२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरले गुमायो अवसर

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरले गुमायो अवसर

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरले गुमायो अवसर

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरले गुमायो अवसर

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरले गुमायो अवसर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२

  • काठमाडौं । विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित हो ।

    यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको थियो । लुम्बिनीले दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डूविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिमविरुद्ध सात विकेटको हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

    लुम्बिनीको जितमा ओपनर डी‘एर्सी शर्टले सर्वाधिक ५७ रन बनाए । डी‘एर्सीले ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ६६–३ को स्थितिबाट उनले चौथो विकेटका निम्ति निरोसान डिकवेलासँग ४६ रनको साझेदारी गर्दै लुम्बिनीको मध्यक्रम सम्हालेका थिए ।

    डिकवेलाले २२ बलमा दुई चौका र एक छक्कासहित अविजित २९ रन थपे । सन्दीप जोराले १५ बल खेल्दा तीन चौका र एक छक्का प्रहार गर्दै २४ रन बनाए । दिलिप नाथले १६ रन बनाए । ओपनर सुमित महर्जनले १० रन जोडे । कप्तान रोहितकुमार पौडेल भने ‘डक’ भए ।

    विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले समान दुई विकेट लिए । बसिर अहमेदको नाममा एक विकेट रह्यो ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो । 

    विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए । साम हेजलेटले २७ रन थपे । यी दुईले १५–२ को स्थितीबाट तेस्रो विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए । 

    बसिर अहमेदले १९ बलमा एक चौका र एक छक्कासहित २८ रन थपे । मर्चेन्ट डी लांगे १० रनमा अविजित रहे ।

    विराटनगर किंग्सबाट पहिलो पटक मैदान उत्रिएका चर्चित दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले १२ रनमात्र बनाउन सके । लुम्बिनीका अभिषेश गौतमले तेस्रो ओभरको अन्तिम बलमा डू प्लेसिसलाई विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प गरे । नौ बल खेलेका डू प्लेसिसले दुई चौका प्रहार गरे ।

    प्रतिश जिसीले ११ रन बनाए । ओपनर जर्ज मुन्से ‘डक’ भए । नारायण जोशीले पाँच रन थपे । कप्तान सन्दीप लामिछान एक बलमा छक्कासहित ६ रनमा अविजित रहे ।

    लुम्बिनीका शेर मल्लले तीन विकेट लिए । चार ओभरको आफ्नो स्पेलमा शेरले विराटनगरका जर्ज मुन्से, नारायाण जोशी र साम हेजलेटलाई पभेलियनको दिशा देखाए । योसँगै शेर एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा आएका छन् । शेरसँगै सुदूरपश्चिमका अभिनाश बोहराले समान ११ विकेट लिएका छन् ।

    रुबेन ट्रम्पेलमन, अभिषेश गौतम र जेजे स्मिथको नाममा समान एक विकेट रह्यो ।

    प्रतियोगितामा विराटनगरको भने यो दोस्रो हार हो । यो हारसँगै विराटनगरले भने लिग चरणको अन्तिम खेलअगावै प्लेअफ पुग्ने सम्भावना खेर फालेको छ । विराटनगरले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको, काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको र जनकपुर बोल्ट्सविरुद्ध नौ रनको जित निकालेको थियो । चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको विराटनगरले पाँचौँ खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij