बुटवल । भुतपुर्व र सेवारत भारतीय सैनिक तथा उनीहरुका श्रीमतीहरु मात्र सदस्य रहेर सञ्चालित वीरगाथा वचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार भएको साधारणसभामा प्रतिवेवदन प्रस्तुत गर्दै अध्यक्ष क्याप्टेन राजबहादुर थापाले २०६६ सालमा ३० जनाबाट शुरु भएको संस्थामा हाल १५ सय ८१ जना शेयर सदस्य पुगेका र आर्थिक वर्ष २०८१–८२ को आर्थिक विरण अनुसार शेयर पुंजी ३ करोड ७५ लाख ८१ हजार रहेको,४३ करोड १० लाख बढी वचत संकलन,करिब ३० करोड रुपैयां ऋण लगानीमा रहेको जानकारी गराए । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई विभिन्न व्यवसायिक र सीपमूलक तालिम दिने गरेको र त्यसबाट सदस्यहरुले अचार,सर्फ, फिनेल,ह्याण्ड वास लगायत वस्तु उत्पादन र विक्रि गरिरहेको बताए ।
संस्थाले शेयर सदस्य सुत्केरी हुंदा बच्चाको नाममा ५ हजार दिएर बाल वचत खाता खोलिदिएर वचत गर्ने बानीको विकास गराएको तथा सदस्यको मृत्यु हुंदा ४० हजार रुपैयां राहत दिने गरेको संस्थाकी उपाध्यक्ष गितारानी बलालले बताइन् । साधारणसभामा कर्णेल टानबहादुर गुरुङ, बुटवलका पुर्व मेयर एवं संस्थाका सल्लाहकार रुपसिंह थपा,निवर्तमान अध्यक्ष एवं सल्लाहकार क्याप्टेन जनक थापा,सहकारी सञ्जाल शुद्धोधनका अध्यक्ष लेखबहादुर खत्री,सहकारीकी उपाध्यक्ष गितारानी बलाल, सचिव मनमाया थापामगर,कार्यवाहक कोषाध्यक्ष शंकरप्रसाद भण्डारी लगायतले आफ्ना भनाई राखेका थिए । साधारणसभा स्थलमा शेयर सदस्यहरुले उत्पादन गरेका अचार,फिनेल,ह्याण्ड वास लिक्वीड,सर्फ तथा सहकारी शेयर सदस्इ रहेको लुम्बिनी विशिष्टिकृत सहकारीले उत्पादन गरेका दुग्धजन्य पदार्थ प्रदर्शन र विक्रि गरिएको थियो ।




