२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पुर्व बैंकर खड्का नर्सरी व्यवसायमा रमाउंदै

पुर्व बैंकर खड्का नर्सरी व्यवसायमा रमाउंदै

५० लाख लगानीमा शुरु भएको व्यवसायमा थप एक करोड लगानी गरी शंकरनगर चोकमा नयां विक्रि केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पुर्व बैंकर खड्का नर्सरी व्यवसायमा रमाउंदै

पुर्व बैंकर खड्का नर्सरी व्यवसायमा रमाउंदै

५० लाख लगानीमा शुरु भएको व्यवसायमा थप एक करोड लगानी गरी शंकरनगर चोकमा नयां विक्रि केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पुर्व बैंकर खड्का नर्सरी व्यवसायमा रमाउंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • बुटवल । पुर्व बैंकर तिलोत्तमा–१ जानकीनगरका भक्त खड्काको  तीन वर्ष यताको दैनिकी फेरिएको छ ।

    बैंकको वातानुकुलित कोठामा घुम्ने कुर्सीमा बसेर अरुलाई काम अह्राएर पुग्ने खड्काले सजिलो जागिरे जीवनलाई बीट मार्दै हरियाली प्रवद्र्धन र वातावरण संरक्षण संगै व्यवसाय पनि हुने ठहर गर्दै नर्सरी व्यवसायमा  होमिएका छन् । 

    एक दशक बेलायतमा समेत बसेका खड्काले व्यवसाय शुरु गर्नुअघि देखि नै घरको वरिपरि बोटबिरुवा रोपेर घरको वातावरणलाई हरियाली बनाउंदै आएका थिए ।

    खासमा उनी विश्वभर बढ्दो तापक्रम, जलवायू परिवर्तनले मानव जीवनमा पार्ने असर जस्ता वातावरणसंग सम्बन्धित विषयमा गहिरो चासो र चिन्ता राख्थे ।

    त्यसैले आफ्‌नो घर मात्र नभई समुदायलाई नै घर आंगन,करेसाबारी र कौसीमा विभिन्न जातका विरुवा रोपेर घरको सौन्दर्यीकरण र वातावरण संरक्षणमा पनि योगदान पुराउने उद्देश्यले खड्काले घरमै चेरिस नर्सरी स्थापना गरी आफ्‌नो शोखलाई व्यवसायमा बदले । 

    ‘सर्वत्र हरियाली विकास गरौं, वातावरण जोगाऔं र भावी सन्ततिलाई बाँच्न पाउने अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित उनले जानकीनगरमा करिब २ कठ्ठा जग्गामा शुरु गरेको नर्सरीमा उनले शो प्लान्ट, फलफुल लगायत ५०० प्रजातीका बिरुवाहरु उत्पादन र विक्रि शुरु गरिरहेको बताए ।

    सिद्धार्थ केबलकारको बटम स्टेशनमा चेरिस नर्सरीले गरेको गार्डेनिङ लोकप्रिय भएपछि ग्राहकको चाप र बिरुवाको माग बढ्न थालेपछि शंकरनगर चोकमा शाखा विस्तार गरेको खड्का बताउंछन् । 

    नर्सरीसंग सम्बन्धित सबै सेवा संगै प्राविधिक परामर्श समेत दिने गरेको खड्काले बताए । खड्काले नर्सरी व्यवसायलाई प्रविधिसंग जोडेर आधुनिकरण गरी उद्योगमा रुपानन्तरण गर्न सकिने र प्रशस्त रोजगारी सिर्जना गरी अर्थतन्त्रमा योगदान दिन सकिने प्रचूर संभावना रहेको बताए 

    चेरिस नर्सरीमा खड्का संगै उनकी पत्नी लिला थापा क्षेत्रीले समेत साथ दिएका छन् ।  ‘बैंकमा कुर्सीमा बसेर दिन बिताउने स्मार्ट जागिरे जीवन भन्दा माटो र बोट बिरुवासंग खेल्दै व्यवसायसंगै वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान गर्न पाउंदा नर्सरी ्‌व्यवसायमै आनन्द आएको छ’–खड्काले भने । 

    73f7f7be-8bb8-47d4-a327-4ca0cab2de47.jfif

    चेरिस नर्सरीको नयाँ बिक्री केन्द्र शंकरनगर शाखाको एक समारोहका बिच परिवारकै जेष्ठ सदस्य देविराम थापा र तामकुमारी थापाले उद्घाटन गरेका छन् ।

    उद्घाटनपछि बोल्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खांणले नर्सरीहरुले वातावरण संरक्षण, घर र नगरको सौन्दर्यीकरण, रोजगारी सिर्जना, आर्थिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने भन्दै नगरपाकिलाले नर्सरी व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाए । 

    नर्सरीमा पाँच जना स्थायी र अन्य ज्यालादारी श्रमिकले गार्डेनिङमा काम गर्छन् । चेरिस नर्सरीमा १० रुपैयांदेखि १० हजार रुपैयांसम्मका विरुवा पाइने खड्काले जानकारी दिए । शंकरनगर शाखा उद्घाटनका अवसरमा मंसिर २० गतेसम्म विशेष छुट दिइएको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij