२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘स्वस्थ विद्यार्थी, स्वस्थ क्याम्पस’ मूल नारा सहित आधारभूत स्वास्थ्य तालिम सम्पन्न

‘स्वस्थ विद्यार्थी, स्वस्थ क्याम्पस’ मूल नारा सहित आधारभूत स्वास्थ्य तालिम सम्पन्न

‘स्वस्थ विद्यार्थी, स्वस्थ क्याम्पस’ मूल नारा सहित आधारभूत स्वास्थ्य तालिम सम्पन्न

‘स्वस्थ विद्यार्थी, स्वस्थ क्याम्पस’ मूल नारा सहित आधारभूत स्वास्थ्य तालिम सम्पन्न

‘स्वस्थ विद्यार्थी, स्वस्थ क्याम्पस’ मूल नारा सहित आधारभूत स्वास्थ्य तालिम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • बुटवल । “म स्वस्थ, क्याम्पस स्वस्थ र देश स्वस्थ” भन्ने मूल नाराका साथ अखिल (समाजवादी) सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइ समितिले आयोजना गरेको आधारभूत स्वास्थ्य तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। तालिम इकाइ संयोजक गणेश सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सरद सी प्रमुख अतिथि थिए।

    कार्यक्रममा पार्टी सचिव बिरेन्द्र सी, स्त्री तथा महिला रोग विशेषज्ञ डा. बिन्दु खरेल, क्याम्पस प्रमुख गोपाल चापागाइ, जनस्वास्थ्य निरीक्षक अर्बिन्द चन्द, अखिल (समाजवादी) लुम्बिनी प्रदेश सह–इन्चार्ज बिस्नु बहादुर राउत (विज्ञान), नेसनल प्याथ ल्याब प्रमुख प्रकाश न्यौपाने, अखिल (समाजवादी) जिल्ला अध्यक्ष पदम नेपाली तथा स्वास्थ्यकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता बिस्नु बहादुर राउत (विज्ञान) ले युव–विद्यार्थीलाई रचनात्मक कार्यक्रममार्फत संगठित गर्दै देशको स्वाधीनता सुरक्षामा भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

    प्रमुख अतिथि सरद सीले स्वास्थ्यसम्बन्धी प्राविधिक तालिममा सहभागी भएका विद्यार्थीप्रति खुशी व्यक्त गर्दै सिपमा आधारित शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै निरन्तर रचनात्मक अभियानमा जुट्न आह्वान गरे।

    स्त्री रोग विशेषज्ञा डा. बिन्दु खरेलले महिलाहरूमा देखिन सक्ने स्वास्थ्य समस्याबारे विस्तृत जानकारी दिँदै समाधानका उपायबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिन्। क्याम्पस प्रमुख गोपाल चापागाइले विद्यार्थी संगठनहरूले यस्ता रचनात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्दै युवा चेतना अभिवृद्धिमा योगदान पुर्याउनुपर्नेमा जोड दिए।

    जनस्वास्थ्य निरीक्षक अर्बिन्द चन्दले प्राथमिक उपचारका आधारभूत सीपहरू डेमो सहित प्रस्तुत गर्दै सहभागी विद्यार्थीलाई व्यवहारिक रूपमा प्रयोग गराए। कार्यक्रमबारे विस्तृत जानकारी विद्यार्थी नेता बिस्नु बहादुर राउतले प्रदान गरेका थिए।

    उत्साहजनक विद्यार्थी सहभागितामा सम्पन्न यो कार्यक्रम इकाइ इन्चार्ज कुमार सीको संयोजनमा सञ्चालन गरिएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij