२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाल वन प्राविधिक संघ लुम्बिनीको भवन देउखुरीमा शिलान्यास

नेपाल वन प्राविधिक संघ लुम्बिनीको भवन देउखुरीमा शिलान्यास

नेपाल वन प्राविधिक संघ लुम्बिनीको भवन देउखुरीमा शिलान्यास

नेपाल वन प्राविधिक संघ लुम्बिनीको भवन देउखुरीमा शिलान्यास

नेपाल वन प्राविधिक संघ लुम्बिनीको भवन  देउखुरीमा  शिलान्यास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • दाङ  । नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेश समितिद्वारा दाङ देउखुरीमा निर्माण हुन लागिएको संघको आफ्नै स्थायी भवन तथा गेष्ट–रूम सुविधायुक्त संरचनाको  एक विशेष कार्यक्रमका बीच शिलान्यास गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री र विशिष्ट अतिथि वन तथा वातावरण मन्त्रालयका सचिवले सामूहिक रूपमा शिलान्यास गर्दै वन क्षेत्रको पेशागत विकास, क्षमता अभिवृद्धि र संस्थागत मजबुतीका लागि यस्तो संरचना अत्यन्तै महत्वपूर्ण हुनेमा जोड दिनुभयो। “पेशागत हक–हित सुनिश्चिततामा भौतिक र संस्थागत सुधार अनिवार्य”  रहेको  वन मन्त्रीले बताउनुभयो ।  वन मन्त्रीले वन प्राविधिकहरूको भूमिकालाई आजको वन प्रशासन, डढेलो व्यवस्थापन, समूदायिक वन, जैविक विविधता संरक्षणदेखि जलवायु परिवर्तन अनुकूलनसम्म अपरिहार्य भएको उल्लेख गर्दै पेशागत हक–हित सुरक्षित गर्न तथा दक्ष जनशक्ति उत्पादनका लागि भौतिक संरचना, तालिमस्थल र संस्थागत व्यवस्थापन सुधार आवश्यक छ भन्नुभयो । उहाँले संघलाई आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।  वन तथा वातावरण मन्त्रालयका सचिवले “प्राविधिक पहिचान, क्षमता विकास र सेवा प्रवाहमा यो भवन महत्वपूर्ण हुने उल्लेख गर्दै भवनमा रहने कार्यलय, गेष्ट–रूम, तालिम कक्ष र बैठकहलले प्राविधिकबीच समन्वय, योजना निर्माण तथा पेशागत सीप विस्तारमा महत्वूर्ण योगदान दिने बताउनुभयो। नेपाल वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशब खड्काले भवन निर्माणका लागि सहकार्य गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै यो भवन केवल संरचना मात्र होइन, यो वन प्राविधिकको पहिचान, प्रतिष्ठा र हक–हितका साझा सपना बोकेको केन्द्र हो भन्नुभयो । यसबाट प्रदेशभरका वन प्राविधिकहरूको पेशागत विकासमा नयाँ ऊर्जा मिल्ने उल्लेख गर्दै उहाँले संघलाई अझै व्यवस्थित, परिणाममुखी र सेवा–केन्द्रित बनाएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij