२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल–नारायणगढ सडकले जगाएको आशा

बुटवल–नारायणगढ सडकले जगाएको आशा

बुटवल–नारायणगढ सडकले जगाएको आशा

बुटवल–नारायणगढ सडकले जगाएको आशा

बुटवल–नारायणगढ सडकले जगाएको आशा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड विस्तारको काम ७६ प्रतिशत पूरा भएको छ । एक वर्षयता तीब्र गतिमा काम भएपछि सडक विस्तारको कामले गति लिएको छ । अब म्याद नथप्ने ढंगले काम भइरहेको बताइएको र विस्तारको काम पनि नतिजा देखिने ढंगले भएकाले अब धेरै आशा गर्न सकिन्छ ।


    मुलुकको ‘लाइफलाइन’ हो, महेन्द्रराजमार्ग । यो सडकलाई छिटो सम्पन्न गर्न ढिलाइ भयो । तर असफल आयोजना हुनबाट रोक्न तत्कालीन प्रधानमन्त्री केपी ओली गत वर्ष चीन गएका बेला गरेको पहलकदमीले चिनियाँ निर्माण कम्पनी काम गर्न तयार भयो । र, सडक निर्माण अहिलेको अवस्थामा आइपुगेको हो । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक चाइना स्टेट कम्पनीले २०७९ साउन २२ गतेसम्म सक्नेगरी २०७५ चैत ८ गते शुरु भएको हो । नारायणगढ–बुटवल सडक खण्ड कुल १ सय १३ किमि हो । बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन, दाउन्ने सडक खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हँुदैछ । २२ वटा पुलको निर्माणमध्ये अधिकांश सकिएका छन्, केही बाँकी छन् । एकतर्फी कालोपत्रे गर्ने गरी आवागमनलाई सहज बनाएसँगै दाउन्नेको सास्ती कहिलेसम्म भन्ने प्रश्न उठेको छ । दाउन्नेमा कालोपत्रेको साटो ढलान कार्य भइरहेको छ । दाउन्ने खण्डलाई नियमित गर्न सके अब सडक करिब तयार भएको छ । पाँच वर्षसम्म सास्ती दिएको यो सडकमा यात्रा गर्नेहरुले सहज अनुभव गर्न थालेका छन् ।


    पछिल्लोपल्ट थप भएको समयसीमा २०८३ असारमा सकिन्छ । यो समयसीमामा काम सक्नका लागि प्रयाप्त समय छ । पर्याप्त समय छ भनेर ढिलाइ गर्ने होइन् । कामको गतिमा कमि हुन  नदिइ काम गर्दा सडक निर्माण पूरा गर्न सम्भव छ । यो सडक निर्माणको काम बेलैमा सकिएन्, यसले दुःख र सास्ती दियो, तर यसले धेरै पाठ सिकाएको छ । विकास आयोजनाको काम अघि बढाउँदा आइपर्ने जटिलता र समाधान गर्न सकिने उपाय सिकाएको छ । यही सिकाइ बुटवल–गोरूसिंगे सडक निर्माणमा काम लागेको छ । बुटवल–नारायणगढ सडक निर्माणले आम नागरिकलाई आवतजावतमा सहज हुने नै छ, यसले लुम्बिनी र चितवनको पर्यटन प्रवर्धनमा पनि टेवा दिनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij