२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चौराहा–गोलपार्क सडकको ठेक्का

चौराहा–गोलपार्क सडकको ठेक्का

चौराहा–गोलपार्क सडकको ठेक्का

चौराहा–गोलपार्क सडकको ठेक्का

चौराहा–गोलपार्क सडकको ठेक्का
बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  •   बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक सात वर्षसम्म निर्माण नभएपछि पूरानो ठेक्का रद्द गरी नयाँ ठेक्का आव्हान भएको छ । बुटवलको चौराहादेखि गोलपार्कसम्मको तीन किमि सडक ६ लेनमा विस्तारका लागि सात वर्षअघि ठेक्का पाएको बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले काम गर्न नसकेपछि नयाँ ठेक्का भएको हो  ।


    पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म काम  सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले ठेक्का रद्द गरी नयाँ ठेक्का गर्नु स्वाभाविक कदम हो । नयाँ ठेक्काअनुसार ६ महिनाभित्र सक्ने गरी ५८ करोड रुपैयाँ लागत राखेर बोलपत्र सूचना प्रकाशन गरिएको छ । २०६९ सालमा चार लेनमा निर्माण भएको यो खण्ड पछि ६ लेनमा विस्तार गर्ने योजना अघि बढ्यो । सम्झौताअनुसार २०७६ असोज १२ गतेसम्म सक्नुपर्नेमा नसकेपछि  २०८० चैत मसान्तसम्म पूरा गर्ने गरी म्याद थप भयो तर काम भएन् ।

    ठेक्काअनुसार काम नहुनु निर्माण व्यवसायीको मात्रै कमजोरी छैन । पहिले निर्माण व्यवसायीले काम गर्न खोज्दा सडकको क्षेत्राधिकार खाली गरिएन् । पछि कोभिड महामारी सुरु भयो । जब सडक क्षेत्राधिकार खाली भयो । डिभिजन सडक कार्यालयले काम गर्न ताकेता ग¥यो, निर्माण कम्पनीले काम गर्न सकेन् । निर्माण कम्पनी आर्थिक समस्यामा परेपछि त्यसको मारमा चौराहा–गोलपार्क सडक प¥यो । अहिलेसम्म जुन समस्याले सडकको काम भएन् । अब ती समस्या नदोहोरिने गरी ठेक्का स्वीकृत गरी काम हुनुपर्छ । अहिले प्रश्न उठेको विषय हो, ६ महिनासम्म काम सकिन्छ कि सकिंदैन ? ६ महिनामा काम सक्ने हो भने  ठेक्का स्वीकृतिदेखि नै ख्याल गर्नुपर्छ । अहिले निर्माण व्यवसायीले काम पूरा गरेपछि पनि भुक्तानी पाएका छैनन् । निर्माण व्यवसायीले काम  गर्ने, तर राज्यले भुक्तानी नदिने प्रवृत्ति गलत छ । व्यवसायीले काम नगरे कानुनअनुसार ठेक्का तोड्ने, निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने लगायत गरिन्छ, तर राज्यबाट भुक्तानी नपाउँदा परेको मर्का कसैले बुझ्न सकेको छैन । काम गरेपछि तोकिएको समयसीमामा भुक्तानीको ग्यारेन्टी गर्नुपर्छ । 


    ठेक्का स्वीकृत भइसकेपछि छिटो गुणस्तरीय काम गर्न तालुक कार्यालयले ध्यान दिनुपर्छ । गुणस्तरीय काम गर्नका लागि बुटवलवासीले निरन्तर निगरानी गर्न आवश्यक छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij