सुनवल । सुनवल – ४, नवलपरासीमा अवस्थित विद्यालय सुनवल युनाईटेड अंगे्रजी आवासीय मा.वि ले विद्यार्थी सम्मान कार्यव्रmम सम्पन्न गरेको छ । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल जिसन नवलपरासीको आयोजनामा भएको विद्यालय स्तरीय नृन्य प्रतियोगितामा च्याम्पियन हुन सफल विद्यार्थीहरु एलेक्स थापा, प्राप्ति राना, मारिका हमाल, स्मृति कार्की, सुदिप खनाल, कसम थापा, साया गुरुङ्ग र नाम्सु राना एव सोहि दिन आयोजना भएको जिसन सिंगिङ आइडलमा बेस्ट इफोर्ट उपाधि हासिल गर्न सफल विद्यार्थी श्रेया सुनारलाई विद्यालयले सम्मान गरेको छ । विभिन्न जाति, संस्कृति परम्पराको पहिचान सहित प्रस्तुत गरिएका १६ वटा विद्यालयहरुको नृत्य समूह मध्ये च्याम्पियन बन्न सफल भएकोमा विद्यालयका प्रिन्सिपल धनराज चापागाईले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि हरेक क्षेत्रमा यसरी नै सफलता हात पार्न विद्यार्थीलाई शुभकामना व्यक्त गरे ।




