बुटवल । ‘म स्वस्थ , क्याम्पस स्वस्थ र देश स्वस्थ भन्ने मुख्य नारा सहित बिप्लव नेतृत्वको नेकपा माओवादी समर्थित विद्यार्थी संगठन अखिल समाजवादी बुटवल बहुमुखी क्याम्पसको आयोजनामा प्राथमिक उपचार लागि आधारभुत स्वास्थ्य तालिम सम्पन्न भएको छ ।
सो कार्यक्रममा विद्यार्थी नेता बिज्ञान राउतले जेनजी बिद्रोह पछि अन्य विद्यार्थी सङ्गठन कलेजमा कार्यक्रम गर्न नसकेको बेला अखिल समाजवादीले भने आत्मनिर्भर अर्थतन्त्र नयां बहस सहित क्याम्पसका विद्यार्थीहरु सङ्ग स्वास्थ्य शिविर जस्ता अतिरिक्त कार्यक्रम गर्ने योजना सहित अघि बढेको बताए।
साथै उनले हरेक क्याम्पसमा प्रबिधिक ज्ञान प्राप्तिको निम्ति रचनात्मक कार्य गर्न पहल गर्ने र शिक्षालाइ सीप सङ्ग जोड्ने गरि विद्यार्थीमा रचनात्मक कार्यक्रम लिएर जाने प्रतिबद्धता ब्यक्त गरे। जनपत्रकार सङठनका पुर्व अध्यक्ष प्रकाश डुम्रेले विद्यार्थीलाई प्राबिधिक र रचनात्मक कार्यक्रम आवश्यक रहेको बताए ।
क्याम्पसका निमित्त प्रमुख डा दुर्गा भुसालले हरेक विद्यार्थि संगठनले ब्याबहारिक तथा प्राबिधिक शिक्षा तालिमलाई प्राथमिकता दिनुपर्ने बताए ।
नेकपा माओवादी रुपन्देही जिल्ला सचिव बिरेन्द्र सीले नेकपा माओवादी निरन्तर कृषी उत्पादनमा जोडिएको र शिक्षालाइ ब्याबहार सङ्ग जोड्ने बिषयमा कार्यक्रम तय गरेको अखिल समाजवादी टीमलाइ धन्यवाद दिदै प्राबिधिक कार्यक्रममा पार्टीले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
स्त्री रोग विशेष डा नवीन तिरुवाले महिनावारीको समयमा स्त्रीमा देखिने समस्या र समाधानका उपायहरुबारे जानकारी गराए । जनस्वास्थ्य अधिकृत अर्बिन्दले प्रयोगात्मक रुपमा नै करिव ३०० विद्यार्थीहरुको बिचमा नै प्राथमिक उपचारबारे प्रशिक्षण दिएका थिए ।
संगठनका इकाइ संयोजक बिस्नु लम्सालले निरन्तर रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।




