२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • तिलोत्तमा । 
    रुपन्देही एकीकृत विद्यालय संगठन (रिसन), तिलोत्तमाले आयोजना गरेको रिसन खेल महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्ने पामिर इन्टरनेशनल एकेडेमी, तिलोत्तमा–२ जानकीनगरका विद्यार्थीहरूलाई सोमबार विद्यालयमै आयोजित विशेष समारोहका बिच सम्मान गरिएको छ । महोत्सवमा समग्रतर्फ पामिरले तेस्रो स्थान हासिल गर्दै विद्यालयको प्रतिष्ठा उकास्न सफल भएको थियो ।

     

    समारोहमा विभिन्न विधामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीलाई कप तथा मेडलसहित सम्मान गरिएको थियो । ४०० मिटर दौडमा दोस्रो तथा २०० मिटरमा तेस्रो स्थान जितेका युजन शाही, हाइजम्पमा प्रथम तथा लङजम्पमा तेस्रो भएका सन्जोग श्रेष्ठ, २०० मिटर, ४०० मिटर, रिले दौडमा तेस्रो तथा लङजम्पमा दोस्रो स्थान हासिल गर्न सफल पुजा क्षेत्री सम्मानित भए ।

     

    यस्तै, १०० मिटर दौड तथा रिले विधामा तेस्रो स्थान ल्याएकी बबिता भट्टराई, रिले दौडमा तेस्रो हुने आश्मा टण्डन र मनिषा शाही, ८०० मिटर तथा ब्याडमिन्टनमा तेस्रो स्थान प्राप्त प्रितम कंडेल, तथा ब्याडमिन्टनमै तेस्रो स्थान हासिल गर्ने समर्पण खनाललाई पनि सम्मान प्रदान गरिएको थियो । साथै डान्स, छात्रा एथ्लेटिक्स, छात्र एथ्लेटिक्स र ब्याडमिन्टन समग्रतर्फ समेत पामिरले तेस्रो स्थान लिन सफल भएको विद्यालयले जनाएको छ ।

     

    कार्यक्रममा विद्यालयका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीहरूको प्रदर्शनले पामिर इन्टरनेशनल एकेडेमीको शैक्षिक क्षमताको परिचय दिएको बताउँदै आगामी दिनमा अझै व्यवस्थित प्रशिक्षणमार्फत ठूलो सफलता दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

     

    प्राचार्य गोपाल गौतमले विद्यार्थीहरूको परिश्रम, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको साथकै कारण विद्यालय निरन्तर उत्कृष्टतर्फ अघि बढिरहेको उल्लेख गर्दै खेलकुदले जीवन कौशल विकासमा ठूलो योगदान पु¥याउने बताए ।

     

     रिसनको आयोजना रहेको २ दिवसीय प्रतियोगितामा साँस्कृतिक नृत्य, एथलेटिक्स, भलिवल र ब्याडमिन्टन लगायतका विभिन्न खेल विधाहरुमा रिसनमा आवद्ध कुल ९ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij