२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा नवौं जिल्लास्तरीय स्नूकर प्रतियोगिता हुंदै

बुटवलमा नवौं जिल्लास्तरीय स्नूकर प्रतियोगिता हुंदै

बुटवलमा नवौं जिल्लास्तरीय स्नूकर प्रतियोगिता हुंदै

बुटवलमा नवौं जिल्लास्तरीय स्नूकर प्रतियोगिता हुंदै

बुटवलमा नवौं जिल्लास्तरीय स्नूकर  प्रतियोगिता  हुंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • बुटवल । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता  हुने भएको छ । संघको हालै सम्पन्न कार्यसमिति वैठकले  पुस १४ देखि अमरपथ सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ६ वटा उपसमितिहरु गठन गरिएको अध्यक्ष सुजन पुनले जानकारी दिए ।  जसअनुसार खेल उपसमिति  संयोजकमा विजय गुरुङ तथा सदस्यहरुमा समुन्द्र अमात्य र  लक्ष्मण आले, आर्थिक उपसमिति संयोजकमा संघका महासचिव प्रकाश क्षेत्री तथा सदस्यहरुमा प्रदीप विक र बिर्जु केसी,  प्रचार प्रसार उपसमिति संयोजकमा प्रेस सल्लाहकार टिआर शर्मा  तथा सदस्यहरुमा सुशान्त पाण्डे र मिन गाहा भएका छन् ।   यस्तै अतिथि सत्कार तथा  खाजा व्यवस्थापन उपसमिति संयोजकमा पुरन  राना तथा सदस्यहरुमा  रबिन श्रेष्ठ र सुरज पुन चयन भएका छन् भने प्राविधिक उपसमिति संयोजकमा विराट भट्टचन तथा सदस्यहरुमा रमेश मल्ल  र सागर गाहा मगर रहेका छन् । प्रतियोगिताको तयारीबारे बुधबार बसेको संघको वैठकमा बोल्दै प्रमुख सल्लाहकार सञ्जयरत्न बज्राचार्यले प्रतियोगितामा  खेलाडीहरुलाई नियम र अनुशासन पालन गरेर स्वच्छ खेल खेलाउन सुझाव दिए । अध्यक्ष सुजन पुनले  यस वर्षको प्रतियोगिता विगत भन्दा व्यवस्थित र भब्य बनाइने भन्दै प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाले  मुख्य सहयोग गरेको उल्लेख गरे । साथै अरु संस्थागत र व्यक्तिगत सहयोगमा प्रतियोगिता सफल बनाउने बताए । संघले नियमितरुपमा हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिएर स्नुकर खेल लाई थप उचाइमा पुराएको महासचिव प्रकाश क्षेत्रीले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij