एच.के.श्रेष्ठ
साहित्य यस्तो विदा हो जो विश्वव्यापी रुपमा सामाजिक दर्पणको भिहिकल् (सवार साधन) बनेर विश्व समाज छिचल्दछ । यहि विशेषताले खांदिएको अन्तराष्टिय साहित्यको विश्व चर्चित नाटक हो ‘मिस जुली’ जसमा उठेका चीजहरु विश्वव्यापीकरणको छ । स्वीडिस विश्व प्रख्यात नाटककार अगष्ट स्ट्र्र्रिन्डवर्गले रचना गरेको नाटक ‘मिस जुली’ (सन १८८८) विश्वमै चर्चाको शिखरमा पुग्यो १९औं शताब्दीमा ।
यसो हुनुमा मुख्यत कसले लेखेको नाटक भन्ने कुराले भन्दा पनि के–कस्ता कुरा उठान भएका थिए त्यहाँ भन्ने धारणा प्रमुख रुपमा जिम्मेवार छ । नाटक ‘मिस जुली’ २५ वर्षे बराठे केटीलाई नायिकाको जिम्मा लगाएर मुख्यत यौन प्रकृतिवादकै ¬(थिम –गुदी) मा लेखिएको छ, जुन अति रोचक पनि छ र एउटा विश्वमा आधुनिक, औद्योगिकरण र शहरीकरणको परिवेशमा अत्यन्तै धनी बाउको छोरी ‘मिस जुली’ निकै सुखसयल तथा आरमदायी बंगलामा बसेकी छिन् । उनको घरमा २ वटा नारी, पुरुष दुवै लिङ्गका नोकर चाकरसमेत छन्, उनलाई सेवा दिन ।तिनै मिस जुली यौन प्रकृतिवादको नायिकाको रुपमा प्रस्तुत छिन् ।
मुख्यत प्रकृतिवादी कुरा उठ्दा यहाँनिर प्रकृतिवाद खास प्रकृतिसँग नजिकको कुरा हो । यो मान्छेले नबनाएको प्रकृतिले आफँै उत्पत्ति गरेको तत्वहरुसँग सम्बन्धित छ । तर यसलाई १९औं शताब्दीको अन्त्यमा विशेष गरी प्रकृतिवादी लेखन तथा साहित्यकारले एक आन्दोलनकै रुपमा चलाए र यो साहित्यको क्षेत्रमा प्रकृतिवादी आन्दोलनको रुपमा स्थापित भयो । यसमा थुप्रै अगवा स्रष्टाहरु जस्तै एमाइल् जोल, स्टेफेन, क्रेन, फ्रान नोनिस, पिरन्डेलो, अगष्टस्ट्रिडवर्ग, वनिललगायतले योगदान गरेका छन् ।
अवधारणागत ढङ्गले बुझ्दा प्रकृतिवाद अतिवास्तविकतावाद(एक्स्ट्रम रियालिज्म्) हो । यो सामाजिक नियमविरुद्धको प्राकृतिक नियमको ट्रयाक हो । दार्शनिक रुपले ट्रान्सेन्ट्डेन्टलिज्म्सँग नजिक छ यो । अझ अगाडि बुझ्दा डार्विनियन विज्ञानसँगको गाँठो जो जीवनको चिरालाई सर्लक्क देखाउन खोज्छ ।
यो बाह्य वातावरण तथा सामाजिक नीति नियमको प्रभाव विनाको अवस्था हो । यसले मानव जीवनको हुवहु पद्धतिलाई फोटो ग्राफिक ढंगले प्रस्तुत गर्दछ । मानवको अन्तर आत्माको अनभव, उत्तेजन र विचारलाई जस्ताको तस्तै विना हिच्किचावट व्यक्त गर्ने जनावरीय प्रक्रियाको अवधारणा हो । सरल रुपले हेर्दा वास्तविकताले नछोपिंदाको अवस्था प्रकृतिवाद हो । यसले नाङ्गोपनलाई उदाङ्गो रुपमा वकालत गर्दछ ।तसर्थ प्रकृतिवादलाई वास्तविकतावादको भित्रि फोल्ड मान्न सकिन्छ ।
अगष्ट स्ट्रिन्ड्वर्गको नाटकको प्रमुख पात्र हिरोनी ‘मिस जुली’ यौन प्रकतिवादको चक्रब्युँहमा कसरी फसेकी छिन् भन्ने प्रश्न गम्भीर र रोचक ढंगले प्रस्तुत छ । यौन प्रकृतिवादले पनि प्रकृतिवादकै विशेषता अनुरुप यौन अवस्थालाई प्रस्तुत गर्ने हो । २५ वर्षे बराठ तरुनी केटी खाइलाइले मत्याएर राखेको धनी बाउको छोरीमा यौन रस छताछुल्ल भई अंग अंगमा बाढी नै चलेको छ । नौनि आगोको छेउमा पर्ने बित्तिकै पग्लने जस्तै विपरीत लिंगको राप टाढैबाट पाउन बित्तिकै उनीमा जमेको कामुकताको ढिको ह्वात्तै पग्लेर वर्षाको भेल उर्लने वाला छ । लत्ताकपड, ऐस–आराम, खानपान, मनोरञ्जन कुनै कुरामा कतै किन्चित कमि छैन मिस जुलीलाई । सुन्दर बगैंचासहितको बंगालोमा राखिदिएका छन् उनलाई धनाढ्य बुबाले ।
स्याहार सुसारको लागि पुरुष र महिला नोकर नोकर्नी छन्, घरमा जीन र क्रिस्टाइन । भौतिक सुविधामा चुलुम्म डुबेकी छिन् जुली । वास्तविकतावादको संसारमा भने स्वर्ग छ, उनलाई । तर पनि जुलीमा कताकता सन्तुष्टि छैन, अभावले आक्रान्त पारिरहेको महसुुस छ उनलाई । उनको जीवन बेस्वादको अधुरो अनुभूति छ, उनीभित्र । त्यो के हो भने यौनतृष्णको पूर्ति भएको छैन ।
नशानशा र सेलसेलमा भरिएका यौन रसहरु र जुर्मुराएर बसेका यौन अगंहरुलाई अधिकतम सन्तुष्टिको बाढीमार्फत् निकास दिन नपाएर अपुग जीन्दगीको पिंजडामा छट्पटाइ रहेकी जुली अत्यन्त यौन हिस्टेरिक र कामुक शैलीमा रतिराग छचल्क्याएर बसेकी छिन् । अब उनी यौन क्रिडाको छुट्टै मज्जा त सपनामा लिइरहेकी छिन् । आफूसित नहुनेहरुलाई उत्प्राशन मात्र गर्ने होइन क्षोभ लगाउन तयार छिन् ।
सेक्सको आशंसाले सीमा नाघ्यो, उनमा । तै पनि यौन अध्यव सायमा छिन्, उनी ।
जुलीभित्र खाँदिएर रहेको र उम्लिएको कामवास्नाका तत्वहरु अब अन्तरनिहित रुपमा रहने वाला छैन , बरु एण्डीज र रक्की पर्वतमा ज्वालामुखी विस्फोट भएझै र भयंकर रेक्टरको भूइँचालो गएझै विस्फोट हुने वाला छ, कामवासनाका तत्वहरु । तसर्थ उनी अब सामाजिक नियम र वास्तवितावादको जेलमा कैद भइरहन सक्दिनन् ।
यसर्थ अब प्रकृतिवादलाई अंगालो मारेर यौन प्रकृतिवादमा उत्रन्छिन्, जुली । जुली आफैँ एकलाई दुईमा ढालिसकेकी छिन् । यसको माने आफैँभित्र पुरुष पनि जन्माइसकेकी छिन् । अब सामाजिक नियम र वास्तविकतावादको जेलमा कैद भइरहन सक्दिनन् ।
यसर्थ अब प्रकृतिवादलाई अंगालो मारेर यौन प्रकृतिवादमा उत्रन्छिन्, जुली । जुली आफैँ एकलाई दुईमा ढालिसकेकी छिन् । मानौ आफैँभित्र पुरुष पनि जन्माइसकेकी छिन् । अब सामाजिक बन्धन तोड्दै आफ्नै नोकर जीनलाई ग्रिक पौराणिक कथामा कामुक राक्षस डाइअनिसस्ले झै लस्टफुट शैलीमा प्रस्ताव राखिन्छ । जनि नोकर सामाजिक नियम कानुन र बन्धन तोड्न डराउँछ । सामाजिक सम्बन्धको मान्यता नोकर वर्ग र मालिक वर्गको बिचमा ठूलो दुरी देख्छन् ।
वाताविकतावादबाट उछुट्टिएर प्रकृतिवादतर्फ अगाडि बढ्नै सक्दैन, यौन मामिलामा जीन । आफ्नो मालिक्नीप्रति यौन व्यवहार ऊ सोंच्न पनि सक्दैनन् । बरु समाजमा पाच्य हुने उसको आफ्नै तहको नोकर्नी क्रिष्टाइनलाई नै प्रेमिका बनाएको छ, उसले । ऊ यसैमा सन्तुष्ट छ । तर मालिक्नि जुली काउन्टको छोरी उसलाई यौन प्रकृतिवादकै चक्रब्यूँहमा पारेर उम्कनै दिँदैन । धर्म संकटमा छ, जीन ।
उसको मनमनमा सारा सामाजिक, धार्मिक, नैतिक तथा संस्कृतिक आतङ्कले शासन गरेको छ । जुलीको कोठामा जान पनि डराउँछ । बोल्न लजाउँछ । दायित्वभन्दा हजारौँ माइल परेको कुरा सम्झन्छ । जुलीको बुबाको जुत्ता, कोट र कुनै पनि कपडालेजीन बत्रसित हुन्छ । यस्तो अवस्थामा सुन्दरी मालिक्नी मिस जुलीलाई छुने र रतिराग मेटिदिने त कल्पना पनि गर्न सक्दैन, जीन । तर यसरी उनले पार वाला छैन । जुलीको यौन पागलपनको कैदमा ऊ परिसक्यो । जुलीले कोठामा जबर्जस्ती बोलाउँछिन्, तान्छिन्, उसलाई अङग–प्रत्याङ््ग प्रदर्शन गर्छिन् कामुक भावमा । आई सेक्सदेखि कुनै पनि प्रक्रिया बाँकी राख्दिनन् । डर छेरुवा जीनको हातै समातेर आफ्ना पाकेर प्वाट्ट फुट्न लागेका रसिला स्तन र बटारिएका तिघ्रामा दलिदिन्छ ।
अनुरोध गर्छिन्न्, आदेश दिन्छिन्, झर्किन्छिन, रिसाउँछिन्, फकाउँछिन् र गर्नु नगर्नु गर्छिन् । बाबुको डर नमानी आफूमाथि मज्जाले खेल्न लगाउँछिन्, यौन गेम । तर जीनको हिम्मत चल्दैन । यसरी जीनमार्फत् वास्तविकतावाद (सामाजिक चालचलन) को प्रतिनिधित्व र मिस जुलीमार्फत् यौन प्रकृतिवाद (प्रकृतिवाद निरेक्षता) को द्वन्द्व देखाउँछिन्, नाटककार अगष्ट स्ट्रिन्डवर्ग नाटक ‘मिस जुली’ मा ।
यस नाटकमा यौनवाद तथा यौन प्रकृतिवादको मर्म कहाँनिर उठ्यो भने उनले एउटा महिलाभित्र सलबलाई रहेको कामुकताको पराकाष्ठोलाई छताछुल्ल रुपमा बाहिर घोप्ट्याइन, उनले । उनको यो अत्यन्तभित्रको अनुभव अनुभूति र उत्तेजनालाई वास्तविकतावादको कभरले गुम्स्याएर राख्न चाहिनन् । न त सामाजिक मान्याता घेरावन्दीलाई नै पछाइन उनले ।
अझ जेनिउन् चीज त के छ भने विज्ञानको नियमले कुनै पनि विपरीत लिङ्गको बिचमा यौन सर्म्पक संभव देखाउँछ । अर्थात् प्रकृतिवादले यौन जैविक आवश्यकता हो र विपरीत लिङ्गको जो–जो सुकैको बिचमा सम्पर्क र सम्बन्ध हुन सक्ने मान्यता राख्दछ । यसअनुसार बाबु–छोरी, धनी–गरिब, मालिक्नी र नोकर कुनै पनि ओहदाका बिच, जात तथा नातागोताको बिचमा यौन तृष्ण पूर्ति हुन सक्छ । यो त खाली समाजले नै विभिन्न संस्कारको नाममा बन्धन लगाएको मात्र हो ।
जनावरहरुले जहाँ पनि जहिले पनि नाङ्गो ढंगकले यौन सम्बन्ध राख्दछ । त्यही पद्धति जुलीले पनि अपनाएका छिन् । कुनै पनि बाह्य वातावरण प्रभाव यौन प्रकृतिवादमा पर्दैन । त्यही अनुरुप उनले लाज न घिन प्रस्तुत गरेकी छिन्, आफ्नो कामुक इच्छा पूर्तिका लागि । उनले सामाजिक वास्तविक मान्यतासँग विद्रोह गरेर नोकरै भए पनि विपरीत लिङ्गको पुरुषसँग यौन इच्छा मेट्न हुन्छ भन्ने मान्यताले अति पहल गरेको देखिन्छ । यसरी ‘मिस जुली’ नाटकले यौन प्रकृतिवादलाई सार्थक ढंगले विश्व समाज सामु उठाएको छ ।




