२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तानसेनले ४० उद्योगको बजार सुनिश्चिता गर्ने

तानसेनले ४० उद्योगको बजार सुनिश्चिता गर्ने

तानसेनले ४० उद्योगको बजार सुनिश्चिता गर्ने

तानसेनले ४० उद्योगको बजार सुनिश्चिता गर्ने

तानसेनले ४० उद्योगको बजार सुनिश्चिता गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • पाल्पा
    तानसेन  नगरपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सुरु भएको छ । तानसेन नगरपालिकाको लगानी र दायित्व संस्थाको प्राविधिक सहयोगमा नगर भित्रका  ४० वटा लघु तथा साना उद्यमहरुलाई स्तरीकरण र स्तरउन्नति गरी आर्थिक क्षेत्रमा टेवा पु¥याउने उद्देश्यका साथ कार्यक्रम लागु भएको हो । 


    नगरपालिकाभित्रका १४ वटै वडाबाट कृषि, पशुपालनमा आधारीत उद्यम, जडीबुटी तथा वन पैदावारमा आधारित उद्यम, पर्यटनमा आधारित उद्यम, ढाका, करुवामा आधारित उद्यम, सेवामा आधारित उद्यमहरुमा आधारित रहेर वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन हुनेछ । जसको लागि तानसेन नगरपालिकाले ऐन नियम, निर्देशिका बनाई कार्यान्वयन गर्न लागेको हो । 


    लामो समयदेखि उद्यम गर्दै आएका, दिर्घकालीन साेंच भएका, रोजगारी प्रदान गरेका उद्यमहरुको उत्पादनलाई राष्ट्रिय, अन्तरराष्ट्रिय बजारसँग जोड्ने, उत्पादनमा वृद्धि गराउने, विचौलिया हटाउने, रोजगारी बढाउने, स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म आर्थिक कारोबारमा वृद्धि गराउने कार्यक्रमको मुख्य लक्ष्य रहेको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । रोजगारी प्रवर्धन कार्यक्रमको लागि तानसेन नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 


    उद्यमी छनौटको लागि प्रत्येक वडा–वडामा आवेदन माग भएको, आएका निवेदनहरुबाट ४० वटा उद्यमहरु छनौट हुनेछन् ।  कार्यक्रमले सुरुको चरणमा ४० वटा उद्यमीहरुलाई विभिन्न विधि र प्रक्रियाबाट छनौट गर्नेछ । दोस्रो चरणमा ४० उद्यमीबाट उत्कृष्ट २० उद्यमी छानिने छन् । तेस्रो चरणमा २० उद्यमीबाट  उत्कृष्ट १० उद्यमी छानिने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । 


    शहर तथा ग्रामीण क्षेत्रमा रहेका साना तथा लघु उद्यमहरुलाई क्षमतावान बनाउँदै रोजगारी, आयआजर्न वृद्धि गर्ने, प्रदेश तथा संघ क्षेत्रमा शासकीय क्षमता सुधार तथा बहु सरोकारवाल बिच एक आपसमा भएका ज्ञान, अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको दायित्वका  वरिष्ट कार्यक्रम प्रवन्धक सञ्जय पोख्रेलले बताए । 


    उद्यमहरुको  भाट भटेनी, पैचो, विभिन्न स्थानका बजार मण्डीहरु पुहच सुनिश्चितता गरेको उनले बताए । 


    आफ्नो घरपरिवार, गाउँठाउँमा बसेर उद्यम गर्ने,  रोजगारीमार्फत् आय आर्जन बढाउने, कृषि, पशु तथा पर्यटनमा आधारित रहेर नगरपालिकाले दायित्वसँग मिलेर काम सुरु गरेको नगर प्रवक्ता यादव सिंह कार्कीले बताए । यो कार्यक्रमले उद्यमीहरुलाई सक्रिय बनाउने, नयाँ–नयाँ ज्ञान सीप प्रदान गर्ने, प्रतिस्पर्धा बढाई गुणस्तरीय उत्पादनमा क्रियासिल बनाउने, उद्यमीहरुलाई विचौलियबाट बचाई श्रममा आधारित रहेर बजार मूल्य प्रदान गर्ने तानसेनन नगरपालिकाका योजना अधिकृत एव फोकल पर्सन दुर्गाबहादुर थापाले बताए ।  


    पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्लाका सञ्चार उद्यमहरुलाई कार्यक्रममा समावेश गरेर लैजानुपर्नेमा जोड दिए ।  २०८३ जेष्ठ १५ गतेसम्म अवधि रहेको कार्यक्रमको बजेट तानसेन नगरपालिकाको ५० लाख, दायित्वको १० लाख गरी ६० लाख रुपैयाँ रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij