२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छत्रगञ्ज समाजको स्वस्थ जीवन अभियान

छत्रगञ्ज समाजको स्वस्थ जीवन अभियान

छत्रगञ्ज समाजको स्वस्थ जीवन अभियान

छत्रगञ्ज समाजको स्वस्थ जीवन अभियान

छत्रगञ्ज समाजको स्वस्थ जीवन अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • बुटवल । छत्रदेववासीको स्वास्थ्य अवस्था पहिचान गर्दै प्रारम्भिक परीक्षण तथा आर्थिक रूपमा कमजोर समुदायलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले छत्रदेव गाउँपालिका–५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजले सञ्चालन गरेको ‘हाम्रो स्वास्थ्य, हाम्रो पहल–स्वस्थ जीवन अभियान–२०८२’ अन्तर्गतको निःशुल्क स्वास्थ्य शिविर मंसिर २० गते श्री सार्वजनिक मा.वि., छत्रगञ्ज बहखोरमा सफलतापूर्वक सम्पन्न भयो।

    उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यज्यूले दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्‍याउन यस्ता शिविरले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै समाजको निरन्तर प्रयासको प्रशंसा गर्नुभयो। उहाँका अनुसार पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै सेवा उपलब्ध गराउनु अत्यन्तै आवश्यक छ, विशेषगरी समाजले तीन वर्षदेखि नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएको पृष्ठभूमिमा।

    समाजका अध्यक्ष सिद्धार्थ पन्थीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा भिडियो एक्स–रे, औषधि वितरण, ल्याब सेवा, इसिजी, आँखा परीक्षण, दन्त उपचार, हाडजोर्नी, नशा–रोग, थाइरोइड, स्त्रीरोग तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क प्रदान गरियो। एडमण्ड सिटी हस्पिटल बुटवल, तिनाउ डेण्टल प्रा.लि. बुटवल तथा नेत्र ज्योति संघ, जिल्ला आइ–केयर सेन्टर अर्घाखाँचीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट दन्त सेवा १३५ जना, नेत्र सेवा ९५ जना तथा अन्य सेवा सहित गरी कुल ४५५ जनाले प्रत्यक्ष लाभ लिए।

    यस अवसरमा स्वास्थ्य सेवा प्रदान गर्ने सबै विशेषज्ञ डाक्टर तथा प्राविधिकहरूलाई समाजले मायाको चिनोद्वारा सम्मान गरियो, जसले स्वास्थ्यकर्मीहरूको योगदानप्रति कृतज्ञता प्रकट गरेको छ।

    अध्यक्ष सिद्धार्थ पन्थीले चुनौतीपूर्ण व्यवस्थापनबीच पनि शिविर सफल पार्न सहयोग गर्ने सबै संस्थान, स्वास्थ्यकर्मी, स्थानीय निकाय तथा नागरिकप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासकै कारण अभियान सफल भएको बताउनुभयो।

    कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनी शर्मा पन्थी, ६ नं. वडा अध्यक्ष कमल पौडेललगायतले स्वास्थ्य शिविरले जिम्मेवार, सचेत र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। ५ नं. वडा अध्यक्ष बालकृष्ण पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

    शिविरको उद्देश्य र सेवाबारे समाजका बासुदेव पाण्डे तथा अस्पतालतर्फबाट विशेषज्ञ डा. केशव शर्मा र हरि विक्रम कुँवरले विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। कार्यक्रम संयोजक नविन पाण्डे, प्रकाश पन्थी, कार्यसमिति, सल्लाहकार, प्राविधिक तथा स्थानीय समुदायको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विराट पौडेलले गर्नुभएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij