२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छाडा गाईवस्तु व्यवस्थापन खोई ?

छाडा गाईवस्तु व्यवस्थापन खोई ?

छाडा गाईवस्तु व्यवस्थापन खोई ?

छाडा गाईवस्तु व्यवस्थापन खोई ?

छाडा गाईवस्तु व्यवस्थापन खोई ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • बुटवलमा छाडा गाईवस्तुको व्यवस्थापन चुस्त नहुँदा सडक असुरक्षित बनेको छ । छाडा गाईवस्तुबाट पैदलयात्रु र मोटरसाइकलयात्रुलाई समस्या भएको छ । अन्य यातायातका साधन पनि उत्तिकै प्रभावित भएका छन् ।


    छाडा गाईवस्तु व्यवस्थापन गर्न बुटवल उप–महानगरपालिकाले गौशाला बनाएको छ । गौशालामा चार सय गाई रहेको बुटवल नगरपालिकाका अधिकारीहरुको भनाइ छ । सडकमा अहिले गाईको लस्कर देख्न सकिन्छ । दूध दिउञ्जेल दूध खाने र दिन छाडेपछि छाड्ने प्रवृतिले सडक जोखिम भएको छ । छाडा गाईवस्तुको व्यवस्थापनमा बुटवल उपमहानगरपालिका चुकिरहेको छ । छाडा गाईवस्तुको व्यवस्थापन गर्ने प्रमुखजिम्मेवारी बुटवल उप–महानगरपालिको हो । उपमहानगरपालिकाले अधिकार क्षेत्र भएको विषयको समाधान आफैं गर्न सक्नुपर्छ । अरूलाई दोष लगाएर पन्छिन मिल्दैन । त्यसो त गौशाला बनाएर समाधान गर्ने प्रयास भएको हो । गौशाला बनाएर मात्रै हुँदैन्, त्यो एउटा अस्थायी समाधान हो । गाईलाई दूध दिउञ्जेल पाल्ने त्यसपछि छाडा छाड्ने प्रवृति मौलाएको छ । नागरिकको विवेकहिन यो प्रवृतिलाई निरुत्साहित गर्न सबै अग्रसर हुनुपर्छ । 


    सडकमा पैदल हिंड्दै गरेका र दुईपाङ्ग्रे साधन चलाएकाहरु जोखिममा पर्नुले बुटवल असुरक्षित सहरको पहिचान बन्ने संभावना छ । छाडा गाई वस्तुको व्यवस्थापनको अभावले सडक असुरक्षित बन्दा उपमहानगरपालिका संवेदनशील बन्नुपर्छ । अझ सडकमा साँढेको आक्रमणको जोखिम धेरै छ । साँढेको आक्रमणबाट ज्यान जाने अवस्था आउनु उपमहानगरपालिकाको छाडागाईवस्तु व्यवस्थापनको प्रष्ट कार्ययोजना नहुँदाले हो । 


    निकुञ्ज आसपासको गाउँमा बाघले आक्रमण गर्दा बाघ र चितुवा लगायतका वन्यजन्तुको व्यवस्थापनमा तत्काल काम अघि बढ्छ । बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएर व्यवस्थापन गरिन्छ वा नियन्त्रणमा लिन नसके गोली हानेर मारिन्छ । साँढेलाई बाघलाई झैं बेहोस बनाएर नियन्त्रणमा लिन सकिन्छ । बाघ र चितुवालाई झैं मार्न सांस्कृतिक र धार्मिक मान्यताले संभव नभएपनि साँढे व्यवस्थापन जटिल छदै छैन् ।


    साँढेलाई सडकमा छाडेर नगरमा जति राम्रा काम गरेपनि ती ओझेलमा पर्दछन् । छाडागाईवस्तु व्यवस्थापन स्थानीय तहको प्रमुख काम हो । पैदल यात्रुको ज्यान गएपछि संवेदनशील भएर साँढे व्यवस्थापन प्राथमिकतामा पर्नुपर्छ । बुटवलमा सञ्चालित गौशालामा छुट्टै साँढे ब्लक बनाएर उनीहरुलाई व्यवस्थापन गर्न लाग्नुपर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij