२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सहिद स्मृति प्रतिष्ठान द्वारा जेनजी शहिदको स्मृतिमा बुटवलमा रक्तदान

सहिद स्मृति प्रतिष्ठान द्वारा जेनजी शहिदको स्मृतिमा बुटवलमा रक्तदान

सहिद स्मृति प्रतिष्ठान द्वारा जेनजी शहिदको स्मृतिमा बुटवलमा रक्तदान

सहिद स्मृति प्रतिष्ठान द्वारा जेनजी शहिदको स्मृतिमा बुटवलमा रक्तदान

सहिद स्मृति प्रतिष्ठान द्वारा जेनजी शहिदको स्मृतिमा  बुटवलमा  रक्तदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  •  

    बुटवल । सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरुको सम्मान,स्मरणका लागि आयोजना गरेको रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । मङलबार बुटवलस्थित रक्त सञ्चार केन्द्रमा आयोजित कार्यक्रममा झण्डै ३ दर्जन दाताले रक्तदान गरेका थिए ।

    रक्तदान कार्यक्रममा बोल्दै सहिद बेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष वसन्त कुमार श्रेष्ठले नागरिकको पक्षमा गरिएको आन्दोलनमा ज्यान गुमाएका जेनजीहरु राष्ट्रको गौरव भएको बताउदै उनीहरूको बलिदान र त्यागलाई थप स्थापित गराउन यस्ता रचनात्मक कार्यक्रमले सहयोग पुग्ने बताए ।

    नेता श्रेष्ठले देश जटिल परिस्थितिमा रहेको बताउदै सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्नेमा ज‍ड दिए । कार्यक्रममा प्रतिष्ठानमा उपाध्यक्ष सरद वली,सचिव विरेन्द्र विक,जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रे ,रक्त सञ्चार केन्द्रका अध्यक्ष कृष्ण चौहान लगायतले धारणा राखेका थिए ।

    विभिन्न घटना ,दुर्घटना तथा सुत्केरीको लागि विभिन्न समुहका रगत अभाव भईरहेको बेला प्रतिष्ठानले रक्तकेन्द्रका पदाधिकारीको परामर्श बमोजिम रचनात्मक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक शिव श्रेष्ठले बताए । डेढ बर्ष अगाडि स्थापित प्रतिष्ठानले रुपन्देहीमा सिर्जनात्मक एवम् रचनात्मक कार्यक्रम साथै बहसमुलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij