२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘आखिर खास कुरा त निर्वाचन नै रहेछ

‘आखिर खास कुरा त निर्वाचन नै रहेछ

‘आखिर खास कुरा त निर्वाचन नै रहेछ

‘आखिर खास कुरा त निर्वाचन नै रहेछ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • आगामी महाधिवेशनको मिति टुंगो लागेसँगै कांग्रेसको अन्यौल हटेको छ । महाधिवेशनको विषयलाई लिएर अनिर्णयको बन्दी बन्दा कांग्रेस पंक्तिमा निराशा छाएको थियो । एकमहिना लामो छलफल गर्दा पनि केन्द्रीय समितिले कुनै निकास निकाल्न नसकेपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । महाधिवेशन आगामी चुनाव अघि कि चुनावपछि भन्ने विषय टुंगो नलाग्दा चर्केको आन्तरिक विवादलाई उपचारका लागि सिंगापुर पुगेका सभापति शेरबहादुर देउवाले चुनाव अघि नै महाधिवेशन गर्ने टुंगो लगाएर निकास दिएका छन् । चुनावअघि महाधिवेशन गर्न दुवै पक्षलाई सहमतिमा ल्याउन देउवा सफल भएका छन् ।


    महाधिवेशन चुनाव अघि गर्ने कि चुनावपछि भन्ने विषय उत्कर्षमा पुगेसँगै विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेका थिए । यो पहलकदमीमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले साथ दिएपछि विवाद झनै पेचिलो बनेको थियो । त्यसपछि कांग्रेस विवाद विशेष महाधिवेशन कि नियमित भन्ने विषयमा प्रवेश गरेको थियो । कांग्रेसमा नियमित महाधिवेशनको निर्णयले विभाजनको जोखिम टरेको छ । कांग्रेस विभाजनको मुखमा पुगेको धेरैले आँकलन गरेका थिए । विशेष महाधिवेशन भए पार्टी विभाजन हुने भएकाले त्यसका लागि अग्रसर नहुन महामन्त्री गगन थापासहितलाई संस्थापन पक्षले आग्रह गरेको थियो । विषेश महाधिवेशनबाट पछि नहट्ने थापाको अडान र चुनावपछि  महाधिवेशन गर्ने संस्थापनको अडानका सामु देउवाले मध्यमार्गी धारको कुरा सुनेर चुनाव अघि नै महाधिवेशन गर्ने निर्णय सर्वसम्मत गराएका छन् । कांग्रेस जीवनका लागि यो महत्वपूर्ण निर्णय हो । यो बेला राजनैतिक दलको आन्तरिक विवाद लोकतान्त्रिक विधिबाट किनारा लाग्न आवश्यक छ । आन्तरिक समस्याको सहज समाधानको बाटो निकाल्न सक्दा मुलुक लयमा जानसक्छ । कांग्रेसले आन्तरिक समस्याको समाधानका लागि जुन विधि अवलम्बन गरेको छ, यो कांग्रेस र मुलुकको हितमा छ ।


     मुलुकमा यतिखेर अन्यौल, द्विविधा र भयको वातावरण छ । यो बेला प्रमुख राजनैतिक दलले कमिकमजोरीको समीक्षा गरी मुलुकको निराशा र अन्यौललाई चिर्नुपर्ने अभिभारा छ । कांग्रेस पुरानो र लामो समय मुलुकको शासन प्रक्रियामा सहभागी लोकतान्त्रिक पार्टी भएकाले पनि उसको भूमिका अझै बढी छ । मुलुकको यो अवस्था आउनुमा प्रमुख राजनैतिक दलको भूमिका कुनै न कुनै रूपमा जिम्मेवार छ । नीतिको व्यवहारमा कार्यान्वयनमा कमजोरी, आचरणमा चुक हुँदा मुलुकमा अराजकता हावी भयो, राज्य संयन्त्रलाई खरानी बनाउने  काम भयो । राजनैतिक दलले विगतको कमजोरीबाट पाठ सिक्दै मुलुकलाई खरानीबाट जुरुक्क उठाउन सक्नुपर्छ । मूलधारका राजनैतिक दल माझिएर उठ्न सक्दा मात्रै मुलुक लयमा जाने हो ।


    एमालेले मंसिर अन्तिम साता महाधिवेशन गर्न लागेको छ । एमाले पंक्ति देशभर परिचालन भएको छ । कांग्रेस पनि महाधिवेशनबाट आफूलाई पुनर्ताजगी गराउँदै छ । नेपाली कम्युनिष्ट पार्टी नयाँ ढंगले बौरिदै उठ्ने प्रयास गर्दै छ । अरु राजनैतिक दलले पनि आफूलाई नयाँ ढंगले उभ्याउने प्रयास गर्दै छन् । राजनैतिक दल बौरिदै उठ्न सक्दा मात्रै हो, मुलुकका हरेक समस्याको समाधानको बाटो निस्कने । मुलुकलाई अन्यौल र अराजकताबाट मुक्त गर्नका लागि राजनैतिक दल बलियो हुन आवश्यक छ । महाधिवेशनले विगतका कमजोरी केलाउने र निर्मम समीक्षा गरी अघि बढ्ने भएकाले मुलुकमा आशाको सञ्चार भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij