, महेशपुर, मानेभञ्ज्याङ, भजनी, लालबोझी, परासन, प्याराताल, मटिर्वालगायत ६१ हजारौँ हेक्टर बढी जमिनको सीमा अतिक्रमण नेपाली शासकले आफ्नो बनाउन सकेन । तराईका कैयौँ सिमानामा पिलर भारतले सार्दा र दशगजा मिचिरहँदा नतमस्तक शासक खोक्रो राष्ट्रवादले निर्लज्ज सत्तामा आशीन भए । कति शासक र नेता फेरिए र आश्वासन दिए, तर खै  पूर्व–पश्चिम सीमा क्षेत्रमा भारतीय सुरक्षा फोर्स र जनताबाट भएको दादागिरी, कुट्पिट र लुटपाटमा नेपाली स्थायी पीडित हुनुको विकल्प छैन ।


    लिपुलेक, लिम्पीयाधुरा र कालापानी गहिरो राष्ट्रवादको पीडा बोकेर सिथिल छ । राष्ट्रवादको ध्वाँस देखाउने नेपाली कांग्रेसकै पुर्खा नेताहरू धेरैपटक चुके र कांग्रेसी राष्ट्रवादलाई लोप्पा खुवाइसके । २००९ सालमा लिपुभन्ज्याङमा तत्कालीन नेपाली कांग्रेसका प्रधानमन्त्री मातृकाले इण्डियन आर्मी टुकुडीलाई पास किन दिए ? २०१६ सालमा बीपीकै पालामा उत्तर प्रदेशको अर्को सैनिक टुकडी बस्यो । ती नेताहरूले किन हटाउन सकेन भारतीय सैनिक ? सगरमाथा क्षेत्रको विवाद सुल्झाउने बीपीले भारतसँगको नसक्नु कमजोरी भएन ? २००७ सालको कोशी सम्झौता गर्ने मातृका कि महेन्द्र राजा ? २०१५ सालमा गण्डकी सम्झौता गर्ने बीपी कि राजा महेन्द्र ? २०४८ सालमा महाकाली सम्झौता गर्ने गिरिजा कि राजा वीरेन्द्र ? २०४८ साल माघ २९ गते महाकाली सन्धीमा हस्ताक्षर गर्ने तत्कालीन कांग्रेस नेता प्र.म. शेरबहादुर होइनन् ? पछि सन् २०१७, सेप्टेम्बरमा एमसीसी सम्झौतालाई नेपालमा गेट पास दिने शेरबहादुर होइनन् ? कांग्रेस नेताहरूले राष्ट्रवाद कहाँ पु¥याए ?


    अहिलेको मुख्य विवादमा महाकाली सन्धि नै जिम्मेवार छ । त्यसबेला खास महाकाली नदी तोकेर टुङ्गो गर्न नसक्नु, इण्डियनले झुक्याएर काली नदिबाट पूर्वको कुवाबाट आएको खोल्सालाई लादिएको सीमाको मान्यताको राष्ट्रघाती असरमा सम्झौता गर्ने कांग्रेस शेरबहादुर देउवा र मतियार एमाले नेता माधव नेपाल र केपी ओलीहरूले गरका होइनन् राष्ट्रघात ? अर्काे राष्ट्रघाती मतियार राप्रपाको तत्कालीन परराष्ट्र मन्त्री र जलस्रोत मन्त्री पनि पनि होइनन् ?  तत्कालीन राष्ट्रघाती यी सबै अहिले राष्ट्रवादी हुनसक्छन् ? सुगौली सन्धिले कालीनदी पूर्व नेपाल हो भनेको हाम्रा शासकले के बुझे ।


    २०७२ साल (सन् २०१५) मा भारतका प्रम नरेन्द्र मोदी चीन भ्रमण गई लिपुलेक हुँदै चीनको मानसरोवर जाने व्यापारिक बाटो खोल्ने सम्झौता चीनसँग हुँदा ओली शासकले नेपालको निर्णायक भूमिकाको स्थान लिन सकेन । यसरी विभिन्न बेला विभिन्न ढङ्गमा राष्ट्रघात गरेको तत्कालीन एमालेले अहिले जति राष्ट्रवादी काम गरे पनि त्यो राष्ट्रघातको हिसाब मिलान हुँदैन । चीनले लुसुक्क भारतसँग सम्झौता गर्दा चीनलाई समर्थनमा ल्याउन किन सकेन ? चीनले मौका बथानेर र भारतले हाकाहाकी संस्कृतिकै रूपमा नेपाली राष्ट्रवादमाथि धावा बोल्नु नेपाली शासकहरूकै उत्मसमर्पणवादी भारतपरस्त गतिविधि र व्यवहार होइन ? इतिहासदेखि २०६२-६३ सम्मकै जनआन्दोलनको राजनीतिक परिवर्तनको अवाञ्छित केफायती भारतलाई पु¥याइदिने हाम्रै शासक हुन् ।


    आफ्नो देशको समस्या हल गर्न खोज्न अर्काको देशका राजधानी वा राजनीतिक कम्पनीमा पुग्ने यी नेताहरू दिल्लीसँग लम्पसारवादको पुष्टि गर्दै भारतीय राजदूत वा कुनै नेता आउँदा लर्को लागेर तँछाड–मछाड गर्दै देवत्व प्रणाम दिएर ढोगभेट गर्ने नेताले राष्ट्रवादको कुरा गर्नु लाज होइन । दिल्ली पुग्नासाथ दास मानसिकताले राष्ट्रियता बिर्सेर दिल्ली प्रभुको भोज र मिठाइ खाएर फर्कने यिनीहरूले गरेको राष्ट्रवाद मौसमी, घामपानी, उग्र, छद्म राष्ट्रवाद र अपराध छोप्ने थोत्रो जालो मात्र हो । दिल्लीदेखि भारतीय आएर वानेश्वरमा गोली चलाएर फर्कदा टाङमुनि पुच्छर लुकाउनेबाट सीमा सुरक्षा कल्पना गर्न सकिन्छ ?


    रोटी र बेटीको सम्बन्ध भन्नु नै राष्ट्रघात हो । सुगौली सन्धिपछि गोरखा भर्ती केन्द्र स्वीकार्दै विदेशमा नेपाली बेचिरहेकाले राष्ट्रवाद चुकेन ? हालै प्रम केपीले आफूलाई सत्ताबाट हटाउन भारत लागेको र आफ्नै दलका नेताहरुलाई गोटी बनाइएको भन्दै दिएको अभिव्यक्तिले नेपाली राष्ट्रवाद धरापित रहेछ भन्ने तातोतातो  पुष्टी होइन र । यी सबै पार्टीका सत्तामा रहे र ती सबैका नेताहरू प्रधानमन्त्री हुँदा आजसम्म परिणाममुखी राष्ट्रवाद खै ? किन सीमा विवादको निर्णायक टुङ्गोमा जान सकेनन् ? सबैको प्रधानमन्त्रीत्वकालमा ठोस काम किन हुन सकेन ?

    राष्ट्रियताको व्यथा साह्रै नै च्याप्दा एउटा वक्तव्य फाल्ने अनि अरू बेला रारन्नै बस्ने कस्तो राष्ट्रवाद ? देश दुनियाँको आँखामा क्षारो हाल्न आ–आफ्ना सांगठनिक बचराहरुलाई बेला बेला राजधानीमा उत्तेजित नाराकासाथ उफार्ने र सिमानामा आक्रोसित देखाउन खटाउने नौटंकी अन्तरघाती छन्, राष्ट्रवाद ! सत्ता खानको लागि आफ्नो स्वाभिमान, नैतिकता, इमान्दारिता र नागरिकपन चुकाएर  राष्ट्रवाद चुकाउने र झुकाउने पराधिन नेपाली शासकहरूले नै यो देश, राष्ट्र र राष्ट्रियता कमजोर बनाएका हुन् भन्नेमा भ्रम छैन । हालको जेनजी प्रोटेष्ट उपजको सुशीला सरकारमा डिप स्टेट्को प्रभाव या भूमिका हो भने राष्ट्रवादप्रतिको अर्को आघात हो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij