२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा  सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगिता पुस १४ देखि

बुटवलमा  सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगिता पुस १४ देखि

प्रतियोगिताको निरन्तरता र खेलाडीको प्रोत्साहनमा बुटवल उपमहानगरको आर्थिक सहयोग महत्वपूर्ण रहको अध्यक्ष पुनले बताए ।

बुटवलमा  सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगिता पुस १४ देखि

बुटवलमा  सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगिता पुस १४ देखि

प्रतियोगिताको निरन्तरता र खेलाडीको प्रोत्साहनमा बुटवल उपमहानगरको आर्थिक सहयोग महत्वपूर्ण रहको अध्यक्ष पुनले बताए ।

बुटवलमा  सर्वाधिक पुरस्कार राशीको  स्नुकर  प्रतियोगिता पुस १४ देखि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • बुटवल । नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ ।
    बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा रुपन्देही जिल्लाका १ सय २८ जना खेलाडीहरुबिच प्रतिस्पर्धा हुने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।  
    प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार,उदियमान खेलाडी र अनुसासित खेलाडीले ५÷५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने छन् । स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यो राशी हालसम्मकै सर्वाधिक भएको अध्यक्ष पुनले बताए । प्रतियोगिताको निरन्तरता र खेलाडीको प्रोत्साहनमा बुटवल उपमहानगरको आर्थिक सहयोग महत्वपूर्ण रहको अध्यक्ष पुनले बताए । 
    १५ लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग हुने संघका महासचिव प्रकाश क्षेत्रीले बताए । 
    प्रतियोगिता सम्पन्न गर्न ५ वटा उपसमिति गठन गरेर तयारी अघि बढाइएको क्षेत्रीले बताए ।
    पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समिति संयोजक बोनिन पियाले रुपन्देही जिल्ला स्नुकर खेलको हबको रुपमा विकास भएको उल्लेख गर्दै हरेक वर्ष प्रतियोगिता हुंदा खेलाडीलाई प्रोत्साहन हुने बताए । पियाले स्नूकर खेल अन्तर्राष्ट्रिय स्तरमा निकै प्रतिष्ठित खेल भएपनि नेपालमा अझै ओझेलमा परेकाले यसको विकासमा बताए । 
    संघका प्रमुख सल्लाहकार सञ्जयरत्न बज्राचार्यले प्रतियोगितामा खेलाडीहरुलाई नियम र अनुशासन पालन गरेर खेल खेल्न र खेलाउन सुझाव दिए । 
    संघले नियमितरुपमा हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिएर स्नुकर खेल लाई थप उचाइमा पुराएको महासचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ६ वटा उपसमितिहरु गठन गरिएको उनले जानकारी गराए ।
     जसअनुसार खेल उपसमिति  संयोजकमा विजय गुरुङ तथा सदस्यहरुमा समुन्द्र अमात्य र  लक्ष्मण आले, आर्थिक उपसमिति संयोजकमा संघका महासचिव प्रकाश क्षेत्री तथा सदस्यहरुमा प्रदीप विक र बिर्जु केसी,  प्रचार प्रसार उपसमिति संयोजकमा टिआर शर्मा  तथा सदस्यहरुमा सुशान्त पाण्डे र मिन गाहा भएका छन् ।   यस्तै अतिथि सत्कार तथा  खाजा व्यवस्थापन उपसमिति संयोजकमा पुरन  राना तथा सदस्यहरुमा  रबिन श्रेष्ठ र सुरज पुन चयन भएका छन् भने प्राविधिक उपसमिति संयोजकमा विराट भट्टचन तथा सदस्यहरुमा रमेश मल्ल  र सागर गाहा मगर रहेका छन् ।
    द्यष्पबकज

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij